2 months ago
January 11, 2025
पोखरा (हाम्रो खेलकुद)- सहारा क्लब पोखराले २४ औं आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको तयारीलाई तीव्रता दिएको छ।
यसै क्रममा जयश्री फुड्स प्रालि सह प्रायोजकको रुपमा आहा रारा सँग जोडिएको छ । त्यसका लागि शनिवार जयश्री फुड्सका जनरल मेनेजर अमित अग्रवाल र सहाराका अध्यक्ष केशव वरालले सम्झौता पत्रमा हस्ताक्षर गरेइ ।
सम्झौता एक वर्षको लागि गरिएको जानकारी सहाराका अध्यक्ष बरालले दिए । सहकार्य निरन्तरता रहने प्रतिबद्धता जनाउँदै जयश्रीका जनरल म्यानेजर अग्रवालले क्लबसँग जोडिदाँ व्यवसायको पनि प्रवर्द्धन हुने विश्वास व्यक्त गरे । अध्यक्ष बरालका अनुसार सम्झौता अनुसार जयश्री फुड्सले ५ लाख रुपैयाँ प्रदान गर्ने छ ।
जयश्री च्यारिटी संस्था मार्फत सामाजिक सेवा काम गर्दै आएपनि फुटबलसँग जोडिएको पहिलो भएको अग्रवालले बताए ।
‘सहाराको बारेमा बुझ्यौं। सामाजिक संस्था त्यसमा पनि सेवामुलक रहेछ । बालकहरुलाई राखेर एकेडेमी चलाइएको रहेछ । एकेडेमी अवलोकन गरेपछि आहा रारा पोखरा गोल्डकपमार्फत सहकार्य गर्ने निर्णय लियौं, सहारा सँगको सहकार्य जा बारेमा जयश्रीका जनरल म्यानेजर अग्रवालले भने,’ भविष्यमा एकेडेमीलाई केही गर्न सकिन्छ भन्ने उद्देश्यसँगै जोडिएका हौं। एकेडेमीका बच्चाहरुको भविष्यको सहयोगअग्रसर रहन्छौं। ’
सहाराको आयोजनामा आहा रारा माघ २२ सुरु हुनेछ।
सहाराका अध्यक्ष बरालले ए डिभिजनका क्लब, जापान, युकेको ब्रिगेड ब्वाईज क्लब र भारतीय सर्भिस टिम वा अन्य क्लबसँग सहभागिताको लागि छलफल भइरहेको जानकारी दिए ।
आहा रारा पोखरा गोल्डकपलाई हिमश्री फुड्स प्रालिको उत्पादन आहा रारा चाउचाउले मुख्य प्रायोजन गर्दै आएको छ ।
February 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र म्यानमार ६ वर्षपछि महिला फुटबलमा फाइनल खेल्दैछन्। दशरथ रंगशालामा फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको फाइनलमा नेपाल र म्यानमारले एकअर्काको सामना गर्दैछन्। खेल साँझ ६ बजे सुरु हुनेछ। सन् २०१९ को फेब्रुअरीमा नै यि दुई टोलीले भारतको भुवनेश्वरमा भएको हिरो गोल्ड कपको फाइनल खेलेका थिए। त्यति बेला ओलम्पिक छनोटको तयारीका लागि […]
February 26, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई घरेलु मैदानमा फेरि एकपटक पहिलो पटक अन्तराष्ट्रिय उपाधि जित्ने मौका जुरेको छ। नेपालले फोेर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको उपाधिको लागि आज बलियो म्यानमारको सामना गर्दैछ। दशरथ रंगशालामा फाइनल साँझ ६ बजे सुरु हुनेछ। यसै वर्ष जुन जुलाईमा हुने एएफसी उमन्स एसिया कप छनोटका लागि यो फोर […]
February 26, 2025
एजेन्सी – साउदी प्रो लिगमा मंगलवार अल नासर क्लबले अल वाहिडलाई २-० ले पराजित गरेको छ । नासरको जितमा कप्तान क्रिस्टियानो रोनाल्डो तथा साडियो मानेले गोल गरे । पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको सुरुवातमा नै नासरले अग्रता लियो । ४८औं मिनेटमा नासरका कप्तान रोनाल्डोले गोल गरे । इन्ज्युरी समयको अन्तिममा […]