default_image

2 months ago

January 11, 2025

महिला लिगमा एपिएफ र आर्मी खेल्दै

530 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला लिग दुई शीर्ष टोली एपिएफ फुटबल क्लब र त्रिभुवन आर्मी फुटबल क्लबले आज एकअर्काको सामना गर्दैछ।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको मैदानमा विभागीय डर्बी खेल दिउँसो १२:०० बजे सुरु हुनेछ।
अन्तिम चरणमा दुवै टोली अपराजित रहँदै आएका छन्।

सबै ३ खेल जितेको एपिएफ ९ अंकसहित शीर्ष स्थानमा छ। ३ खेलमा २ जित र १ बराबरी खेलेको आर्मी ७ अंकसहित दोस्रो स्थानमा छ । समान अंकको अर्को विभागीय टोली नेपाल पुलिस क्लब तेस्रो स्थानमा छ।

दोस्रो चरणबाट एपिएफ शीर्ष र आर्मी दोस्रो स्थानमा रहँदै अन्तिम चरणमा पुगेको थियो। दोस्रो चरणमा एपिएफले आर्मीलाई हराएको थियो।

अन्तिम चरणमा सहभागी ५ टोलीले दुई पटक एकअर्काको सामना गर्नेछन् । त्यसपछिका शीर्ष ४ टोली प्ले अफमा पुग्नेछन्। ३ अंक जोडेको बागमती युथ क्लब चौथो र अंकविहिन वालिङ नगरपालिका पुछारमा छ।

February 26, 2025

नेपाल‌ र म्यानमारबिच ६ वर्षमा दोस्रो फाइनल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र म्यानमार ६ वर्षपछि महिला फुटबलमा फाइनल खेल्दैछन्। दशरथ रंगशालामा फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको फाइनलमा नेपाल र म्यानमारले एकअर्काको सामना गर्दैछन्‌। खेल साँझ ६ बजे सुरु हुनेछ। सन् २०१९ को फेब्रुअरीमा नै यि दुई‌ टोलीले भारतको भुवनेश्वरमा भएको हिरो गोल्ड कपको‌ फाइनल खेलेका थिए। त्यति बेला ओलम्पिक छनोटको तयारीका लागि […]

February 26, 2025

नेपाल र म्यानमार उपाधिका लागि भिड्दै

काठमाडौं (हाम्रो खेलकुद )- नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई घरेलु मैदानमा फेरि एकपटक पहिलो पटक अन्तराष्ट्रिय उपाधि जित्ने मौका जुरेको छ। नेपालले फोेर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको उपाधिको लागि आज बलियो म्यानमारको सामना गर्दैछ। दशरथ रंगशालामा फाइनल साँझ ६ बजे सुरु हुनेछ। यसै वर्ष जुन जुलाईमा हुने एएफसी उमन्स एसिया कप‌ छनोटका लागि यो फोर […]

February 26, 2025

नासरको जितमा रोनाल्डोको गोल

एजेन्सी – साउदी प्रो लिगमा मंगलवार अल नासर क्लबले अल वाहिडलाई २-० ले पराजित गरेको छ । नासरको जितमा कप्तान क्रिस्टियानो रोनाल्डो तथा साडियो मानेले गोल गरे । पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको सुरुवातमा नै नासरले अग्रता लियो । ४८औं मिनेटमा नासरका कप्तान रोनाल्डोले गोल गरे । इन्ज्युरी समयको अन्तिममा […]

Success

Thank you for your time.