2 months ago
January 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- वालिङ नगरपालिकालाई ३-० ले हराउँदै बागमती युथ क्लबले एन्फा महिला लिगको अन्तिम चरणमा पहिलो जित निकालेको छ।
चौथो खेलमा पुगेर बागमतीले अंकको खाता खोलेको छ। एन्फा कम्प्लेक्समा आज भएको खेलमा बागमतीलाई जित दिलाउन अस्मिता खवास र विष्णु माया बलले गोल गरे।
बागमती र वालिङ दुवै अंकको खाता खोल्ने दाउमा थिए। यो खेल प्ले अफ पुग्ने संभावनालाई बलियो बनाउन दुवै टिमलाई जित निकाल्ने दबाब थियो।
वालिङले सुरुवात राम्रो गर्यो। गोल गर्ने केहि उत्कृष्ट मुभ पनि बनायो। तर पाएको मौकालाई सदुपयोग गर्न सकेन। पहिलो हाफ गोलरहित बराबरीमा सकियो।
दोस्रो हाफ बागमतीको लागि सुखद रहयो। ५२ औं मिनेटमा साहारा लिम्बुको असिस्टमा अनमार्क रहेकी अस्मिताले क्लोज रेन्जबाट सहजै गोल गरिन्।
७५ औं मिनेटमा बागमतीले अग्रता दोब्बर गर्यो। तीन खेलाडीको कम्बिनेसनमा बागमतीले उत्कृष्ट गोल गर्यो। अस्मिताको थ्रु पासमा अन्जली चन्दले उत्कृष्ट शैलीमा बललाई अगाडि बढाउँदै दिएको पासमा विष्णु मायाको हाफ भलि सुन्दर गोलमा परिणत भयो।
बागमती ३ अंकसहित तालिकाको चौथो स्थानमा छ। यसअघि बागमतीले नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबसँग समान २-० को हार बेहोर्दा एपिएफ फुटबल क्लबसँग ५-१ ले पराजित भएको थियो।
वालिङको यो लगातार चौंथो हार हो। यसअघि वालिङले आर्मीसँग एक दर्जन गोल खाँदा एपिएसँग ९-० ले खेल हारेको थियो।
पुलिससँग भने ५-० ले पराजित भएको थियो। ४ खेलमा अंकको खाता खोल्न नसकेको वालिङले २८ गोल बेहोरिसकेको छ। यो क्रममा एक गोल समेत गर्न सकेको छैन।
अन्तिम चरणमा सहभागी ५ टोलीको सहभागिता रहँदा ४ टोलीले प्ले अफमा स्थान बनाउनेछन्। जारी लिगमा लगातार ३ जित सहित एपिएफ शीर्षस्थानमा रहँदा दोस्रो स्थानको आर्मी र तेस्रो पुलिसको समान ७ अंक छ। भोलि लिडर एपिएफले आर्मीसँग खेल्नेछ।
February 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको फाइनलमा आज नेपाल म्यानमारसँग २-० ले स्तब्ध भएको छ। १५ हजार भन्दा बढी दर्शकलाई दशरथ रंगशालामा स्तब्ध बनाउँदै म्यानमार च्याम्पियन बन्यो। दोस्रो हाफमा दुई मिनेट भित्र दुई गोल गर्दै म्यानमारले नेपाललाई चौथो पटक हरायो। म्यानमारको लागि यु पेर खिने र विन थेङ्गी तुनले गोल गरे। म्यानमार अपराजित […]
February 26, 2025
हिमाल खरेल ,भद्रपुर झापा ११ फुटबल क्लब भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । झापा ११ ले उपाधिका लागि आयोजकको टिम भद्रपुर ब्लेजर्ससँग शुक्रवार खेल्नेछ । भद्रपुरस्थित मेची रङ्गशालामा आज भएको दोस्रो सेमिफाइनल खेलमा झापा ११ ले भुटानको डागा युनाइटेड एफसीलाई ३–१ ले हराउँदै उपाधिनजिक पुगेको हो । ९० […]
February 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र म्यानमार ६ वर्षपछि महिला फुटबलमा फाइनल खेल्दैछन्। दशरथ रंगशालामा फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको फाइनलमा नेपाल र म्यानमारले एकअर्काको सामना गर्दैछन्। खेल साँझ ६ बजे सुरु हुनेछ। सन् २०१९ को फेब्रुअरीमा नै यि दुई टोलीले भारतको भुवनेश्वरमा भएको हिरो गोल्ड कपको फाइनल खेलेका थिए। त्यति बेला ओलम्पिक छनोटको तयारीका लागि […]