2 months ago
January 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला लिगको अन्तिम चरणको आजको खेलमा आज वालिङ नगरपालिका र बागमती युथ क्लबले प्रतिस्पर्धा गर्देछन्।
एन्फा कम्प्लेक्समा यी दुई टोलीले एकअर्काको सामना गर्दा अंकको खाता खोल्ने दाउमा रहनेछन्। दुवैले यसअघि तीन खेल खेलिसकेका छन्। तीन खेलमा दुवै टोलीले तीन विभागीय टिमसँग हारेका थिए।
बागमतीले नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबसँग २-० को हार बेहोर्दा एपिएफ फुटबल क्लबसँग ५-१ ले पराजित भएको थियो। ३ खेलमा टोलीले ९ गोल खाँदा १ गोल गरेको छ।
वालिङले पनि ३ खेल नै हारेको छ। तर उसले ठूलो अन्तरको हारको सामना गरिरहेको छ। आर्मीसँग एक दर्जन गोल खाँदा एपिएसँग ९-० ले हारेको थियो। पुलिससँग ५-० ले हारेको थियो। यसरी ३ खेलमा वालिङले २६ गोल बेहोरिसकेको छ। यो क्रममा एक गोल समेत वालिङले गर्न सकेको छैन्।
अन्तिम चरणमा सहभागी ५ टोलीको सहभागिता रहँदा यी दुई टिम निकै कमजोर देखिएका छन्। प्ले अफ प्रवेशका लागि दुवै टिमलाई आजको जित र ३ अंक महत्वपूर्ण हुनेछ।
प्ले अफमा ४ टिमले स्थान बनाउनेछन्। जारी लिगमा लगातार ३ जित सहित एपिएफ शीर्षस्थानमा रहँदा दोस्रो आर्मी र तेस्रो पुलिसको समान ७ अंक छ। आजको खेल दिउँसो ३ बजे सुरु हुनेछ। खेल हाम्रो खेलकुदको युट्युब च्यानलबाट प्रत्यक्ष प्रसारण हुनेछ।
February 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको फाइनलमा आज नेपाल म्यानमारसँग २-० ले स्तब्ध भएको छ। १५ हजार भन्दा बढी दर्शकलाई दशरथ रंगशालामा स्तब्ध बनाउँदै म्यानमार च्याम्पियन बन्यो। दोस्रो हाफमा दुई मिनेट भित्र दुई गोल गर्दै म्यानमारले नेपाललाई चौथो पटक हरायो। म्यानमारको लागि यु पेर खिने र विन थेङ्गी तुनले गोल गरे। म्यानमार अपराजित […]
February 26, 2025
हिमाल खरेल ,भद्रपुर झापा ११ फुटबल क्लब भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । झापा ११ ले उपाधिका लागि आयोजकको टिम भद्रपुर ब्लेजर्ससँग शुक्रवार खेल्नेछ । भद्रपुरस्थित मेची रङ्गशालामा आज भएको दोस्रो सेमिफाइनल खेलमा झापा ११ ले भुटानको डागा युनाइटेड एफसीलाई ३–१ ले हराउँदै उपाधिनजिक पुगेको हो । ९० […]
February 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र म्यानमार ६ वर्षपछि महिला फुटबलमा फाइनल खेल्दैछन्। दशरथ रंगशालामा फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको फाइनलमा नेपाल र म्यानमारले एकअर्काको सामना गर्दैछन्। खेल साँझ ६ बजे सुरु हुनेछ। सन् २०१९ को फेब्रुअरीमा नै यि दुई टोलीले भारतको भुवनेश्वरमा भएको हिरो गोल्ड कपको फाइनल खेलेका थिए। त्यति बेला ओलम्पिक छनोटको तयारीका लागि […]