default_image

2 months ago

January 8, 2025

एक दर्जन गोल गर्दै आर्मी शीर्षस्थानमा उक्लियो

1943 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी फुटबल क्लब एन्फा महिला लिगको अन्तिम चरणमा शीर्षस्थानमा उक्लिएको छ।

विभागीय टोली आर्मीले बुधवार वालिङ नगरपालिकालाई १२-० को फराकिलो अन्तरमा हराउँदै शीर्ष स्थानमा उक्लेको हो ।

आर्मीले नेपाल पुलिस क्लबले जतिकै समान ७ अंक जोडेपनि गोल अन्तरमा शीर्षस्थानमा उक्लिएको हो। लिगको नियम अनुसार हेड-टु-हेड पहिलो आधार हो। तर आर्मी र पुलिसबिचको खेल गोल रहित बराबरीमा सकिएको थियो। २ खेलमा अर्को विभागीय टोली एपिएफको‌ ६ अंक छ।

आर्मीले गोलको बर्षा गरेको खेलमा विमला चौधरीले ४ गोल गर्दा चन्द्रा भण्डारीले ह्याट्रिक पुरा गरिन् ।
एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मीले खेल अवधिभर नै दबाब बनायो।

३४ मिनेट भित्र आर्मीले ४ गोल गर्यो। २३ औं मिनेटमा चन्द्राले गोलको खाता खोलिन्‌। यसको एक मिनेटपछि नै सपना लामाले अग्रता दोब्बर गरिन्।

३१ औं मिनेटमा चन्द्राले व्यक्तिगत दोस्रो गोल गर्दैै आर्मीलाई ३-० को अग्रता दिलाइन्। यसपछि ३४ औं मिनेटमा विमलाले गोल गर्दा पहिलो हाफमा वालिङ विरूद्ध आर्मीले ४-० को अग्रता बनायो।

दोस्रो हाफमा पनि वालिङ निरिह बन्यो। डिफेन्स र गोल किपरको प्रदर्शन निराशाजनक रहयो। यसको फाइदा उठाउँदै आर्मीले ८ गोल थप्यो। ४८ औं मिनेटमा विमलाले व्यक्तिगत दोस्रो गोल गरिन्।

५६ औं मिनेटमा सपना लामाको पासमा सब्स्टिच्युट खेलाडी अञ्जना थुलुङ राईले गोल गरिन्। ६० औं मिनेटमा विमलाले ह्याट्रिक पूरा गरिन्। बक्स भित्रबाट हानेको प्रहारमा गोल किपर राधिका ओलीले कुनै मुभमेन्ट नै गरिनन्। योसँगै आर्मीले ७-० को अग्रता बनायो।

लगतै बालिङले गोल किपर परिवर्तन गर्यो। तर पनि आर्मीलाई रोक्न सकेन। ६९ औं मिनेटमा चन्द्राले वालिङकी डिफेन्डरको गल्तीमा ह्याट्रिक पुरा गरिन्। यसपछि ७० औं मिनेटमा अञ्जना र ७३ औं मिनेटमा सपना लामाले गोल गरे।

८१ औं मिनेटमा विमलाले पेनाल्टीमा गोल गर्दै व्यक्तिगत गोल सङ्ख्या ४ पुर्याइन्। यसपछि विमला विकेले गोल गरेसँगै आर्मीले एक दर्जन गोल पुर्यायो।

आर्मीको यो दोस्रो जित हो। ३ खेलबाट ७ अंक बनाएको छ। पहिलो खेलमा बागमतीलाई २-० र दोस्रो खेलमा पुलिस गोलरहित बराबरीमा रोकिएको थियो।

वालिङको यो लगातार तेस्रो हार हो। पहिलो खेलमा पुलिस ५-० र दोस्रो खेलमा एपिएफसँग ९-० ले हारेको थियो।

पहिलो चरणको खेलमा वालिङ आर्मीसँग ८-० ले हारेको थियो। आर्मीसँग २ खेल खेलिसक्दा वालिङले २० गोल बेहोरेको छ। भोलि दुई विभागीय टोली एपिएफ र पुलिसबिच खेल हुनेछ।

February 26, 2025

१३ औं फाइनलमा पनि नेपाल पराजित

काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको फाइनलमा आज नेपाल म्यानमारसँग २-० ले स्तब्ध भएको छ। १५ हजार भन्दा बढी दर्शकलाई दशरथ रंगशालामा स्तब्ध बनाउँदै म्यानमार च्याम्पियन बन्यो। दोस्रो हाफमा दुई मिनेट भित्र दुई गोल गर्दै म्यानमारले नेपाललाई चौथो पटक हरायो। म्यानमारको लागि यु पेर खिने र विन थेङ्गी तुनले गोल गरे। म्यानमार अपराजित […]

February 26, 2025

झापा ११ भद्रपुर झापा गोल्डकप फाइनलमा

हिमाल खरेल ,भद्रपुर झापा ११ फुटबल क्लब भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । झापा ११ ले उपाधिका लागि आयोजकको टिम भद्रपुर ब्लेजर्ससँग शुक्रवार खेल्नेछ । भद्रपुरस्थित मेची रङ्गशालामा आज भएको दोस्रो सेमिफाइनल खेलमा झापा ११ ले भुटानको डागा युनाइटेड एफसीलाई ३–१ ले हराउँदै उपाधिनजिक पुगेको हो । ९० […]

February 26, 2025

नेपाल‌ र म्यानमारबिच ६ वर्षमा दोस्रो फाइनल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र म्यानमार ६ वर्षपछि महिला फुटबलमा फाइनल खेल्दैछन्। दशरथ रंगशालामा फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको फाइनलमा नेपाल र म्यानमारले एकअर्काको सामना गर्दैछन्‌। खेल साँझ ६ बजे सुरु हुनेछ। सन् २०१९ को फेब्रुअरीमा नै यि दुई‌ टोलीले भारतको भुवनेश्वरमा भएको हिरो गोल्ड कपको‌ फाइनल खेलेका थिए। त्यति बेला ओलम्पिक छनोटको तयारीका लागि […]

Success

Thank you for your time.