2 months ago
January 8, 2025
एजेन्सी – न्युक्यासलले इङ्ग्लिस लिग कपको सेमिफाइनल खेलको पहिलो लेगमा आर्सनललाई पराजित गरेको छ ।
बुधवार बिहान आर्सनलको घरेलु मैदान एमिरेट्स स्टेडियममा भएको खेलमा न्युक्यासल २-० गोलले विजयी भएको हो । पाहुना टोली न्युक्यासलको जितमा अलेक्जान्डर इसाक र एन्थोनी गोर्डनले गोल गरे । दोस्रो लेगको खेल आगामी फेब्रुअरी ५ मा हुनेछ ।
इसाकले खेलको ३७औं मिनेटमा गोल गर्दै न्युक्यासललाई सुरुवाती अग्रता दिलाए । खेलको ५१औं मिनेटमा आर्सनलका गोर्डनले गोल गर्दै अग्रता दोब्बरको बनाए । बाँकी रहेको समयमा दुवै टोलीले गोल गर्न नसक्दा खेल न्युक्यासलले जित्यो ।
बुधवार कपकाे दोस्रो सेमिफाइनलको पहिलो लेगमा टोटनहम ह्ट्सपर र लिभरपुल खेल्दैछन् ।
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- संकटा क्लबलाई २-१ गोल अन्तरले हराउँदै त्रिभुवन आर्मी फुटबल क्लब केपी ओली कपको फाइलनमा प्रवेश गरेको छ। आर्मी जारी सिजन कुनै पनि प्रतियोगिताको फाइनलमा पुगेको यो पहिलो पटक हो। आर्मीको जितमा नवयुग श्रेष्ठ र दिनेश हेन्जनले गोल गरे। संकटाको लागि विसन गुरुङले सान्त्वना गोल गरे। दशरथ रंगशालामा आज भएको खेलमा आर्मीले सुरुवातमा […]
February 28, 2025
हिमाल खरेल, भद्रपुर आयोजको टोली भद्रपुर ब्लेजर्सले सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करणको भद्रपुर झापा गोल्डकपको उपाधि जितेको छ । भद्रपुरस्थित मेची रंगशालामा शुक्रवार फाइनलमा अर्को झापाली टोली झापा ११ एफसीलाई २-० गोलले पराजित गर्दै भद्रपुर ब्लेजर्स च्याम्पियन बनेको हो । आयोजकका आशिष चापागाई र सत्यम शर्माले गोल गरे। रंगशालामा खचाखक […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवम् गोलकिपर एन्जिला तुम्बापो सुब्बा व्यवसायिक फुटबलका लागि आज ग्रिस प्रस्थान गरेकी छिन्। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल संघ (एन्फा) की केन्द्रीय सदस्य पेमा डोल्मा लामा, प्रवक्ता सुरेश शाह र महिला टोलीकी व्यवस्थापक विन्द्रा देवानलगायतले एन्जिलालाई बिदाइ गरे। एन्जिलाको कप्तानीमा नेपाली टोलीले बुधवार म्यानमारसँग फोर नेसन्स […]