default_image

1 month ago

January 7, 2025

वल्भ्समाथि नटिङघमको सहज जित

253 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा वल्भ्समाथि नटिङघम फरेस्टले सहज जित हासिल गरेको छ ।

नटिङघमले सोमवार वल्भ्सलाई ३-० ले पराजित गरेको हो । वल्भ्सको घरेलु मैदानमा भएको खेलमा नटिङघमको जितमा मोर्गन ह्वाइट, क्रिस वुड र ताइवो अवोनियीले गोल गरे ।

खेलको सातौं मिनेटमा गोल गर्दै मोर्गनले पाहुना टोलीलाई सुरुवाती अग्रता दिलाए । नटिङघमका लागि वुडले ४४औं मिनेटमा गोल गर्दै अग्रता दोब्बरको बनाए । इन्ज्युरी समयमा अवोनियीले गोल गरे ।

नटिङघम २० खेलमा ४० अंकका साथ तेस्रो स्थानमा छ । समान अंक भए पनि गोल अन्तरका आधारमा आर्सनल दोस्रो स्थानमा छ ।

लिभरपुल १९ खेलमा ४६ अंकका साथ शीर्ष स्थानमा छ । वल्भ्स २० खेलमा १६ अंकका साथ १७औं स्थानमा छ ।

February 6, 2025

सडन डेथमा चर्च ब्वाइजका गोलकिपर टिकेन्द्र नायक

पोखरा (हाम्रो खेलकुद)- सडन डेथमा गोलकिपर टिकेन्द्र थापा नायक बनेपछि एनआरटीलाई पराजित गर्दै चर्च ब्वाइज युनाइटेड २४ औं आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ। पोखरा रंगशालामा बिहीवार निर्धारण समय र थप ३० मिनेटमा १-१ को बराबरीपछि टाइब्रेकर रोमान्चक बनेको हो। टाइब्रेकरमा पनि ४-४ को बराबरी भएपछि खेल सडन डेथमा गयो। सडन डेथमा […]

February 6, 2025

भद्रपुर झापा गोल्डकपको खेल तालिका सार्वजनिक

हिमाल खरेल,भद्रपुर सौर्य एअर ओम साई पाथिभरा दोस्रो भद्रपुर झापा गोल्डकप २०८१ गम्भीर राई स्मृति संस्करणको खेल तालिका सार्वजनिक भएको छ । फागुन ७ गतेदेखि हुने प्रतियोगिताका लागि आयोजक भद्रपुर झापा गोल्डकपले बिहीवार खेल तालिका सार्वजनिक गरेको हो । आयोजक भद्रपुर झापा गोल्डकपका वरिष्ठ उपाध्यक्ष तथा टिम सम्पर्क एवम व्यवस्थापन उपसमितिका संयोजक आदित्य पराजुलीका अनुसार […]

February 6, 2025

एनओसी कार्यसमितिबाट अहिलेसम्म ४ जनाको राजीनामा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल भलिबल संघ अध्यक्ष जीतेन्द्रबहादुर चन्दसहित नेपाल ओलम्पिक कमिटी (एनओसी) को नयाँ कार्यसमितिलाई ४ जनाले राजीनामा दिइसकेका छन् । पुस १३ गते सम्पन्न भनिएको निर्वाचनमा उपाध्यक्ष बनेका २ र सदस्य २ जनाले राजीनामा गरेका हुन् । १९ सदस्यीय बाट ५ जनाले राजीनामा गरेका हुन् ।सर्वोच्च र उच्च अदालतको आदेश र राष्ट्रिय खेलकुद […]

Success

Thank you for your time.