2 months ago
January 7, 2025
एजेन्सी – स्पेनिस कोपा डेल रेमा रियल म्याड्रिडले अन्तिम ३२ को खेलमा सानदार जित हासिल गरेको छ । रियलले अन्तिम १६ मा स्थान बनाएको छ ।
रियलले सोमवार डिर्पोटिभा मिनेरालाई ५-० ले पराजित गरेको हो । मिनेराको घरेलु मैदानमा रियललाई जित दिलाउँन आर्दा गुलेरले २, फेडेरिको भाल्भर्डे, एडुआर्डो कामाभिंगा र लुका मोड्रिचले समान गोल गरे ।
पाँचौं मिनेटमा भाल्भर्डेको गोलमार्फत रियलले सुरुवाती अग्रता लिएको थियो । भाल्भर्डेले गोल गरेको ८ मिनेटपछि कामाभिंगाले टोलीको अग्रता दोब्बर बनाए ।
रियलका गुलेरले २८औं मिनेटमा गोल खेललाई ३-० को स्थितिमा पुर्याए । खेलको ५५औं मिनेटमा मोड्रिचले चौथो गोल गरे ।
खेलको ८८औं मिनेटमा गुलेरले व्यक्तिगत दोस्रो गोल गरेपछि रियलले सानदार जित निकल्यो ।
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- संकटा क्लबलाई २-१ गोल अन्तरले हराउँदै त्रिभुवन आर्मी फुटबल क्लब केपी ओली कपको फाइलनमा प्रवेश गरेको छ। आर्मी जारी सिजन कुनै पनि प्रतियोगिताको फाइनलमा पुगेको यो पहिलो पटक हो। आर्मीको जितमा नवयुग श्रेष्ठ र दिनेश हेन्जनले गोल गरे। संकटाको लागि विसन गुरुङले सान्त्वना गोल गरे। दशरथ रंगशालामा आज भएको खेलमा आर्मीले सुरुवातमा […]
February 28, 2025
हिमाल खरेल, भद्रपुर आयोजको टोली भद्रपुर ब्लेजर्सले सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करणको भद्रपुर झापा गोल्डकपको उपाधि जितेको छ । भद्रपुरस्थित मेची रंगशालामा शुक्रवार फाइनलमा अर्को झापाली टोली झापा ११ एफसीलाई २-० गोलले पराजित गर्दै भद्रपुर ब्लेजर्स च्याम्पियन बनेको हो । आयोजकका आशिष चापागाई र सत्यम शर्माले गोल गरे। रंगशालामा खचाखक […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवम् गोलकिपर एन्जिला तुम्बापो सुब्बा व्यवसायिक फुटबलका लागि आज ग्रिस प्रस्थान गरेकी छिन्। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल संघ (एन्फा) की केन्द्रीय सदस्य पेमा डोल्मा लामा, प्रवक्ता सुरेश शाह र महिला टोलीकी व्यवस्थापक विन्द्रा देवानलगायतले एन्जिलालाई बिदाइ गरे। एन्जिलाको कप्तानीमा नेपाली टोलीले बुधवार म्यानमारसँग फोर नेसन्स […]