default_image

3 months ago

January 7, 2025

एसी मिलानलाई इटालियन सुपरकप

623 views

0 Bookmark

एजेन्सी – एसी मिलानले इटालियन सुपरकपको उपाधि जितेको छ।

टामी अब्राहमले खेलको अन्त्यतिर गरेको गोलमाले एसी सोमवार इन्टर मिलानलाई ३–२ ले पराजित गर्दै एसी मिलानले इटालियन सुपरकपको उपाधि जितेको हो ।

साउदी अरेबियाको रियादमा भएको खेलमा साविक विजेता इन्टरले २-० गोलको अग्रता गुमाएको हो । लउटारो मार्टिनेज पहिलो हाफको इन्ज्युरी समयमा गोल गरे। मेहदी टारेमीको ४७ औं मिनेटमा गोलले गर्दै इन्टरको अग्रता २-० बनाए ‌।

खेलको ५२ औं मिनेटमा थिएओ हर्नान्डेजले फ्रि–किकबाट मिलानका लागि पहिलो गोल गरे । त्यसपछि अमेरिकी विन्गर क्रिस्टियन पुलिसिचले ८० औं‌ मिनेटमा बराबरी गोल गरे । अब्राहमले इन्ज्युरी समयको तेस्रो मिनेटमा गोल गर्दै मिलानलाई उपाधि दिलाए ।

सन् २०१६ यता मिलानको यो पहिलो उपाधि हो । उसले मिलानले इटालियन सुपरकप जितेको यो आठौं पटक हो । नयाँ प्रशिक्षकका रुपमा सर्जियो कोन्सेस्को आएयता मिलानले यो उपाधि जितेको हो ।

April 1, 2025

जीतपुरसिमरा गोल्डकपमा यसै साता सुरु हुने

सुनिल गाउँले,सिमरा जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको १५ औं संस्करण‌बाराको सिमरा रंगशालामा यसै साता सुरु हुने भएको छ । आयोजक नव–जनजागृति युवा क्लबले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सबै तयारी पूरा भएको जानकारी गराएको छ । आयोजक क्लबका अध्यक्ष रामचन्द्र लामाका अनुसार फ्लड लाईटमा हुने प्रतियोगितामा ८ टोलीको सहभागिता रहनेछ । जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोगमा आयोजना […]

April 1, 2025

धनगढीको रवाफिलो सुरूवात

काठमाडौं (हाम्रो खेलकुद) – अघिल्ला दुवै संस्करणको उपविजेता धनगढी एफसीले तेस्रो संस्करणको नेपाल सुपर लिगमा विजयी सुरूवात गरेको छ । दशरथ रंगशालामा सम्पन्न खेलमा धनगढीले बुटवल लुम्बिनी एफसीलाई ४-१ ले पराजित गर्यो । धनगढीको जितमा अहमद हिजाजीले दुई गोल तथा कृतिश रत्न छुन्जु र सर्जियो बार्बोजाले १-१ गोल गरे । धनगढीले इन्ज्युरी समयमा २ गोल […]

April 1, 2025

लुम्बिनी र धनगढीबीचको पहिलो हाफमा बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो एनसेल नेपाल सुपर लिग (एनएसएल) मा बुटवल लुम्बिनी एफसी र धनगढी एफसीबीचको खेल जारी छ। पहिलो हाफ १-१ गोलको बराबरीमा सकिएको छ। दशरथ रंगशालामा जारी खेलको छैटौं मिनेटमा नै धनगढीले अग्रता बनायो। जर्ज प्रिन्स कार्कीको फ्लिक हेडरमा अहमद हिजाजीको एक्रोबेटिक सट गोलमा परिणत भयो। यो गोलमा लुम्बिनीका डिफेन्डर विमल पाण्डे र […]

Success

Thank you for your time.