default_image

8 years ago

February 20, 2017

संकटा बुढासुब्बा रेडबुल गोल्डकपको सेमिफाइनलमा, एपिएएफ बाहिरियो

47 views

0 Bookmark

धरान (हाम्रो खेलकुद) – धरानमा जारी बुढासुब्बा रेडबुल गोल्डकप फुटबल प्रतियोगिताको तेस्रो क्वाटरफाइनलमा सिएमजी क्लब संकटा नेपाल एपिएफलाई १-० ले हराउदै प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

sankata

राष्ट्रिय खेलकुदमा स्वर्ण पदक विजेता नेपाल एपिएफ क्लब राज पौडेलको ३९ औँ मिनेटको गोलले पछि परेको थियो । पुसमा राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जितेयता कुनै पनि प्रतियोगिताको फाइनल पुग्न नसकेको एपिएफको खराब प्रदर्शन जारी रह्यो भने गत महिना रुस्लान सिमरा गोल्डकपको उपाधि जितेको संकटाले आफ्नो लय कायमै राख्यो । अन्तिम ४ मा आफ्नो स्थान पक्का बनाउन सफल संकटाले आउदो बुधबार सेमिफाइनलमा उदयपुर गोल्डकप च्याम्पियन रुपन्देही ११ को सामना गर्नेछ ।

प्रतियोगिताको विजेताले उपाधि सहित ५ लाख र दोस्रो हुने टोलीले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । झन्डै ५५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले यामाहा मोटरसाइकल र उच्च गोलकर्ताले २५ हजार रुपैयाँ पाउने क्लबले जनाएको छ । उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षक तथा हरेक खेलको म्यान अफ दी म्याचले ५ हजार रुपैयाँ पाउनेछन् ।

November 17, 2024

जर्मनी र नेदरल्यान्ड्सको सानदार जित

एजेन्सी – जर्मनी र नेदरल्यान्ड्सले युइएफए नेसन्स लिगमा सानदार जित निकालेका छन् । लिग ए ग्रुप ३ को पाँचौं चरणको खेलमा जर्मनीले तुलनात्मक रुपमा कमजोर बोस्निया एण्ड हर्जगोभिनामाथि ७–० को एकपक्षीय जित निकालेको हो । घरेलु मैदानमा भएको खेलमा जर्मनीको फराकिलो जितमा फ्लोरिएन रिट्ज र टिम क्लाइनडिस्टले समान २ तथा जमल मुसिएला, काई हाभर्टज र […]

November 16, 2024

रोहित र जिलेस्पीको गोलमा नेपालको जित

काठमाडौं (हाम्रो खेलकुद) – फरवार्ड जिलेस्पी जंग कार्की र रोहित चन्दको गोलमा नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अफगानिस्तानलाई पराजित गरेको छ । ताजिकिस्तानको दुशान्बेमा भएको खेलमा नेपालले २-० को जित दर्ता गरेको हो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको सुरुवातमै जिलेस्पीले गोल गर्दै नेपाललाई अग्रता दिलाए । नेपालले अग्रता लिएपछि रक्षात्मक […]

November 16, 2024

उरुग्वेसँग कोलम्बियाको हार

एजेन्सी – दक्षिण अमेरिकी विश्वकप छनोटमा शनिवार उरुग्वेले कोलम्बियालाई ३- २ हराएको छ। उरुग्वेको जित दिलाउन म्यानुएल उगारटेले इन्ज्युरी समयको ११ औं मिनेटमा निर्णायक गोल गरे । खेलमा अग्रता पनि कोलम्बियाले नै लिएको थियो । जुवान फर्नान्डो क्विन्टेरोले ३१ औं मिनेटमा पहिलो गोल गरे । त्यसपछि ५७ औं मिनेटमा डाभिन्सन सान्चेजले आत्मघाती गोल गरेपछि खेलमा १-१ को बराबरी […]

Success

Thank you for your time.