1 month ago
January 5, 2025
एजेन्सी – इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटीले वेस्ट ह्याम युनाईटेडलाई पराजित गरेको छ ।
सिटीलेघरेलु मैदानमा शनिवार ४-१ को सहज जित हासिल गरेको हो । सिटीको जितमा एर्लिङ हालाण्डले २ तथा फिल फोडेनले १ गोल गरे । अर्को आत्मघाती गोल भयो । वेस्ट ह्यामका निकलेस फोलकुर्कले १ गोल फर्काए ।
वेस्ट ह्यामका भ्लादिमिर क्याफलको आत्मघाती गोलबाट सिटीले खेलमा सुरुवाती अग्रता लियो । खेलको ४२औं र ५५औं मिनेटमा गोल गर्दै हालाण्डले सिटीको अग्रता ३-० मा पुर्याए । फोडेनले ५८औं मिनेटमा गोल गर्दै खेललाई ४-० को स्थितीमा पुर्याए ।
७१औं मिनेटमा फोलकुर्कले वेस्ट ह्यामका लागि गोल फर्काए । सिटी २० खेलमा ३४ अंकका साथ छैठौं स्थानमा छ । वेस्ट ह्याम समान खेलमा २३ अंकका साथ १३औं स्थानमा छ ।
शनिवार नै भएका अन्य खेलमा न्युक्यासलले टोटेनहम र एस्टन भिल्लाले लेस्टर सिटीलाई समान २-१ ले हरायो।
ब्रेन्टफोर्डले साउथह्यामटनलाई ५-० र बर्नमाउथले एभर्टनलाई १-० पराजित गर्यो । चेल्सी र क्रिस्टल प्यालेस तथा ब्राइटन र आर्सनलले समान १-१ को बराबरी खेले।
February 6, 2025
पोखरा (हाम्रो खेलकुद)- सडन डेथमा गोलकिपर टिकेन्द्र थापा नायक बनेपछि एनआरटीलाई पराजित गर्दै चर्च ब्वाइज युनाइटेड २४ औं आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ। पोखरा रंगशालामा बिहीवार निर्धारण समय र थप ३० मिनेटमा १-१ को बराबरीपछि टाइब्रेकर रोमान्चक बनेको हो। टाइब्रेकरमा पनि ४-४ को बराबरी भएपछि खेल सडन डेथमा गयो। सडन डेथमा […]
February 6, 2025
हिमाल खरेल,भद्रपुर सौर्य एअर ओम साई पाथिभरा दोस्रो भद्रपुर झापा गोल्डकप २०८१ गम्भीर राई स्मृति संस्करणको खेल तालिका सार्वजनिक भएको छ । फागुन ७ गतेदेखि हुने प्रतियोगिताका लागि आयोजक भद्रपुर झापा गोल्डकपले बिहीवार खेल तालिका सार्वजनिक गरेको हो । आयोजक भद्रपुर झापा गोल्डकपका वरिष्ठ उपाध्यक्ष तथा टिम सम्पर्क एवम व्यवस्थापन उपसमितिका संयोजक आदित्य पराजुलीका अनुसार […]
February 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल भलिबल संघ अध्यक्ष जीतेन्द्रबहादुर चन्दसहित नेपाल ओलम्पिक कमिटी (एनओसी) को नयाँ कार्यसमितिलाई ४ जनाले राजीनामा दिइसकेका छन् । पुस १३ गते सम्पन्न भनिएको निर्वाचनमा उपाध्यक्ष बनेका २ र सदस्य २ जनाले राजीनामा गरेका हुन् । १९ सदस्यीय बाट ५ जनाले राजीनामा गरेका हुन् ।सर्वोच्च र उच्च अदालतको आदेश र राष्ट्रिय खेलकुद […]