1 month ago
January 4, 2025
लमजुङ (हाम्रो खेलकुद) – पहिलो सहभागितामै विभागीय टोली नेपाल एपिएफ फुटबल क्लब ३२औं संस्करणको त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।
निकै नै रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको खेलमा तीन पटकको च्याम्पियन बुद्ध युवा क्लब (बिवाइसी) भोेटेवडार लमजुङलाई शनिवार टाइब्रेकरमा ४–३ ले पराजित गर्दै च्याम्पियन बन्न सफल भएको हो ।
निर्धारित समयमा २–२ गोलको बराबरी र त्यसपछि अतिरिक्त समयमा पनि थप गोल निस्कन नसक्दा खेल टाइब्रेकरमा लम्बिएको थियो । जसमा पहिलोपटक त्रिवेणी कप खेलिरहेको एपिएफले सफलता हात पार्न सफल भयो ।
टाइब्रेकरमा एपिएफका सुमन श्रेष्ठ, दिपेश धिमाल, सुजन कुमार पुलामी र सविन गुरुङले गोल गर्न सफल भए। मणि कुमार लामाको प्रहारलाई बिवाइसीका गोलरक्षक क्रिशल मोक्तानले विफल पारे ।
बिवाइसीका राम थापा मगर, अश्विन घोरासैनी र मिसन लामाले गोल गर्न सफल भए। लक्षु थापा मगरको प्रहारलाई एपिएफका गोलरक्षक अन्जल श्रेष्ठले विफल पारे । कप्तान सजिन थापा मगरको प्रहार बाहिरियो ।
त्यसअघि लमजुङको बेसिशहर नगरपालिका– ७ को सहजीस्थित त्रिवेणी रंगशालामा भएको फाइनलमा सुरुवाती अग्रता बिवाइसीले लिएको थियो ।
१३औं मिनेटमा समिर तामाङले गोल गर्दै बिवाइसीलाई १-० को अग्रता दिलाए । ३१औं मिनेटमा युवराज खड्काले गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याए ।
५१औं मिनेटमा हरि कार्कीले गोल गर्दै एपीएफलाई २–१ को अग्रता दिलाए । अन्तिम तीन मिनेट सम्हालिन नसक्दा एपिएफ निर्धारित समयमा च्याम्पियन बन्नबाट चुकेको थियो ।
इन्ज्युरी समयको थप गरिएको छैटौं मिनेटमा समिराज थोकरले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याउँदै खेल लम्ब्याएका थिए । एपिएफका गोलरक्षक एन्जल श्रेष्ठ फाइनल खेलको म्यान अफ दि म्याच घोषित भए । उनले १० हजार रुपैयाँ प्राप्त गरे ।
उपाधिसँगै एपिएफले १२ लाख रुपैयाँसहित ट्रफी मेडल र प्रमाण पत्र हात पारेको छ । दोस्रो भएको बिवाइसीले ६ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण पत्र पाएको छ ।
सेमिफाइनलमा पराजित श्री भगवती क्लब टाेखा र आयाेजक त्रिवेणाी युवा क्लबले समान २ लाख रुपैयाँ प्राप्त गरे।बिवाइसीका इमानुयल सर्वाेत्कृष्ट खेलाडी घोषित भए । उनले २५ हजार रुपैयाँसँगै ट्रफी र मेडल प्राप्त गरे ।
विजयी टोली तथा खेलाडीलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डे, गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री भेष बहादुर पौडेल, बेशीशहर नगरपालिकाका नगर प्रमुख गुमान सिंह अर्याल, मध्य नेपाल नगरपालिकाका प्रमुख रमेश कुमार पाण्डे, सुन्दरबजार नगरपालिकाका प्रमुख कृष्ण कोइराला, क्व्लोलासोथर गाँउपालिकाका अध्यक्ष सुर्य प्रसाद गुरुङ, दोर्दी गाँउपालिकाका अध्यक्ष युवराज अधिकारी र क्लबका अध्यक्ष राज कुमार घिमिरेलगायतले पुरस्कृत गरे ।
१२ पुस सुरु भएको प्रतियोगितामा १६ टोलीले नकआउटका आधारमा प्रतिस्पर्धा गरेका थिए ।
February 6, 2025
पोखरा (हाम्रो खेलकुद)- सडन डेथमा गोलकिपर टिकेन्द्र थापा नायक बनेपछि एनआरटीलाई पराजित गर्दै चर्च ब्वाइज युनाइटेड २४ औं आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ। पोखरा रंगशालामा बिहीवार निर्धारण समय र थप ३० मिनेटमा १-१ को बराबरीपछि टाइब्रेकर रोमान्चक बनेको हो। टाइब्रेकरमा पनि ४-४ को बराबरी भएपछि खेल सडन डेथमा गयो। सडन डेथमा […]
February 6, 2025
हिमाल खरेल,भद्रपुर सौर्य एअर ओम साई पाथिभरा दोस्रो भद्रपुर झापा गोल्डकप २०८१ गम्भीर राई स्मृति संस्करणको खेल तालिका सार्वजनिक भएको छ । फागुन ७ गतेदेखि हुने प्रतियोगिताका लागि आयोजक भद्रपुर झापा गोल्डकपले बिहीवार खेल तालिका सार्वजनिक गरेको हो । आयोजक भद्रपुर झापा गोल्डकपका वरिष्ठ उपाध्यक्ष तथा टिम सम्पर्क एवम व्यवस्थापन उपसमितिका संयोजक आदित्य पराजुलीका अनुसार […]
February 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल भलिबल संघ अध्यक्ष जीतेन्द्रबहादुर चन्दसहित नेपाल ओलम्पिक कमिटी (एनओसी) को नयाँ कार्यसमितिलाई ४ जनाले राजीनामा दिइसकेका छन् । पुस १३ गते सम्पन्न भनिएको निर्वाचनमा उपाध्यक्ष बनेका २ र सदस्य २ जनाले राजीनामा गरेका हुन् । १९ सदस्यीय बाट ५ जनाले राजीनामा गरेका हुन् ।सर्वोच्च र उच्च अदालतको आदेश र राष्ट्रिय खेलकुद […]