default_image

1 month ago

January 4, 2025

एन्फा महिला लिग – एपिएफको सामना गर्दै बागमती

741 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला फुटबल लिगमा आज पनि एक खेल हुँदैछ ।

बागमती युथ क्लबले दोस्रो चरणमा शीर्ष स्थानमा रहेको विभागीय टोली नेपाल एपिएफ क्लबको सामना गर्नेछ । सातदोबाटोस्थित एन्फाको मैदानमा खेल दिउँसो १२ बजे सुरु हुनेछ ।

कोशी प्रदेशले अन्तिम चरणको लिगबाट नाम फिर्ता लिएपछि छैटौं स्थानको बागमतीले लिगमा मौका पाएको थियो । पहिलो चरणको लिगमा एपिएफले बागमतीलाई ७-० ले पराजित गरेको थियो ।

अन्तिम चरणको पहिलो खेल खेल्दै गरेको एपिएफ जितका साथ सुरुवात गर्न चाहन्छ । अन्तिम चरणमा बागमतीको यो दोस्रो खेल हो । पहिलो खेलमा त्रिभुवन आर्मी फुटबल क्लबसँग बागमती २-० ले पराजित भएको थियो।

अखिल नेपाल फुटबल संघ(एन्फा) को आयोजनामा जारी लिगको अन्तिम चरणको लिगमा ५ टोलीले प्रतिस्पर्धा गर्दैछन् ।

भदौ अन्तिममा भएको लिगको दोस्रो चरणमा सहभागी १० टोलीबाट शीर्ष ५ टोली अन्तिम चरणका लागि छनोट भएका हुन् ।

माघ १६ गतेसम्म चल्ने अन्तिम चरणको लिगमा विभागिय टोलीहरु नेपाल पुलिस क्लब, एपिएफ , आर्मी , वालिङ नगरपालिका र बागमती सहभागी छन् ।

अन्तिम चरणमा २४ खेल हुनेछन् । लिग चरणको २० खेलपछि शीर्ष ४ टोलीले प्लेअफमा स्थान बनाउनेछन् । लिगका सबै खेलको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदको युट्युब च्यानलमा हुनेछ ।

February 5, 2025

आहा! रारा पोखरा गोल्डकप – एपिएफ र मच्छिन्द्र भिड्दै

पोखरा (हाम्रो खेलकुद)- आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिन आज पूर्व विजेता एपिएफ फुटबल क्लबले मच्छिन्द्र फुटबल क्लबको सामना गर्दैछ । पोखरा रंगशालामा खेल दिउँसो २:३० बजे सुरु हुनेछ।एपिएफ र मच्छिन्द्रबिच आहा रारामा दोस्रो पटक भेट हुन लागेको हो । यसअघि २०७८ मा पहिलो पटक भेट हुँदा एपिएफ विजयी भएको थियो। सेमिफाइनलमा भएको […]

February 5, 2025

एट्लेटिको कोपा डेल रेको सेमिफाइनलमा

एजेन्सी – फराकिलो अन्तरको‌ जितेका साथ एट्लेटिको म्याड्रिड कोपा डेल रेको सेमिफाइनल पुगेको छ। सियोभानी सिम्योनी ले २ गोल गरेको खेलमा मंगलवार गेटाफेलाई ५-० ले हराउँदै एट्लेटिको अन्तिम चारमा पुगेको हो। सिम्योनीले आठौं मिनेट पहिलो र १७ औं मिनेटमा व्दोस्रो गोल गरे । ४२ औं मिनेटमा स्यामुएल लिनोले गोल गरेपछि एट्लेटिले पहिलो हाफमा नै ३-० […]

February 5, 2025

लोक आदर्श विजयी

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो एनएपिएफएस अन्तर स्कुल आइजी रनिङ ट्रफी फुटबल प्रतियोगितामा मंगलवार लोक आर्दश एकेडेमी विजयी भएको छ। लोक आर्दशले चन्द्रागिरीको न्यु होराइजन एकेडेमी १०-१ ले हराएको थियो। लोक आदर्शका तर्फबाट शिव थापाले ६ आरध्य चौधरीले २, धन बहादुर साउद र रोसन खपाङगीले समान १ गोल गरे। ६ गोल गरेका शिव प्लेयर अफ दि […]

Success

Thank you for your time.