1 month ago
January 4, 2025
एजेन्सी – जुड बेलिंघमले इन्ज्युरी समयको पाँचौं मिनेटमा निर्णायक गोल गरेपछि रियल म्याड्रिडले स्पेनिस ला लिगामा भ्यालेन्सियालाई हराएको छ।
शनिवार बिहान भएको खेलमा रियलले २-१ को जित हात निकालेको हो । १-० ले पछि परेको खेल उल्टाउँदै जित निकालेको रियल अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ।
भ्यालेन्सियाको घरेलु मैदानमा रियलका लुका मोड्रिचले बराबरी गोल गरे । घरेलु टोलीका हुगो डुराले गोल गरे ।
२७औं मिनेटमा डुरालको गोलमा भ्यालेन्सियाले अग्रता बनायो । गोलका लागि संघर्ष गरेको रियललाई खेलको अन्त्य तिर मात्र सफलता मिलेको हो ।
मोड्रिचले ८५ औं मिनेटमा गोल गर्दै रियललाई खेलमा फर्काए । इन्ज्युरी समयमा बेलिंघमले गोल गरेपछि रियल विजयी बन्यो ।
१९ खेलमा ४३ अंकका साथ रियल शीर्ष स्थानमा उक्लिएको छ । भ्यालेन्सिया १८ खेलमा १२ अंकका साथ रेलिगेसन जोनमा छ ।
February 5, 2025
हिमाल खरेल, भद्रपुर दोस्रो भद्रपुर झापा गोल्डकप २०८१ र सौर्य एअरलाइन्स तथा भद्रपुरको ओम साई पाथिभरा हस्पिटलबीच मुख्य प्रायोजक (टाइटल स्पोन्सर) का रुपमा सम्झौता भएको छ । समझौतापछि अब ‘सौर्य एअरलाइन्स तथा ओम साई पाथिभरा हस्पिटल भद्रपुर झापा गोल्डकप’ को रुपमा प्रतियोगिता सञ्चालन हुनेछ । यो संस्करण गोल्डकप कार्यसमितिका पूर्वसदस्य तथा पूर्वराष्ट्रिय खेलाडी गम्भीर राईको […]
February 5, 2025
पोखरा (हाम्रो खेलकुद)- मछिन्द्र फुटबल क्लब पोखरामा जारी २४ औं आरा! रारा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ। पोखरा रंगशालामा बुधवार भएको दोस्रो प्रि क्वाटरफाइनलमा विभागीय टोली एपिएफ फुटबल क्लबलाई २-० गोल ले हराउँदै मछिन्द्र अन्तिम आठमा पुगेको हो। मच्छिन्द्रलाई जित दिलाउन आदित्य शाक्य र स्टेफेन कामाहाले गोल गरे। दोस्रो दिन अर्को पूर्व विजेता […]
February 5, 2025
पोखरा (हाम्रो खेलकुद)- आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिन आज पूर्व विजेता एपिएफ फुटबल क्लबले मच्छिन्द्र फुटबल क्लबको सामना गर्दैछ । पोखरा रंगशालामा खेल दिउँसो २:३० बजे सुरु हुनेछ।एपिएफ र मच्छिन्द्रबिच आहा रारामा दोस्रो पटक भेट हुन लागेको हो । यसअघि २०७८ मा पहिलो पटक भेट हुँदा एपिएफ विजयी भएको थियो। सेमिफाइनलमा भएको […]