3 months ago
January 3, 2025
काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला फुटबल लिगको अन्तिम चरणको आजको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले वालिङ नगरपालिकालाई सहजै हराएको छ।
सातदोबाटोस्थित एन्फाको मैदानमा शुक्रवार पुलिसले वालिङलाई ५-० ले पराजित गर्यो । पुलिसको जितमा अनुष्का शर्मा र सम्झना लावतीले समान २ तथा पूजा रानाले एक गोल गरिन् ।
खेलको २६औं मिनेटमा अनुष्का निर्मला उपाध्यायको असिस्टमा गोल गरिन् । पहिलो हाफको इन्ज्युरी समयमा सम्झनाले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाइन् । सम्झनाको गोलमा पूजाले असिस्ट गरेकी हुन् । पूजाले दोस्रो हाफको पहिलो मिनेटमा गोल गरेपछि पुलिस ३-० अघि रह्यो ।
४८औं मिनेटमा अनुष्का व्यक्तिगत दोस्रो तथा टोलीको चौथो गोल गरिन् । ६०औं मिनेटमा सम्झनाले फ्रिकिकमार्फत व्यक्तिगत दोस्रो गोल गरिन् ।
पहिलो चरणको लिगमा पनि पुलिसले वालिङमाथि जित हात पारेको थियो । लिगको अन्तिम चरणमा ५ टोलीले प्रतिस्पर्धा गर्दैछन् । गत भदौ अन्तिममा भएको लिगको दोस्रो चरणमा सहभागी १० टोलीबाट शीर्ष ५ टोली अन्तिम चरणका लागि छनोट भएका हुन् ।
अखिल नेपाल फुटबल संघ(एन्फा) को आयोजनामामाघ १६ गतेसम्म चल्ने अन्तिम चरणको लिगमा विभागिय टोलीहरु नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, आर्मी , वालिङ नगरपालिका र बागमती सहभागी छन् ।
अन्तिम चरणमा २४ खेल हुनेछन् । लिग चरणको २० खेलपछि शीर्ष ४ टोलीले प्लेअफमा स्थान बनाउनेछन् । लिगका सबै खेलको प्रत्यक्ष प्रशारण हाम्रो खेलकुदको युट्युब च्यानलमा हुनेछ । शनिवार लिगमा विभागीय टोली नेपाल एपिएफ क्लब र बागमती युथ क्लब खेल्दैछन् ।
March 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- बुटवल लुम्बिनी एफसीले घानाका स्ट्राइकर फिलिप्स अजालाई अनुबन्ध गरेको छ। नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि बुटवलले अनुबन्ध गरेको अजा अन्तिम विदेशी खेलाडीको हुन् । बुटवलमा विदेशी खेलाडीको संख्या ६ पुगेको छ । राष्ट्रिय टोलीका मिडफिल्डर मनिष डाँगी बुटवलका मार्की खेलाडी हुन् । टोलीको मुख्य प्रशिक्षकमा भुटानका पुष्पलाल शर्मा छन् […]
March 26, 2025
सुमन अधिकारी,बुटवल युवराज खड्काको गोलमा एपिएफ एफसी रुपन्देही जारी २३ औं तिलोत्तमा गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । देविनगरस्थित एन्फा टेक्निकल खेलमैदानमा भएको पहिलो सेमिफाइनलमा बुधवार संकटा एफसीलाई १-० ले पराजित गर्दै १० खेलाडीमा सिमित एपिएफ उपाधि नजिक पुगेको हो। गत महिना काठमाण्डौंमा भएको केपी ओली कपमा संकटाले एपिएफलाई हराएको थियो। संकटा […]
March 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- च्यासल युथ क्लबले सहिद स्मारक बी डिभिजन लिगमा पहिलो जित दर्ज गरेको छ। च्यासलले श्री कुमारी क्लबलाई २-१ गोल अन्तरले हराउँदै महत्वपपूर्ण ३अंक जोड्यो। एन्फा कम्प्लेक्समा आज भएको तेस्रो चरणको पहिलो खेलमा दुवै टोली पहिलो जितको खोजीमा थिए। पहिलो हाफमा दुवै टिमबाट गोल हुन सकेन। दोस्रो हाफ च्यानलको लागि सुखद रहयो। ५८ […]