default_image

2 days ago

January 3, 2025

एन्फा महिला लिग – पुलिस र वालिङ भिड्दै

339 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला फुटबल लिगमा आज एक खेल हुँदैछ ।

अखिल नेपाल फुटबल संघ(एन्फा) को आयोजनामा जारी लिगको अन्तिम चरणको दोस्रो खेलमा विभागीय टोली नेपाल पुलिस क्लब र वालिङ नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ। एन्फा कम्प्लेक्स सातदोबाटोमा खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

पहिलो चरणको लिगमा पुलिस तेस्रो स्थानमा रहेको थियो । वालिङले भने चौथो स्थानमा रहेर अन्तिम चरणका लागि छनोट भएको थियो । पहिलो चरणको लिगमा पुलिस वालिङलाई २-० ले पराजित गरेको थियो ।

अन्तिम चरणको लिगमा ५ टोलीले प्रतिस्पर्धा गर्दैछन् । गत भदौ अन्तिममा भएको लिगको दोस्रो चरणमा सहभागी १० टोलीबाट शीर्ष ५ टोली अन्तिम चरणका लागि छनोट भएका हुन् ।

माघ १६ गतेसम्म चल्ने अन्तिम चरणको लिगमा विभागिय टोलीहरु नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, आर्मी , वालिङ नगरपालिका र बागमती सहभागिता जनाउँदै छन् ।

अन्तिम चरणमा २४ खेल हुनेछन् । लिग चरणको २० खेलपछि शीर्ष ४ टोलीले प्लेअफमा स्थान बनाउनेछन् । लिगका सबै खेलको प्रत्यक्ष प्रशारण हाम्रो खेलकुदको युट्युब च्यानलमा हुनेछ ।

January 5, 2025

एन्फा महिला लिग – पुलिस र आर्मी भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला फुटबल लिगमा आज दुई विभागीय नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुँदैछ। सातदोबाटोस्थित एन्फाको मैदानमा खेल दिउँसो ३ बजे सुरु हुनेछ । अन्तिम चरणको लिगमा पहिलो खेलमा जित हात पारेका दुवै टोली सोहि लयलाई निरन्तरता दिन चाहन्छन् । पहिलो चरणको लिगमा पुलिस र आर्मीले १-१ गोलको बराबरीमा […]

January 5, 2025

म्यानचेस्टर सिटीको जित

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटीले वेस्ट ह्याम युनाईटेडलाई पराजित गरेको छ । सिटीलेघरेलु मैदानमा शनिवार ४-१ को सहज जित हासिल गरेको हो । सिटीको जितमा एर्लिङ हालाण्डले २ तथा फिल फोडेनले १ गोल गरे । अर्को आत्मघाती गोल भयो । वेस्ट ह्यामका निकलेस फोलकुर्कले १ गोल फर्काए । वेस्ट ह्यामका भ्लादिमिर क्याफलको आत्मघाती […]

January 4, 2025

एपिएफ त्रिवेणी कपको च्याम्पियन

लमजुङ (हाम्रो खेलकुद) – पहिलो सहभागितामै विभागीय टोली नेपाल एपिएफ फुटबल क्लब ३२औं संस्करणको त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । निकै नै रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको खेलमा तीन पटकको च्याम्पियन बुद्ध युवा क्लब (बिवाइसी) भोेटेवडार लमजुङलाई शनिवार टाइब्रेकरमा ४–३ ले पराजित गर्दै च्याम्पियन बन्न सफल भएको हो । निर्धारित समयमा २–२ गोलको […]

Success

Thank you for your time.