default_image

1 month ago

January 2, 2025

विमलाको २ गोलमा आर्मीको जित

1564 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला लिगको अन्तिम चरणको पहिलो खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेको छ।

विमला चौधरीको २ गोलमा आर्मीले बागमती युथ क्लबलाई २-० ले सहज नतिजामा पराजित गर्यो।
एन्फा कम्प्लेक्समा भएको खेलमा बागमती विरुद्ध २५औं मिनेटमा नै आर्मीले अग्रता बनायो। विमला विकको लामो पासमा विमला चौधरीले किपर अगाडि बढेको बेला उत्कृष्ट प्लेसिङ गर्दै गोल गरिन्।

बागमतीका गोलकिपर र डिफेन्डरले आर्मीको केहि आक्रमणलाई विफल पारे। बागमती अट्याकमा भने कमजोर देखियो। ७० औं मिनेटमा सपना लामाको कर्नरमा विमलाको हेडरले सही दिशा लियो।

बागमतीकी कप्तान दिव्या स्माइली मगर ७९ औं मिनेटमा घाइते भइन्। उनलाई तत्काल अस्पताल लगियो। यसले बागमतीलाई आगामी खेलमा भने असर गर्न सक्छ। आर्मी दुई महत्वपूर्ण खेलाडी दीपा शाही र अमिशा कार्की बिना मैदानमा उत्रेको थियो।

आर्मीले लिगको पहिलो चरणमा बागमतीलाई ३-० ले हराएको थियो। दोस्रो चरणमा ५ टोलीबीच प्रतिस्पर्धा हुनेछ।

दोस्रो चरणमा कुल २४ खेल हुनेछन्। २० खेलपछि चार टिमले प्लेअफका स्थान बनाउनेछन्।‌ माघ १६ गतेसम्म चल्ने अन्तिम चरणको लिगमा विभागिय टोलीहरु नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, आर्मी , वालिङ नगरपालिका र बागमती सहभागिता रहनेछ। बागमतीले कोशी प्रदेशको स्थानमा खेलेको हो।
लिगमा शुक्रवार पुलिस र वालिङबिच खेल हुनेछ।

February 5, 2025

आहा! रारा पोखरा गोल्डकप – एपिएफ र मच्छिन्द्र भिड्दै

पोखरा (हाम्रो खेलकुद)- आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिन आज पूर्व विजेता एपिएफ फुटबल क्लबले मच्छिन्द्र फुटबल क्लबको सामना गर्दैछ । पोखरा रंगशालामा खेल दिउँसो २:३० बजे सुरु हुनेछ।एपिएफ र मच्छिन्द्रबिच आहा रारामा दोस्रो पटक भेट हुन लागेको हो । यसअघि २०७८ मा पहिलो पटक भेट हुँदा एपिएफ विजयी भएको थियो। सेमिफाइनलमा भएको […]

February 5, 2025

एट्लेटिको कोपा डेल रेको सेमिफाइनलमा

एजेन्सी – फराकिलो अन्तरको‌ जितेका साथ एट्लेटिको म्याड्रिड कोपा डेल रेको सेमिफाइनल पुगेको छ। सियोभानी सिम्योनी ले २ गोल गरेको खेलमा मंगलवार गेटाफेलाई ५-० ले हराउँदै एट्लेटिको अन्तिम चारमा पुगेको हो। सिम्योनीले आठौं मिनेट पहिलो र १७ औं मिनेटमा व्दोस्रो गोल गरे । ४२ औं मिनेटमा स्यामुएल लिनोले गोल गरेपछि एट्लेटिले पहिलो हाफमा नै ३-० […]

February 5, 2025

लोक आदर्श विजयी

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो एनएपिएफएस अन्तर स्कुल आइजी रनिङ ट्रफी फुटबल प्रतियोगितामा मंगलवार लोक आर्दश एकेडेमी विजयी भएको छ। लोक आर्दशले चन्द्रागिरीको न्यु होराइजन एकेडेमी १०-१ ले हराएको थियो। लोक आदर्शका तर्फबाट शिव थापाले ६ आरध्य चौधरीले २, धन बहादुर साउद र रोसन खपाङगीले समान १ गोल गरे। ६ गोल गरेका शिव प्लेयर अफ दि […]

Success

Thank you for your time.