1 month ago
January 2, 2025
एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आर्सनलले ब्रेन्टफर्डमाथि जित हासिल गरेको छ ।
ब्रेन्टफोर्डको घरेलु मैदानमा बुधवार आर्सनल ३-१ को जितका साथ अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको हो ।
आर्सनलको जितमा ग्राव्रियल जिसस, ग्रावियल मार्टिनेल र मिकेली मारोनोले समान एक गोल गरे । घरेलु टोलीका लागि वार्यन मेमिउनोले सान्त्वना गोल फर्काए ।
खेलमा सुरुवाती अग्रता भने ब्रेन्टफोर्डले लिएको थियो । खेलको १३औं मिनेटमा ब्रेन्टफोर्डका लागि वायर्नले गोल गरे । खेलको २९औं मिनेटमा आर्सनलका जिससले बराबरी गोल फर्काए । पहिलो हाफ १-१ को बराबरीमा सकियो ।
खेलको ५०औं मिनेटमा मारोनोले गोल गर्दै आर्सनललाई २-१ को अग्रता दिलाए । त्यसको तीन मिनेट पछि गोल थप्दै मार्टिनेलले आर्सनललाई जित दिलाए ।
जितसँगै १९ खेलमा ३९ अंक बनाएको आर्सनल दोस्रो स्थानमा उक्लिएको छ । एक खेल कम खेलेको शीर्ष स्थानको लिभरपुलको भन्दा आर्सनल ६ अंक पछाडि छ । ब्रेन्टफोर्ड १९ खेलमा २४ अंकका साथ १२औं स्थानमा छ ।
February 5, 2025
हिमाल खरेल, भद्रपुर दोस्रो भद्रपुर झापा गोल्डकप २०८१ र सौर्य एअरलाइन्स तथा भद्रपुरको ओम साई पाथिभरा हस्पिटलबीच मुख्य प्रायोजक (टाइटल स्पोन्सर) का रुपमा सम्झौता भएको छ । समझौतापछि अब ‘सौर्य एअरलाइन्स तथा ओम साई पाथिभरा हस्पिटल भद्रपुर झापा गोल्डकप’ को रुपमा प्रतियोगिता सञ्चालन हुनेछ । यो संस्करण गोल्डकप कार्यसमितिका पूर्वसदस्य तथा पूर्वराष्ट्रिय खेलाडी गम्भीर राईको […]
February 5, 2025
पोखरा (हाम्रो खेलकुद)- मछिन्द्र फुटबल क्लब पोखरामा जारी २४ औं आरा! रारा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ। पोखरा रंगशालामा बुधवार भएको दोस्रो प्रि क्वाटरफाइनलमा विभागीय टोली एपिएफ फुटबल क्लबलाई २-० गोल ले हराउँदै मछिन्द्र अन्तिम आठमा पुगेको हो। मच्छिन्द्रलाई जित दिलाउन आदित्य शाक्य र स्टेफेन कामाहाले गोल गरे। दोस्रो दिन अर्को पूर्व विजेता […]
February 5, 2025
पोखरा (हाम्रो खेलकुद)- आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिन आज पूर्व विजेता एपिएफ फुटबल क्लबले मच्छिन्द्र फुटबल क्लबको सामना गर्दैछ । पोखरा रंगशालामा खेल दिउँसो २:३० बजे सुरु हुनेछ।एपिएफ र मच्छिन्द्रबिच आहा रारामा दोस्रो पटक भेट हुन लागेको हो । यसअघि २०७८ मा पहिलो पटक भेट हुँदा एपिएफ विजयी भएको थियो। सेमिफाइनलमा भएको […]