default_image

1 month ago

January 1, 2025

बुटवलमा इन्डो–नेपाल पुरुष भलिबल -उद्घाटन खेलमा पुलिसको‌ जित

3119 views

0 Bookmark

सुमन अधिकारी, बुटवल

मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा बुधवार बुटवलमा सुरु भएको “मदन भण्डारी गोल्डकप इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिप–२०८१” मा विभागिय टिम नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेको छ ।

आफ्नो १६ औं स्थापना दिवसको अवसरमा बुटवल उपमहानगरपालिका वडा नं. १० स्थित रामनगर खेल मैदानमा आयोजना गरिएको प्रतियोगिताको उद्घाटन खेलमा पुलिस विजयी भएको हो ।

पुलिसले आयोजक मदन भण्डारी एकेडेमीलाई ३–१ को सेटमा पराजित गरेको थियो । पुलिसले एकेडेमीलाई २५–२२, २५–२०, ३२–३४ र २५–१८ ले पराजित गरेको हो ।

खेलका निकै प्रतिस्पर्धात्मक बनेको थियो । २ सेटले अगाडि रहेको पुलिस तेस्रोमा पराजित भयो । तेस्रो सेट एकेडेमीले निकै प्रतिष्पर्धामा ३४–३२ अंकमा जितेको थियो ।

पहिलो सेटमा १२–६ ले पछाडी परेको मदन भण्डारी एकेडेमी खेलमा फर्कदै खेललाई २१–२१ मा पु¥याएको थियो तर सेट पुलिसले २५–२२ मा हात पार्न सफल भएको थियो ।

दोस्रो सेटमा पुलिसले सुरुवातबाटै लिएको अग्रतालाई कुनै पनि वेला टुट्न दिएन । तेस्रो सेटमा एकेडेमीले सुरुवातमा ६ -० को अग्रता बनाएको थियो तर लगातार फल खेल्दै ७ अंक गुमाउन पुगेपछि अंक ३४–३२ सम्म पुग्यो ।

चौथो सेटमा पुलिसले सहज जित निकाल्यो।
पुलिसले दोस्रो खेल सनिवार मणीमुकुन्द भलिबल क्लबसंग खेल्ने छ भने मदन भण्डारी एकेडेमी शुक्रवार रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रसंग खेल्नेछ ।
प्रतियोगितामस बिहीवार ३ वटा खेलहरु हुनेछन् ।

जसमा पहिलो खेल नेपाल त्रिभुवन आर्मी क्लब र गुजरात प्रदेश भलिवल एशोसियसन, भारतबिच हुने छ । दोस्रो खेल रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र र मणिमुकुन्द भलिबल क्लबकाबिच हुने छ। तेस्रो खेल नेपाल एपिएफ क्लब र गल्कोट भलिवल क्लबबिच हुने छ ।

पुस २४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल र भारतका ८ टिमको सहभागिता रहेको छ । जसमा समुह एमा नेपाल पुलिस , मणिमुकुन्द भलिबल क्लब, रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र र मदन भण्डारी एकेडेमी रहेका छन् । समूह बिमा नेपाल एपिएफ क्लब, आर्मी, गल्कोट भलिबल क्लब, र गुजरात प्रदेश भलिवल एसोसियसन, भारत छन् ।

प्रतियोगिताको विजेताले ७ लाख ५० हजार, दोस्रोले ३ लाख ५० हजार, तेस्रोले १ लाख ७५ हजार र चौथो टोलीले १ लाख रुपैयाँ पाउनेछन् ।
यसैगरि प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ तथा विधाका उत्कृष्ट खेलाडीले १० हजार गर्ने छन् ।

प्रतियोगिता आयोजना हुने बुटवल १० रामनगरस्थित कालिका मानव ज्ञान खेल मैदानमा ३ हजार दर्शक अट्ने अस्थायी प्याराफिट र कोर्ट निमार्ण गरिएको छ ।

प्रतियोगिताको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश भित्र खेलक्षेत्रको समग्र विकास गर्न प्रदेश सरकारले अभिभावकत्व प्रदान गर्ने बताए । उनले खेल पूर्वाधार, खेलाडी उत्पादन र नियमित प्रतियोगीताहरु सञ्चालन गरेर खेल क्षेत्रको विकास गर्न सकिने भन्दै खेलबाट नै अन्तर्राष्ट्रिय स्तरमा देशको नाम चिनाउन सकिने बताए ।

February 5, 2025

एट्लेटिको कोपा डेल रेको सेमिफाइनलमा

एजेन्सी – फराकिलो अन्तरको‌ जितेका साथ एट्लेटिको म्याड्रिड कोपा डेल रेको सेमिफाइनल पुगेको छ। सियोभानी सिम्योनी ले २ गोल गरेको खेलमा मंगलवार गेटाफेलाई ५-० ले हराउँदै एट्लेटिको अन्तिम चारमा पुगेको हो। सिम्योनीले आठौं मिनेट पहिलो र १७ औं मिनेटमा व्दोस्रो गोल गरे । ४२ औं मिनेटमा स्यामुएल लिनोले गोल गरेपछि एट्लेटिले पहिलो हाफमा नै ३-० […]

February 5, 2025

लोक आदर्श विजयी

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो एनएपिएफएस अन्तर स्कुल आइजी रनिङ ट्रफी फुटबल प्रतियोगितामा मंगलवार लोक आर्दश एकेडेमी विजयी भएको छ। लोक आर्दशले चन्द्रागिरीको न्यु होराइजन एकेडेमी १०-१ ले हराएको थियो। लोक आदर्शका तर्फबाट शिव थापाले ६ आरध्य चौधरीले २, धन बहादुर साउद र रोसन खपाङगीले समान १ गोल गरे। ६ गोल गरेका शिव प्लेयर अफ दि […]

February 4, 2025

आयोजक सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड झापाको बुद्धशान्तिस्थित जयपुरमा जारी आठौं नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगितामा आयोजक क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा इलामको रेर्ड हर्स एफसीमाथि १-० अन्तरको सान्त्वना जित दर्ता गर्दै आयोजक अन्तिम चारमा पक्का भएको हो । आयोजकका लागि खेलको १६ औँ मिनेटमा आयुष श्रेष्ठले गोल गरे । उनी खेलको प्लेयर अफ […]

Success

Thank you for your time.