default_image

4 months ago

December 31, 2024

चेल्सी र युनाइटेड पराजित

723 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा सोमवार चेल्सी र म्यान्चेस्टर युनाइटेड पराजित भएका छन्।

रेलिगेसन क्षेत्रमा रहेको इप्स्विच टाउनले चेल्सीलाई र न्युक्यासलले युनाइटेडलाई समान २-० ले हरायो।

घरेलु मैदानमा इप्स्विचलाई जित दिलाउन लियाम डेपाल र ओमारी हुट्चिन्सनले गोल गरे। डेपालले १२ औं मिनेटमा पेनाल्टीमा गोल गरे । ५३ मिनेट हुट्चिन्सनले गोल गरेपछि चेल्सी थप दबाबमा पर्यो।

१९ खेलमा चेल्सी ३५ अंकसहित तेस्रो स्थानमा छ । एक खेल कम खेलेको शीर्षस्थानको लिभरपुलको ४५ अंक छ। १८ औं स्थानमा रहेको इप्स्विचको १५ अंक छ। ।

अर्को खेलमा युनाइटेडलाई घरलु मैदानमा पराजित गर्न न्युक्यासलका लागि एलेक्जान्डर इसाक र जोएलिन्टनले गोल गरे । इसाकले चौथो मिनेट मै गोल गरे ।

जोएलिन्टनले १९ औं‌ मिनेटमा गोल गर्दा युनाइटेड पहिलो हाफमै २-० ले पछि परेको थियो। युनाइटेड घरलु लगातार तेस्रो खेलमा पराजित भएको छ ।

न्युक्यासल ३२ अंकसहित पाँचौं स्थानमा उक्लेको छ । युनाइटेड २२ अंकसहित १४ औं स्थानमा छ । अर्को खेलमा एस्टन भिल्ला र ब्राइटनले २-२ को बराबरी खेले । एस्टन भिल्ला नवौं (२९) र ब्राइटन (२७) दशौं स्थानमा छ।

May 2, 2025

चितवनको विजयी सुरुवात

रविन्द्र वाइवा, मकवानपुर हेटौंडामा शुक्रवार सुरु मकवानपुर महिला राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगितामा चितवनले विजयी सुरुवात गरेको छ । हेटौंडा-६ स्थित गौरीटार रंगशालामा भएको उद्घाटन खेलमा आयोजक मकवानपुरलाई टाइब्रेकरमा ५-४ गोलले हराउँदै चितवनले गोल्डकपमा विजयी सुरुवात गरेको हो । निर्धारित खेल समय १-१ गोलको बराबरीपछि खेलको नतिजा टाइब्रेकरबाट लिएको हो । चितवनको लागि अनिता गुरुङले दोस्रो […]

May 2, 2025

खेलकुदका‌ लागि एपिएफ क्लबको‌ सहयोग

काठमाडौं (हाम्रो खेलकुद)- सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले नेपालको हिमाली सीमावर्ती क्षेत्रमा बसोबास गर्ने बालबालिकालाई खेलकुदमा प्रोत्साहन गर्ने उद्देश्यले ग्रासरुट स्पोर्ट्स प्रोग्रामअन्तर्गत मनाङ जिल्लाका लागि नेपाल एपिएफ क्लबमार्फत १ लाख रुपैयाँ प्रदान गरेका छन् । यसले बालबालिकाको शारीरिक र मानसिक विकासमा सकारात्मक योगदान पुर्‍याउने विश्वास गरिएको छ। साथै, यसबाट राज्यलाई आवश्यक खेलकुद जनशक्ति उत्पादनमा पनि […]

May 2, 2025

ब्रेन्टफोर्डसँग नटिङ्घम फरेस्टको हार

एजेन्सी – नटिङ्घम फरेस्टको युईएफए च्याम्पियन्स लिगमा छनोट हुने आशामा झड्का लागेको छ‌। घरेलु मैदानमा बिहीवार भएको प्रिमियर लिगको खेलमा फरेस्ट ब्रेन्टफोर्डसँग २-० ले पराजित भयो।‌ सिटी ग्राउण्डमा भएको खेलमा ब्रेन्टफोर्डले दुबै हाफमा गोल गर्दै युरोपमा छनोट हुने आशा कायम राख्यो। केभिन शाडेले पहिलो हाफको अन्त्यतिर गोलको खाता खोले । ७०औं मिनेटमा योआने विस्साले ब्रेन्टफोर्डको […]

Success

Thank you for your time.