2 months ago
December 30, 2024
दिपक बोहोरा, पाँचथर
चर्च ब्वाइज युनाइटेडले लगातार दोस्रो पटक नकआउट फुटबल प्रतियोगिताको उपाधि जितेको छ।
मच्छिन्द्र क्लबलाई पेनाल्टी सुटआउटमा ५-४ ले हराउँदै चर्च ब्वाइजले ११ औं फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको । गत साता एनआरटीलाई पराजित गर्दै चर्च ब्वाइजले झापा कपको उपाधि जितेको थियो।
फिदिम माविको मैदानमा सोमवार भएको फाइनलको निर्धारित समयमा २-२ को बराबरी टुंगिएपछि टाइब्रेकरमा चर्च ब्वाइजले बाजी मारेको हो।
टाइब्रेकरमा चर्च ब्वाइज एकराज बुडाथोकी,रोहण कार्की,अवियामी,छिरिङ लामा र सुजन ढंगोलले गोल गरे ।
मच्छिन्द्रकक लागी देवेन्द्र तामाङ, सनिश श्रेष्ठ, सौरभ सुब्बा र समिरराज थोकरले गोल गरे। दयानन्दको पेनाल्टीलाई चर्च ब्वाइजका गोलकिपर क्रिशल मोक्तानले रोके ।
मच्छिन्द्रले अग्रता जोगाउन नसक्दा पराजित भयो । आत्मघाती गोलबाट ४५ औं मिनेटमा मच्छिन्द्रले खेलमा अग्रता बनायो। बल क्लियर गर्ने क्रममा चर्च ब्वाइजका अर्मान्डले आत्मघाती गोल गरेका हुन्।
७८ औं मिनेटमा चर्च ब्वाइजका छिरिङले फ्रिकिकबाट आएको प्रहारलाई हेडरमा गोल गर्दै खेल बराबरीमा ल्याए । ८८ औं मिनेटमा सनिश श्रेष्ठले गोल गर्दै मच्छिन्द्रलाई २-१ ले अघि बढाए ।
इन्ज्युरी समयको अन्तिम १ मिनेट मच्छिन्द्र सम्हालिन नसक्दा खेल टाइबे्रकरमा गयो । चर्च ब्वाइजका समिरले बराबरी गोल गरे।
चर्च ब्वाइजले ट्रफीसहित १० लाख रुपैयाँ र मच्छिन्द्रले ५ लाख रुपैयाँ प्राप्त गर्यो । फाइनलको प्लेयर अफ दि म्याच मच्छिन्द्रका सनिश श्रेष्ठ भए र उनले १० हजार रुपैयाँ प्राप्त गरे।
फिदिम स्पोर्टिङ क्लबको आयोजनामा भएको प्रतियोगितामा चर्च ब्वाइजका क्रिशल मोक्ताङ उत्कृष्ट गोलकिपर, मच्छिन्द्रका देवेन्द्र तामाङ उत्कृष्ट डिफेन्डर, चर्च ब्वाइजका दिपेश गुरुङ उत्कृष्ट मिडफिल्डर,मच्छिन्द्रका विजु भुजेल उत्कृष्ट फरवार्ड, चर्च ब्वाइजका सुमन श्रेष्ठ प्रशिक्षक घोषित भए । उत्कृष्टले जनही १० हजार रुपैयाँ प्राप्त गरे ।
सर्वोत्कृष्ट खेलाडी चर्च ब्वाइजका समिर तामाङ घोषित भए र उनले इभी स्कुटर प्राप्त गरे । उदीयमान खेलाडीका रूपमा आयोजक फिदिम स्पोर्टिङका मनिष क्षेत्री घोषित भए र उनले १० हजार रुपैयाँ प्राप्त गरे । ५ गोल गरेका चर्च ब्वाइजका समिर तामाङ सर्वाधिक गोलकर्ता बन्दै १५ हजार रुपैयाँ प्राप्त गरे ।
पुुस ६ गते सञ्चालन भएको प्रतियोगितामा १ विदेशीसहित १० टोलीको सहभागिता थियो । फाल्गुनन्द गोल्ड कप ६ वर्ष पछि आयोजना भएको हो ।
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा नयाँवस्ती युथ क्लबलर ब्वाइज युनियनलाई गोलरहित बराबरीमा सकिएको छ । एन्फा खेल मैदानमा भएको खेलमा खेल अवधिभर ब्वाइज युनियनले दबाब बनायो । गोल गर्ने अवसरहरू धेरै सिर्जना पनि गरेपनि अग्रता लिन भने सकेन । नयाँवस्तीका गोलकिपर योगेश धिमालले आधा दर्जन अवसर विफल पारे । उनले ब्वाइज […]
March 12, 2025
सन्जोग चाम्लिङ राई सबैभन्दा पहिला ‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप’ आयोजनाको लागि एन्फालाई धेरै धन्यवाद । उपाधि जित्न सफल मित्र राष्ट्र म्यानमारलाई बधाई । ३ मित्र राष्ट्रहरुलाई निमन्त्रणा गरेर आयोजना गरेको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपले एउटा उमंग संचार गरेर सकिएको छ । खास गरेर दक्षिण एशियाभन्दा बाहिरका टोलीहरुलाई निमन्त्रणा गर्नु यस च्याम्पियनसिपको सुन्दर पक्ष हो । म्यानमारको सहभागिताले […]
March 12, 2025
एजेन्सी – इन्टर मिलानले फेयनोर्डलाई मंगलवार २-१ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सान सिरोमा भएको दोस्रो लेगको जितसँगै इन्टरले समग्रमा ४-१ अग्रता बनायो। इटालियन टोलीले पहिलो लेगमा २-० को अग्रता लिएको थियो । आठौं मिनेटमा मार्कस थुरामले उत्कृष्ट व्यक्तिगत प्रयासमा गोल गर्दै इन्टरलाई अग्रता दिलाए। तर ४२ औं मिनेटअघि जाकुब […]