default_image

3 months ago

December 27, 2024

फाल्गुनन्द गोल्डकप : फिदिमलाई हराउँदै चर्च ब्वाइज फाइनलमा

810 views

0 Bookmark

दिपक बोहोरा, पाँचथर

ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड ११ औं फाल्गुनन्द गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ ।

आयोजक फिदिम स्पोर्टिङ क्लबलाई शुक्रवार ३- १ गोलले हराउँदै चर्च ब्वाइज फाइनल पुगेको‌श हो ।
चर्च ब्वाइजले गत साता झापा कपको उपाधि जितेको थियो ।

फिदिम माविको मैदानमा अग्रता जोगाउन नसक्दा फिदिम निराश बन्न पुग्यो । ४३ औं मिनेटमा आशिष चापगाईको क्रसमा दिनेश शेर्माले गोल गर्दै आयोजकलाई अग्रता दिलाए । तर फिदिमले अग्रता लामो समय टिकाउन सकेन ।

पहिलो हाफको इन्ज्युरी समयमा चर्च ब्वाइज खेलमा फर्कियो । समिर तामाङले गरेको सुन्दर भलि प्रहार गोलमा परिणत भएको थियो ।

खेलको ६२ औं मिनेटमा कर्नरबाट आएको बलमा विदेशी खेलाडी अर्मान्डले गोल गर्दै गोल अन्तर बढाए ८४ औं मिनेटमा फिदिमले काउन्टर अट्याक्टमा गोल खाएको थियो । मध्यभागबाट सेर्गे डिकाले मिलाइदिएको पासमा अबयोमीले गोल गर्दै चर्च ब्वाइजलाई ३-१ को जित दिलाए ।

चर्च ब्वाइजका अबयोमी प्लेयर अफ दी म्याच भए‌ र उनले १० हजार रुपैयाँ पाए । प्रतियोगिताको दोस्रो सेमिफाइनल शनिवार न्यु रोड टिम (एनआरटी)र मच्छिन्द्र एफसीबीच हुनेछ ।

March 12, 2025

नयाँवस्ती र ब्वाइज युनियन बराबरीमा

काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा नयाँवस्ती युथ क्लबलर ब्वाइज युनियनलाई गोलरहित बराबरीमा सकिएको छ । एन्फा खेल मैदानमा भएको खेलमा खेल अवधिभर ब्वाइज युनियनले दबाब बनायो । गोल गर्ने अवसरहरू धेरै सिर्जना पनि गरेपनि अग्रता लिन भने सकेन । नयाँवस्तीका गोलकिपर योगेश धिमालले आधा दर्जन अवसर विफल पारे । उनले ब्वाइज […]

March 12, 2025

‘हामी अझै पराजित हुनुपर्छ’

सन्जोग चाम्लिङ राई सबैभन्दा पहिला ‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप’ आयोजनाको लागि एन्फालाई धेरै धन्यवाद । उपाधि जित्न सफल मित्र राष्ट्र म्यानमारलाई बधाई । ३ मित्र राष्ट्रहरुलाई निमन्त्रणा गरेर आयोजना गरेको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपले एउटा उमंग संचार गरेर सकिएको छ । खास गरेर दक्षिण एशियाभन्दा बाहिरका टोलीहरुलाई निमन्त्रणा गर्नु यस च्याम्पियनसिपको सुन्दर पक्ष हो । म्यानमारको सहभागिताले […]

March 12, 2025

इन्टरको च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

एजेन्सी – इन्टर मिलानले फेयनोर्डलाई मंगलवार २-१ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सान सिरोमा भएको दोस्रो लेगको जितसँगै इन्टरले समग्रमा ४-१ अग्रता बनायो। इटालियन टोलीले पहिलो लेगमा २-० को अग्रता लिएको थियो । आठौं मिनेटमा मार्कस थुरामले उत्कृष्ट व्यक्तिगत प्रयासमा गोल गर्दै इन्टरलाई अग्रता दिलाए। तर ४२ औं मिनेटअघि जाकुब […]

Success

Thank you for your time.