default_image

4 months ago

December 27, 2024

लिभरपुल शीर्षस्थानमा थप बलियो

686 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा विजयी यात्रालाई जारी राख्दै लिभरपुल शीर्ष स्थानमा थप मजबुत बनेको छ।

उपाधिको मुख्य दाबेदार लिभरपुलले बिहीवार लेस्टर सिटीलाई ३-१ ले पराजित गर्यो। लिभरपुलले १-० ले पछि परेको खेल उल्टाएको थियो।

लिभरपुलको‌ जितमा कोडी गाक्पो,कर्टिस जोन्स,मोहमद सलाहले गोल गरे। एनफिल्डमा भएको खेलमा जोर्डन एयेको गोलले लेस्टरले छैटौं मिनेटमा अग्रता लियो । पहिलो हाफको‌ इन्ज्युरी समयमा गाक्पोले लिभरपुलका लागि बराबरी गोल फर्काए ।

दोस्रो हाफ सुरु भएको चार मिनेटमा जोन्स गोल‌ गर्दै लिभरपुले २-१ को अग्रता बनायो। सलाहले ८२ औं मिनेटमा गोल गरे।

लिभरपुलको १७ खेलबाट ४२ अंक भएको छ । एक खेल बढी खेलेको दोस्रो स्थानको चेल्सीको ३५ अंक छ ।
अर्को खेलमा चेल्सी फुलहमसँग २-१ ले पराजित भयो।

इर्लिङ हालान्डले दोस्रो हाफमा हानेको पेनाल्टी
जोर्डन पिकफोर्डले रोकेपछि म्यानचेस्टर सिटी जितबाट बन्चित भएको छ।

खेलमा अग्रता लिएपनि सिटी एभर्टनसँग १-१ को बराबरीमा रोकिएको छ । लगातार चार पटकको लिग विजेता सिटीले सबै प्रतियोगिताका गरेर पछिल्ला १३ खेलमा एउटा मात्र खेल जितेको छ।एकैमा मात्र विजयी छ । 

घरेलु मैदानमा सिटीले बर्नाडो सिल्भाको गोलमा १३ औं अग्रता लिएको थियो । इलिमन एनडिआयेले ३६ औं मिनेटमा बराबरी गोल गरे ।

सिटी २८ अंकसहित सातौं स्थानमा छ । एभर्टन १७ लिएर १५ औं स्थानमा रह्यो । लगातारको खराब प्रदर्शनले सिटीलाई च्याम्पियन्स लिग छनोट पनि‌ कठिन देखिएको छ।

लिगका अन्य खेलमा उल्भ्सले म्यानचेस्टर युनाइटेडलाई २-० ले, न्युक्यासलले एस्टन भिल्लालाई ३-० ले, वेस्ट ह्यामले साउथह्यमटन १-० ले, नटिङघम फरेस्टले टोटनहमलाई १-० ले, बोर्नमाउथ र क्रिस्टल प्यालेसले गोलरहित बराबरी खेलेका छन्।

May 2, 2025

चितवनको विजयी सुरुवात

रविन्द्र वाइवा, मकवानपुर हेटौंडामा शुक्रवार सुरु मकवानपुर महिला राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगितामा चितवनले विजयी सुरुवात गरेको छ । हेटौंडा-६ स्थित गौरीटार रंगशालामा भएको उद्घाटन खेलमा आयोजक मकवानपुरलाई टाइब्रेकरमा ५-४ गोलले हराउँदै चितवनले गोल्डकपमा विजयी सुरुवात गरेको हो । निर्धारित खेल समय १-१ गोलको बराबरीपछि खेलको नतिजा टाइब्रेकरबाट लिएको हो । चितवनको लागि अनिता गुरुङले दोस्रो […]

May 2, 2025

खेलकुदका‌ लागि एपिएफ क्लबको‌ सहयोग

काठमाडौं (हाम्रो खेलकुद)- सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले नेपालको हिमाली सीमावर्ती क्षेत्रमा बसोबास गर्ने बालबालिकालाई खेलकुदमा प्रोत्साहन गर्ने उद्देश्यले ग्रासरुट स्पोर्ट्स प्रोग्रामअन्तर्गत मनाङ जिल्लाका लागि नेपाल एपिएफ क्लबमार्फत १ लाख रुपैयाँ प्रदान गरेका छन् । यसले बालबालिकाको शारीरिक र मानसिक विकासमा सकारात्मक योगदान पुर्‍याउने विश्वास गरिएको छ। साथै, यसबाट राज्यलाई आवश्यक खेलकुद जनशक्ति उत्पादनमा पनि […]

May 2, 2025

ब्रेन्टफोर्डसँग नटिङ्घम फरेस्टको हार

एजेन्सी – नटिङ्घम फरेस्टको युईएफए च्याम्पियन्स लिगमा छनोट हुने आशामा झड्का लागेको छ‌। घरेलु मैदानमा बिहीवार भएको प्रिमियर लिगको खेलमा फरेस्ट ब्रेन्टफोर्डसँग २-० ले पराजित भयो।‌ सिटी ग्राउण्डमा भएको खेलमा ब्रेन्टफोर्डले दुबै हाफमा गोल गर्दै युरोपमा छनोट हुने आशा कायम राख्यो। केभिन शाडेले पहिलो हाफको अन्त्यतिर गोलको खाता खोले । ७०औं मिनेटमा योआने विस्साले ब्रेन्टफोर्डको […]

Success

Thank you for your time.