default_image

3 months ago

December 26, 2024

एनआरटी फाल्गुनन्द गोल्डकपको सेमिफाइनलमा

710 views

0 Bookmark

दिपक बोहोरा,पाँचथर

न्युरोड टिम ( एनआरटी) फिदिममा जारी ११औं फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ ।

फिदिम माविको मैदानमा बिहीवार भएको अन्तिम क्वाटरफाइनलमा सिरहाको सलेहश क्लबलाई टाइब्रेकरमा ५–४ ले हराउँदै एनआरटी अन्तिम चारमा पुगेको हो ।

योसँगै फाल्गुनन्द गोल्डकपको सेमिफाइनल समीकरण  पूरा भएको छ । आयोजक फिदिम स्पोर्टिङ क्लब, मच्छिन्द्र क्लब र चर्च ब्वाइज युनाइटेड यसअघि नै सेमिफाइनल पुगिसकेका छन्।

निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमस सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो।

टाइब्रेकरमा एनआरटीका अन्जन बिष्ट,क्रितिश छुर्जु, अभिशेक लिम्बु,कार्लोस,सरोज तामाङले गोल गरे।

सलेहशका कुलदिप कार्की,बिबेक राई,दोर्जे तामाङ र फागुराम थारुले गोल गरे । विदेशी खेलाडी हेनरी पेनाल्टी एनआरटीका गोलकिपर प्रमिजय गच्छेदारले रोके।

एनआरटीका अभिषेक लिम्बु प्लेयर अफ दि म्याच घोषित भए र उनले १० हजार रुपैयाँ प्राप्त गरे । एनआरटीले शनिवार फाइनल प्रवेशका लागि अर्को ए डिभिजन टोली मच्छिन्द्रको‌ सामना गर्नेछ ।

शुक्रवार हुने पहिलो सेमिफाइनल आयोजक फिदिम र चर्च ब्वाइजबिच हुनेछ ।

March 21, 2025

चितवन महिला फुटबल फाइनल – उपाधि जित्नेमा दुवै टोलीको दाबी

सुशील पन्त क्षेत्री, चितवन चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधिका शनिवार प्रतिस्पर्धा हुँदैछ। उपाधिका लागि दुई विभागीय टोली एपिएफ एफसी काठमाडौं र त्रिभुवन आर्मी एफसी भिड्दैछन् । भरतपुर ७ कृष्णपुरको मैदानमा खेल दिउँसो ३:३० बजे सुरु हुनेछ। प्रि म्याच कन्फ्रेन्समा दुवै टोलीले उपाधि जित्ने लक्ष्य रहेको बताएका छन् । एपिएफका प्रशिक्षक जनक सिंहले आफ्नो […]

March 21, 2025

तिलोत्तमा गोल्डकप -रुपन्देहीले ११ र एपिएफबीच उद्घाटन खेल

सुमन अधिकारी, बुटवल रुपन्देहीको पुरानो तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता शनिवार हुँदैछ । देविनगरस्थित एन्फा टेक्निकल खेलमैदान प्रतियोगिता आयोजना हुने प्रतियोगिताको तयारी पूरा भएको शुक्रवार पत्रकार सम्मेलन गरि रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनले बताए । उद्घाटन खेल आयोजक करेन्ट रुपन्देही ११ र एपिएफ फुटबल क्लबबीच हुनेछ । प्रतियोगितामा संकटा एफसी, मच्छिन्द्र एफसी, चर्च ब्याइज […]

March 21, 2025

जिलेस्पीको गोलमा सिंगापुरमाथि नेपालको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद)- फरवार्ड जिलेस्पी जंग कार्कीको गोलमा नेपालले सिंगापुरलाई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पराजित गरेको छ । सिंगापुरको राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाल १-० ले विजयी भएको हो । सिंगापुरको सिनियर पुरुष राष्ट्रिय टोलीमाथि नेपालको यो पहिलो जित हो । नेपालका लागि जिलेस्पीले खेलको १२ औं मिनेटमा गोल गरेका थिए । मनिष डाँगीले दाया विंगबाट दिएको […]

Success

Thank you for your time.