3 months ago
December 26, 2024
काठमाडौं (हाम्रो खेलकुद)- प्याब्सन बुढानिलकण्ठ र ए डिभिजन टोली हिमालयन शेर्पा क्लबबीच ग्रासरुट फुटबल कार्यक्रम संचालनका लागि सम्झौता भएको छ ।
स्थानीय स्तरमा फुटबल खेलकुदको प्रवर्द्धन र नयाँ प्रतिभाको पहिचानका लागि बिहीवार सम्झौता भएको हो।
सम्झौताअनुसार, बुढानिलकण्ठ नगरपालिका भित्रका विद्यालयका बालबालिकालाई लक्षित गरी फुटबल प्रशिक्षण कार्यक्रम संचालन हुने बताइएको छ ।
बालबालिकाहरूमा फुटबल खेलप्रति रुचि र सहभागिता बढाउने तथा विद्यालयस्तरमा फुटबल प्रशिक्षण कार्यक्रममार्फत युवा प्रतिभाको पहिचान र विकास गर्ने रहेको छ ।
क्लबले अनुभवी प्रशिक्षकहरू उपलब्ध गराउनुका साथै स्थानीय समुदायमा प्रशिक्षक उत्पादन गर्ने तथा प्याब्सन बुढानिलकण्ठले नगरपालिकाभित्रका विद्यालयहरूमा फुटबलसम्बन्धी कार्यक्रम संचालन गर्न समन्वय गर्नेछ ।
बालबालिकाको खेल स्तर वृद्धि गर्न विभिन्न प्रतिस्पर्धा र विकासमूलक गतिविधिहरूको आयोजना गर्ने बताइएको छ।
‘यो कार्यक्रम बालबालिकाको समग्र व्यक्तित्व विकास र समुदायमा स्वस्थ जीवनशैली प्रवर्द्धन गर्न महत्वपूर्ण हुनेछ,’ प्याब्सन बुढानिलकण्ठका अध्यक्ष राधेश्याम श्रेष्ठले बताए ।
साझेदारीमार्फत नयाँ प्रतिभा पहिचान गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्षम खेलाडी उत्पादन गर्ने लक्ष्य लिएको हिमालयन शेर्पा क्लबका अध्यक्ष कर्माछिरिङ शेर्पाले बताए ।
March 12, 2025
सन्जोग चाम्लिङ राई सबैभन्दा पहिला ‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप’ आयोजनाको लागि एन्फालाई धेरै धन्यवाद । उपाधि जित्न सफल मित्र राष्ट्र म्यानमारलाई बधाई । ३ मित्र राष्ट्रहरुलाई निमन्त्रणा गरेर आयोजना गरेको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपले एउटा उमंग संचार गरेर सकिएको छ । खास गरेर दक्षिण एशियाभन्दा बाहिरका टोलीहरुलाई निमन्त्रणा गर्नु यस च्याम्पियनसिपको सुन्दर पक्ष हो । म्यानमारको सहभागिताले […]
March 12, 2025
एजेन्सी – इन्टर मिलानले फेयनोर्डलाई मंगलवार २-१ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सान सिरोमा भएको दोस्रो लेगको जितसँगै इन्टरले समग्रमा ४-१ अग्रता बनायो। इटालियन टोलीले पहिलो लेगमा २-० को अग्रता लिएको थियो । आठौं मिनेटमा मार्कस थुरामले उत्कृष्ट व्यक्तिगत प्रयासमा गोल गर्दै इन्टरलाई अग्रता दिलाए। तर ४२ औं मिनेटअघि जाकुब […]
March 12, 2025
एजेन्सी – बार्सिलोना बेन्फिकालाई पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने पहिलो टोली बनेको छ। बार्सिलोनाको जितमा लामिन यामाल र राफिन्हा फेरि एक पटक नायक बने। बार्सिलोनाले मंगलवार बेन्फिकालाई ३-१ ले हराउँदै समग्रमा ४-१ को जित दर्ता गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो। यामक र राफिन्हा दुवै खेलाडीले एक-अर्कालाई असिस्ट प्रदान गर्दै गोल गरे । […]