3 months ago
December 25, 2024
दिपक बोहोरा, पाँचथर
झापा कप जितेको दोस्रो दिन बुधवार चर्च ब्वाइज युनाइटेड क्लब ११औं फाल्गुनन्द गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।
तेस्रो क्वाटरफाइनल खेलमा खेलमा विराटनगर सिटी एफसीलाई ७-१ ले हराउँदै चर्च ब्वाइज अन्तिम ४ मा पुगेको हो।
चर्च ब्वाइजको जितमा समिर तामाङ र विदेशी खेलाडी अर्मान्ड बेयुडुमले ह्याट्रिक गरे । अर्को गोल विदेशी खेलाडी फोफनाको नाममा रह्यो ।
समिरले खेलको १५ औं मिनेटमा गोल गर्दै अग्रता दिलाए। समिरले ४३ औं मिनेटमा अर्को गोल गरे।
६२ औं मिनेटमा अर्मान्ड गोल गरे।
७३औं मिनेटमा समिरले गोल गर्दै ह्याट्रिक पूरा गरे। ७७ औ मिनेटमा फोफनाको क्रसमा अर्मान्डले दोस्रो गोल गरे।
विराटनगरका लागि सन्दिप राईले ८७ औं मिनेटमा गोल फर्काए। ८७ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै अर्मान्ड ह्याट्रिक पूरा गरे । इन्ज्युरी समयमा फोफनाले गोल गरे ।
ब्वाइज युनाइटेडका समिर प्लेयर अफ दि म्याच घोषित भए र उनले १० हजार रुपैयाँ प्राप्त गरे ।
खेलाडी जम्मा गरेर टोली बनाएकोले सोचेजस्तो खेल्न बसकी पराजित भएको विराटनगरका प्रशिक्षक राज थापाले बताए । धेरै गोल भए पनि टोलीले सोचेअनुरुप खेल प्रर्दशन गर्न नसकेको चर्च ब्वाइजका प्रशिक्षक सुमन श्रेष्ठले बताए ।
चर्च ब्वाइजले फाइनल प्रवेशका लागि शुक्रवार आयोजक फिदिम स्पोर्टिङ सँग खेल्नेछ । प्रतियोगिताको अन्तिम क्वाटरफाइनल बिहीवार एनआरटी र सलहेश फुटबल क्लबबिच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको विजेताले १० लाख ५ हजार ५ सय ५५ र दोस्रो टोलीले ५ लाख ५ हजार ५ सय ५५ रुपैयाँ पाउनेछन् ।
March 12, 2025
सन्जोग चाम्लिङ राई सबैभन्दा पहिला ‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप’ आयोजनाको लागि एन्फालाई धेरै धन्यवाद । उपाधि जित्न सफल मित्र राष्ट्र म्यानमारलाई बधाई । ३ मित्र राष्ट्रहरुलाई निमन्त्रणा गरेर आयोजना गरेको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपले एउटा उमंग संचार गरेर सकिएको छ । खास गरेर दक्षिण एशियाभन्दा बाहिरका टोलीहरुलाई निमन्त्रणा गर्नु यस च्याम्पियनसिपको सुन्दर पक्ष हो । म्यानमारको सहभागिताले […]
March 12, 2025
एजेन्सी – इन्टर मिलानले फेयनोर्डलाई मंगलवार २-१ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सान सिरोमा भएको दोस्रो लेगको जितसँगै इन्टरले समग्रमा ४-१ अग्रता बनायो। इटालियन टोलीले पहिलो लेगमा २-० को अग्रता लिएको थियो । आठौं मिनेटमा मार्कस थुरामले उत्कृष्ट व्यक्तिगत प्रयासमा गोल गर्दै इन्टरलाई अग्रता दिलाए। तर ४२ औं मिनेटअघि जाकुब […]
March 12, 2025
एजेन्सी – बार्सिलोना बेन्फिकालाई पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने पहिलो टोली बनेको छ। बार्सिलोनाको जितमा लामिन यामाल र राफिन्हा फेरि एक पटक नायक बने। बार्सिलोनाले मंगलवार बेन्फिकालाई ३-१ ले हराउँदै समग्रमा ४-१ को जित दर्ता गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो। यामक र राफिन्हा दुवै खेलाडीले एक-अर्कालाई असिस्ट प्रदान गर्दै गोल गरे । […]