default_image

3 months ago

December 24, 2024

फाल्गुनन्द गोल्डकपमा मच्छिन्द्रको जित

1089 views

0 Bookmark

दिपक बोहोरा,पाँचथर

ए डिभिजनको क्लब मच्छिन्द्र क्लबले न्यु स्टार क्लब सुनसरीलाई ६-२ ले हराउँदै ११ औं  फाल्गुनन्द गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

न्यु स्टार पहिलो खेलबाट घर फर्किएको छ । फिदिम माविको मैदानमा मंगलवार भएको खेलमा मच्छिन्द्र हाबी रह्यो ।

मच्छिन्द्रको जितमा  विजु भुजेलले २ गोल,आदित्य शाक्य, मनिष डागी र सौरभ सुब्बाले  समान १ गोल गरेका थिए । मच्छिन्द्रले एक गोल उपहार स्वरुप पाएको थियो । न्युस्टारका सञ्जय श्रेष्ठले बल क्लियर गर्ने क्रममा आत्माघाती गोल गरे ।  

विजुको गोलमा मच्छिन्द्रले पाँचौ मिनेटमै अग्रता लियो।
१३ औं मिनेटमा सुनसरीको न्यु स्टार सुशिल राईले गोल फर्काए ।  

१५ औं मिनेट विजुले अर्को गोल गर्दै  अग्रता बढाए । ४३ औं मिनेटम आदित्यले गोल गरेपछि मछिन्द्र पहिलो हाफमा  ३- १ ले अगाडि लाग्यो ।

५६ औं मिनेटमा मनिषले गोल गरे ।  ६७ औं मिनेटमा सञ्जयले आत्माघाती गोल भएको थियो ।  ६७ औं मिनेटमा न्यु स्टारका सन्दिप श्रेष्ठले गोल फर्काए पनि जितको लागी पर्याप्त भएन ।

८५ औं मिनेटमा मच्छिन्द्रका सौरभ सुब्बाले गोल थपे ।
तयारीका साथ पाँचथर आएकाले नतिजा पनि सोहीअनुसार आएको मच्छिन्द्रका प्रशिक्षक सन्तोष न्यौपानेले बताए ।

आफ्‌ना खेलाडीको सोचेअनुरुप प्रर्दशन गर्न नसक्दा फराकिलो हार बेहोर्नु परेको न्यु स्टारका प्रशिक्षक विनय चौधरीले बताए ।

मच्छिन्द्रका  सनिस श्रेष्ठ  प्लेयर अफ दि म्याच भए र १० हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगितामा बुधवार चर्च ब्वाइज युनाइटेड र विराटनगर सिटी एफसी बिच खेल हुनेछ ।

प्रतियोगिताको विजेताले १० लाख ५ हजार ५ सय ५५ र दोस्रो टोलीले ५ लाख ५ हजार ५ सय ५५ रुपैयाँ  पाउनेछन् ।

March 12, 2025

‘हामी अझै पराजित हुनुपर्छ’

सन्जोग चाम्लिङ राई सबैभन्दा पहिला ‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप’ आयोजनाको लागि एन्फालाई धेरै धन्यवाद । उपाधि जित्न सफल मित्र राष्ट्र म्यानमारलाई बधाई । ३ मित्र राष्ट्रहरुलाई निमन्त्रणा गरेर आयोजना गरेको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपले एउटा उमंग संचार गरेर सकिएको छ । खास गरेर दक्षिण एशियाभन्दा बाहिरका टोलीहरुलाई निमन्त्रणा गर्नु यस च्याम्पियनसिपको सुन्दर पक्ष हो । म्यानमारको सहभागिताले […]

March 12, 2025

इन्टरको च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

एजेन्सी – इन्टर मिलानले फेयनोर्डलाई मंगलवार २-१ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सान सिरोमा भएको दोस्रो लेगको जितसँगै इन्टरले समग्रमा ४-१ अग्रता बनायो। इटालियन टोलीले पहिलो लेगमा २-० को अग्रता लिएको थियो । आठौं मिनेटमा मार्कस थुरामले उत्कृष्ट व्यक्तिगत प्रयासमा गोल गर्दै इन्टरलाई अग्रता दिलाए। तर ४२ औं मिनेटअघि जाकुब […]

March 12, 2025

च्याम्पियन्स लिग- बार्सिलोना क्वाटरफाइनलमा

एजेन्सी – बार्सिलोना बेन्फिकालाई पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने पहिलो टोली बनेको छ। बार्सिलोनाको जितमा लामिन यामाल र राफिन्हा फेरि एक पटक नायक बने। बार्सिलोनाले मंगलवार बेन्फिकालाई ३-१ ले हराउँदै समग्रमा ४-१ को जित दर्ता गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो। यामक र राफिन्हा दुवै खेलाडीले एक-अर्कालाई असिस्ट प्रदान गर्दै गोल गरे । […]

Success

Thank you for your time.