default_image

1 month ago

December 22, 2024

महिला यू१९ मैत्रीपूर्ण फुटबल : नेपाल र भुटानको बराबरी

981 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको महिला यू१९ राष्ट्रिय टोली र भुटानको महिला यू१९ राष्ट्रिय टोलीबीच भएको मैत्रीपूर्ण फुटबल खेल बराबरीमा सकिएको छ ।

दशरथ रंगशालामा आइतबार सम्पन्न खेलमा नेपालले अग्रता जोगाउन नसक्दा खेल १-१ को बराबरीमा सकियो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

दोस्रो हाफको ४८ औं मिनेटमा नेपालले अग्रता लियो । सुशीला केसीले पेनाल्टी क्षेत्रको ठिक भित्रबाट गरेको प्रहार गोलमा परिणत भएको थियो ।

फुन्त्सो छोदेनले ८१ औं मिनेटमा भुटानलाई बराबरीमा ल्याइन् ।

यसअघि भुटानको यू१६ टोलीले नेपाल यू१६ लाई ५-१ ले पराजित गरेको थियो ।

February 5, 2025

आहा! रारा पोखरा गोल्डकप – एपिएफ र मच्छिन्द्र भिड्दै

पोखरा (हाम्रो खेलकुद)- आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिन आज पूर्व विजेता एपिएफ फुटबल क्लबले मच्छिन्द्र फुटबल क्लबको सामना गर्दैछ । पोखरा रंगशालामा खेल दिउँसो २:३० बजे सुरु हुनेछ।एपिएफ र मच्छिन्द्रबिच आहा रारामा दोस्रो पटक भेट हुन लागेको हो । यसअघि २०७८ मा पहिलो पटक भेट हुँदा एपिएफ विजयी भएको थियो। सेमिफाइनलमा भएको […]

February 5, 2025

एट्लेटिको कोपा डेल रेको सेमिफाइनलमा

एजेन्सी – फराकिलो अन्तरको‌ जितेका साथ एट्लेटिको म्याड्रिड कोपा डेल रेको सेमिफाइनल पुगेको छ। सियोभानी सिम्योनी ले २ गोल गरेको खेलमा मंगलवार गेटाफेलाई ५-० ले हराउँदै एट्लेटिको अन्तिम चारमा पुगेको हो। सिम्योनीले आठौं मिनेट पहिलो र १७ औं मिनेटमा व्दोस्रो गोल गरे । ४२ औं मिनेटमा स्यामुएल लिनोले गोल गरेपछि एट्लेटिले पहिलो हाफमा नै ३-० […]

February 5, 2025

लोक आदर्श विजयी

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो एनएपिएफएस अन्तर स्कुल आइजी रनिङ ट्रफी फुटबल प्रतियोगितामा मंगलवार लोक आर्दश एकेडेमी विजयी भएको छ। लोक आर्दशले चन्द्रागिरीको न्यु होराइजन एकेडेमी १०-१ ले हराएको थियो। लोक आदर्शका तर्फबाट शिव थापाले ६ आरध्य चौधरीले २, धन बहादुर साउद र रोसन खपाङगीले समान १ गोल गरे। ६ गोल गरेका शिव प्लेयर अफ दि […]

Success

Thank you for your time.