2 months ago
December 22, 2024
एजेन्सी – स्पेनिस ला लिगामा बार्सिलोनालाई पराजित गर्दै एट्लेटिको मड्रिड शीर्ष स्थानमा उक्लिएको छ ।
शनिवार राती भएको खेलमा बार्सिलोना २–१ गोलअन्तरले पराजित हुदै दोस्रो स्थानमा धकेलिएको हो । बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा पाहुना टोली एट्लेटिकोलाई जित दिलाउन डि पाउल र एलेक्जेन्डर सोर्लोथले गोल गरे । घरेलु टोली बार्सिलोनाका लागि प्रेड्रीले सान्त्वना गोल फर्काए ।
खेलमा सुरुवाती अग्रता भने बार्सिलोनाले लिएको थियो । बार्सिलोनाका लागि खेलको ३०औं मिनेटमा पेड्रीले गोल गरेका थिए । ६०औं मिनेटमा डि पाउलले गोल गर्दै एट्लेटिकोलाई खेलमा फर्काए । दोस्रो हाफको इन्ज्युरी समयमा सोर्लोथले गोल गर्दै एट्लेटिकोलाई जित दिलाएका थिए।
जितसँगै १८ खेलबाट ४१ अंकका साथ एट्लेटिको शीर्ष स्थानमा उक्लिएको छ । पराजित बार्सिलोना भने १९ खेलमा ३८ अंक जोडेर दोस्रो स्थानमा झरेको छ । २ खेल कम खेलेको रियल मड्रिड ३७ अंकका साथ तेस्रो स्थानमा छ ।
February 5, 2025
पोखरा (हाम्रो खेलकुद)- आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिन आज पूर्व विजेता एपिएफ फुटबल क्लबले मच्छिन्द्र फुटबल क्लबको सामना गर्दैछ । पोखरा रंगशालामा खेल दिउँसो २:३० बजे सुरु हुनेछ।एपिएफ र मच्छिन्द्रबिच आहा रारामा दोस्रो पटक भेट हुन लागेको हो । यसअघि २०७८ मा पहिलो पटक भेट हुँदा एपिएफ विजयी भएको थियो। सेमिफाइनलमा भएको […]
February 5, 2025
एजेन्सी – फराकिलो अन्तरको जितेका साथ एट्लेटिको म्याड्रिड कोपा डेल रेको सेमिफाइनल पुगेको छ। सियोभानी सिम्योनी ले २ गोल गरेको खेलमा मंगलवार गेटाफेलाई ५-० ले हराउँदै एट्लेटिको अन्तिम चारमा पुगेको हो। सिम्योनीले आठौं मिनेट पहिलो र १७ औं मिनेटमा व्दोस्रो गोल गरे । ४२ औं मिनेटमा स्यामुएल लिनोले गोल गरेपछि एट्लेटिले पहिलो हाफमा नै ३-० […]
February 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो एनएपिएफएस अन्तर स्कुल आइजी रनिङ ट्रफी फुटबल प्रतियोगितामा मंगलवार लोक आर्दश एकेडेमी विजयी भएको छ। लोक आर्दशले चन्द्रागिरीको न्यु होराइजन एकेडेमी १०-१ ले हराएको थियो। लोक आदर्शका तर्फबाट शिव थापाले ६ आरध्य चौधरीले २, धन बहादुर साउद र रोसन खपाङगीले समान १ गोल गरे। ६ गोल गरेका शिव प्लेयर अफ दि […]