2 months ago
December 22, 2024
एजेन्सी– चोटमुक्त भएर खेलमा फर्कने प्रयास गरिरहेका ब्राजिली फरवार्ड गाब्रियल जेससको उच्च प्रदर्शन प्रेरित खेलमा लन्डन क्लब आर्सनलले इंग्लिस प्रिमियर लिगमा सानदार जित दर्ता गरेको छ ।
आर्सनलले घरेलु टोली क्रिस्टल प्यालेसमाथि ५–१ को सानदार जित निकाल्दै शीर्ष टोलीसँगको अंक दुरी छोट्याएको छ ।
आर्सनलको जितमा जेससले दुई तथाम काई हाभर्टज, ग्राबियल मार्टिनेली र डिक्लन रिसले समान एक गोल गरे । क्रिस्टटल प्यालेसका स्माइल सारले एक गोल फर्काए ।
सेलह्रस्र्ट पार्क लन्डनमा शनिबार राति भएको खेलको छैटौं मिनेटमा जेससले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाए । उनले गाब्रियलको पासमा गोल गर्न सफल भए । गत महिनादेखि नै चोटटमुक्त भएर खेल्न थालेका जेससले यसपटक पहिलो रोजाईमा खेल्दै आँफु तयार रहेको संकेत दिएका छन् ।
तर, आर्सनलको त्यो अग्रता पाँच मिनेट पनि टिकेन । ११औं मिनेटमा सारले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । त्यसलगत्तै १४औं मिनेटमा जेससले थोमस पार्टेको पासमा व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै आर्सनललाई २–१ ले अघि बढाए ।
त्यसपछि आर्सनलले थप तीन गोल गर्दै जित सुनिश्चित गर्यो । ३८औं मिनेटमा काईले गोल गरेपछि आर्सनलले पहिलो हाफमा ३–१ को अग्रता कायम गर्यो । ६०औं मिनेटमा डिक्लनको पासमा मार्टिनेलीले गोल गरेपछि आर्सनल खेलमा ४–१ ले अघि बढ्यो । त्यसपछि ८४औं मिनेटमा डिक्लनले गोल गर्दै आर्सनललाई ५–१ को सानदार जित दिलाए ।
यस जितसँगै तेस्रो स्थानमा रहेको आर्सनलले शीर्षस्थानमा रहेको लिभरपुल र चेल्सीसँगको अंक दुरी छोट्याएको छ ।आर्सनलको १७ खेलबाट ३३ अंक पुगेको छ । दुई खेल कम खेलको लिभरपुलको ३६ तथा एक खेल कम खेलेको चेल्सीको ३४ अंक छ । पराजित क्रिस्टल प्यालेस १६ अंक जोडेर १५औं स्थानमा छ ।
प्रिमियर लिगकै अर्काे खेलमा एलेक्सान्डर इसाकको ह्याट्रिक सहयोगमा न्यु क्यासल युनाइटेडले इस्पिचमाथि ४–० को सहज जित हात पारेको छ । एक गोल ज्याकोव मर्फीको नाममा रह्यो ।
यस जितले न्यु क्यासल २६ अंक जोडेर सातौं स्थानमा उक्लिएको छ । इस्पिच १२ अंक जोडेर १८औं स्थानमा छ ।
नटिङहम फरेस्टले ब्रेन्टफर्डलाई २–० ले पराजित गर्दा वेस्ट ह्याम र ब्राइटनले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।
February 5, 2025
एजेन्सी – फराकिलो अन्तरको जितेका साथ एट्लेटिको म्याड्रिड कोपा डेल रेको सेमिफाइनल पुगेको छ। सियोभानी सिम्योनी ले २ गोल गरेको खेलमा मंगलवार गेटाफेलाई ५-० ले हराउँदै एट्लेटिको अन्तिम चारमा पुगेको हो। सिम्योनीले आठौं मिनेट पहिलो र १७ औं मिनेटमा व्दोस्रो गोल गरे । ४२ औं मिनेटमा स्यामुएल लिनोले गोल गरेपछि एट्लेटिले पहिलो हाफमा नै ३-० […]
February 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो एनएपिएफएस अन्तर स्कुल आइजी रनिङ ट्रफी फुटबल प्रतियोगितामा मंगलवार लोक आर्दश एकेडेमी विजयी भएको छ। लोक आर्दशले चन्द्रागिरीको न्यु होराइजन एकेडेमी १०-१ ले हराएको थियो। लोक आदर्शका तर्फबाट शिव थापाले ६ आरध्य चौधरीले २, धन बहादुर साउद र रोसन खपाङगीले समान १ गोल गरे। ६ गोल गरेका शिव प्लेयर अफ दि […]
February 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको बुद्धशान्तिस्थित जयपुरमा जारी आठौं नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगितामा आयोजक क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा इलामको रेर्ड हर्स एफसीमाथि १-० अन्तरको सान्त्वना जित दर्ता गर्दै आयोजक अन्तिम चारमा पक्का भएको हो । आयोजकका लागि खेलको १६ औँ मिनेटमा आयुष श्रेष्ठले गोल गरे । उनी खेलको प्लेयर अफ […]