default_image

2 months ago

December 22, 2024

बार्सिलोनामाथि एट्लेटिकोको पूनरागमन जित

2045 views

0 Bookmark

एजेन्सी – उच्च लयमा रहेकाे एट्लेटिको मड्रिडले स्पेनिस ला लिगामा क्याटलान क्लब बार्सिलोनामाथि उसकै मैदानमा पूनरागमन जित निकालेको छ ।

एक गोलले पछि परेको स्थिति उल्ट्याएर एट्लेटिकोले बार्सिलोनामाथि २–१ को पूनरागमन जित दर्ता गर्दै शीर्षस्थानमा उक्लन सफल भएको हो । एट्लेटिकोको जितमा रोड्रिगो डि पउल र एलेक्सन्डर सोर्लोथले गोल गरे । बार्सिलोनाका पेड्रीको गोल सान्त्वना बन्यो ।

बार्सिलोनाको मैदानमा शनिबार राति भएको खेलको ३०औं मिनेटमा पेड्रीको गोलबाट घरेलु टोलीले पहिलो हाफमा १–० को अग्रता लिन सफल भयो । एट्लेटिकोको कमजोर डिफेन्सको फाइदा उठाउँदै आँफैबाट आएको बललाई गाभीले ब्याकहिलमार्फत मिलाइदिएपछिछ पेड्रीले सहजै फिनिस गरे ।

तर, त्यो अग्रतालाई बार्सिलोनाले दोस्रो हाफमा जोगाउन सकेन । ५९औं मिनेटमा बार्सिलोना अग्रता दोब्बर पार्नबाटट चुक्यो । राफिन्हाको चिप प्रहार क्रसबारमा लाग्र्द फर्कदा रोबटर्ट लेवान्डोस्कीको प्रहार डिफेन्डरलाई लाग्दै बाहिरियो ।

त्यसको एक मिनेटपछि एट्लेटिको खेलमा फर्कियो । ६०औं मिनेटमा रोड्रिगो डि पउलले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । क्रसबाट आएको बललाई कसाडोको कमजोर ब्याकहिलमार्फत क्लियरेन्सलाई पउलले दोस्रो बार च्याप्दै सहजै फिनिस गरे ।

बराबरीपछि बल पोसेसन राख्दै खेलमा पकड बनाएपनि बार्सिलोनाले खेलको अन्तिम समयमा गोल खान पुग्यो । बार्सिलोनाको लगातारको आक्रमणलाई गोलरक्षक जान ओब्लाकले विफल पारिरहँदा अर्काेतर्फ एट्लेटिकोले गोल गर्दै महत्वपुर्ण ३ अंक बटुल्न सफल भयो ।

७६औं मिनेटमा राफिन्हाको क्रसलाई रोबर्ट लेवान्डोस्की र फेरान टोरेसले भेट्न सकेन । ८६औं मिनेटमा राफिन्हाकै प्रहारलाई ओब्लाकले विफल पारे । इन्ज्युरी समयको थप गरिएको छैटौं मिनेटमा परिवर्तित खेलाडी सोर्लोथले गोल गर्दै एट्लेटिकोलाई पुनरागमन जित दिलाए ।

७३औं मिनेटमा मार्कस लोरेन्टेको स्थानमा मैदान छिरेका सोर्लोथले नाहुल मोलिनाको पासमा कुनै गल्ती गरेनन् । राफिन्हाको पासलाई रोड्रिगोले डि पउलले भेटेपछि काउन्टर अट्याकमा उनले मोलिनालाई पास दिए । त्यही पासलाई सोर्लोथले १२ यार्डबाटट भलीमार्फत फिनिस गरे ।

एट्लेटिकोले सन् २०२१ पछि बार्सिलोनालाई पराजित गरेको हो । त्यसपछि यि दुई टोलीबीचको पाँच भेटमा सबैमा बार्सिलोना विजयी भएको थियो ।

यस जितसँगै एट्लेटिको ला लिगाको शीर्षस्थानमा उक्लिएको छ । एट्लेटिकोको १८ खेलबाट ४१ अंक पुगेको छ । एक खेल बढी खेलेको पराजित बार्सिलोना अब शीर्षस्थानको एट्लेटिकोसँग ३ अंकले पछि परिसकेको छ ।

बार्सिलोना ३८ अंकसहित दोस्रो स्थानम छ । ला लिगामा सानदार सुरुवात गरेको बार्सिलोनाले पछिल्ला सात खेलमा केवल ५ अंक मात्रै बटुलेको छ ।

११ नोभेम्वरमा रियल सोसिडाडसँग पराजित भएयता बार्सिलोनाले सेल्टा र रियल बेटिससँग २–२ गोलको बराबरी खेल्दा लास पाल्माससँग २–१ र लेगानेससँग १–० ले पराजित भएको थियो । मलोर्कालाई भने ५–१ ले पराजित गरेको थियो ।

February 5, 2025

आहा! रारा पोखरा गोल्डकप – एपिएफ र मच्छिन्द्र भिड्दै

पोखरा (हाम्रो खेलकुद)- आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिन आज पूर्व विजेता एपिएफ फुटबल क्लबले मच्छिन्द्र फुटबल क्लबको सामना गर्दैछ । पोखरा रंगशालामा खेल दिउँसो २:३० बजे सुरु हुनेछ।एपिएफ र मच्छिन्द्रबिच आहा रारामा दोस्रो पटक भेट हुन लागेको हो । यसअघि २०७८ मा पहिलो पटक भेट हुँदा एपिएफ विजयी भएको थियो। सेमिफाइनलमा भएको […]

February 5, 2025

एट्लेटिको कोपा डेल रेको सेमिफाइनलमा

एजेन्सी – फराकिलो अन्तरको‌ जितेका साथ एट्लेटिको म्याड्रिड कोपा डेल रेको सेमिफाइनल पुगेको छ। सियोभानी सिम्योनी ले २ गोल गरेको खेलमा मंगलवार गेटाफेलाई ५-० ले हराउँदै एट्लेटिको अन्तिम चारमा पुगेको हो। सिम्योनीले आठौं मिनेट पहिलो र १७ औं मिनेटमा व्दोस्रो गोल गरे । ४२ औं मिनेटमा स्यामुएल लिनोले गोल गरेपछि एट्लेटिले पहिलो हाफमा नै ३-० […]

February 5, 2025

लोक आदर्श विजयी

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो एनएपिएफएस अन्तर स्कुल आइजी रनिङ ट्रफी फुटबल प्रतियोगितामा मंगलवार लोक आर्दश एकेडेमी विजयी भएको छ। लोक आर्दशले चन्द्रागिरीको न्यु होराइजन एकेडेमी १०-१ ले हराएको थियो। लोक आदर्शका तर्फबाट शिव थापाले ६ आरध्य चौधरीले २, धन बहादुर साउद र रोसन खपाङगीले समान १ गोल गरे। ६ गोल गरेका शिव प्लेयर अफ दि […]

Success

Thank you for your time.