default_image

3 months ago

December 21, 2024

आयोजक फिदिमको विजयी सुरुवात

435 views

0 Bookmark

दिपक बोहोरा, पाँचथर
आयोजक फिदिम स्पोर्टिङ क्लबले ११ औं फाल्गुनन्द गोल्ड कप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

फिदिम माविको मैदानमा शनिवार भारतको खर्साङ फुटबल क्लब भारत लाई पेनाल्टी सुटआउटमा ५-४ ले पराजित गर्दै फिदिम क्वाटरफाइनलमा पुगेको छ।

निर्धारित समय गोलरहित सकिएपछि टाइब्रेकरमा आयोजक टोलीले बाजी‌ मार्यो । टाइब्रेकरमा फिदिमका आशिष चापागाई,विशाल दर्जी,शुकराज राई र निरोज लिङदेनले गोल गरे ।

टाइब्रेकरमा खर्साङका आकाश प्रधान, बिशाल भण्डारी र प्रशान्त क्षेत्रीले गोल गरे। छोङदेल लामाको प्रहार फिदिमका गोल रक्षक मिराक खजुमले राोके । फिदिमका गोलकिपर मिराक प्लेयर अफ दि म्याच बन्दै १० हजार रुपैयाँ प्राप्त गरे ।

पुस १५ गते सम्म चल्ने प्रतियोगिताको विजेताले १० लाख ५ सय ५५ रुपैयाँ र दोस्रो टोली ५ लाख ५ सय ५५ रुपैँया पाँउनेछ ।

२०७५ सालमा सञ्चालन भएको १० औं संस्करणको गोल्डकपको भन्दा यसपटक पुरस्कार राशि दोब्बर भन्दा बढी गरिएको छ। प्रतियोगितामा झन्डै ९० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले इभी स्कुटर प्राप्त गर्नेछन् । प्रत्येक खेलको प्लेयर अफ दि म्याचले १० हजार र सर्वाधिक गोलकर्ताले १५ हजार रुपैयाँ पाउनेछन् । यसैगरी, उत्कृष्ट रक्षक, प्रशिक्षक, फरवार्ड, मिडफिल्डर, गोलरक्षक र उदयमान खेलाडीले समान १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।


आइतबारको खेल
मच्छिन्द्र फुटबल क्लब बिरुद्ध झापा ११

March 12, 2025

बायर्न च्याम्पियन्स लिगको अन्तिम आठमा

एजेन्सी – बायर्न म्युनिख च्याम्पियन्स लिगको‌ क्वाटरफाइनलमा पुगेको छ। बायर्न म्युनिखले मंगलवार बायर लेभरकुसेनलाई २-० ले हरायो । समग्रमा ५-० को अग्रतासहित बायर्न च्याम्पियन्स लिगको अन्तिम आठमा पुगेको हो।ह्यारी केन र अल्फोन्सो डेभिसको गोलमा बायर्न विजयी भएको हो। केनले ५२ औं‌ मिनेटमा गोल गरे । यो सिजनको च्याम्पियन्स लिगमा केनको दसौं औं हो । एउटै […]

March 12, 2025

लिभरपुललाई हराउँदै पिएसजी क्वाटरफाइनलमा

एजेन्सी – लिभरपुल च्याम्पियन्स लिगबाट बाहिरिएको छ। पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले पहिलो लेगको पराजय उल्टाउँदै एनफिल्डमा पेनाल्टीमा ४-१ को जित हासिल गर्‍यो। यो जितले‌ पिएसजी च्याम्पियन्स लिगको क्वाटरफाइनल प्रवेश गरेको छ। लिभरपुलका प्रशिक्षक आर्ने स्लटको नेतृत्वमा पहिलो ठूलो धक्का बेहोरेको छ। डार्विन नुनेज र कर्टिस जोन्सका प्रहार पिएसजीका गोलकिपर जियानलुइजी डोन्नारुम्माले रोके । जबकी पिएसजीले […]

March 11, 2025

नमोबुद्ध पाँचथर गोल्डकपको सेमिफाइनलमा

दिपक‌ बोहोरा, पाँचथर सप्तरीको नमो बुद्ध युथ क्लब फिदिममा जारी पाँचौं पाँचथर गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम क्वाटरफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई‌ ३-० ले हराउँदै नमोबुद्ध अन्तिम चारमा पुगेको हो। नमोबुद्धका लागि विदेशी खेलाडी एलेक्सले २ र अर्को गोल दिपेश चाम्लिङले गरे । सुरुवाती अग्रता दिलाउने क्रममा ३९औँ मिनेटमा […]

Success

Thank you for your time.