2 months ago
December 20, 2024
एजेन्सी – म्यानचेस्टर युनाइटेडलाई हराउँदै टोटनहम ह्ट्सपर इंग्लिस फुटबल लिग कप (कारबाओ) को सेमिफाइनलमा प्रवेश गरेको छ ।
टोटनहमले बिहीवार घरेलु मैदानमा भएको खेलमा युनाइटेडमाथि ४-३ काे जित निकालेकाे हाे ।
घरेलु टाेलीका लागि डोमोनिक सोलान्केले २ तथा डेजान कुलुसेभस्की र कप्तान सन ह्युन मिनले समान एक गोल गरे । युनाइटेडका लागि जोसुवा जिर्कजी, अमान्ड डायलो र जोनी इभन्सले गोल फर्काए ।
खेलको १५औं मिनेटमा सोलान्केको गोलमार्फत टोटनहमले अग्रता लियो । खेलको ४६औं मिनेटमा कुलुसेभस्कीले टोलीको अग्रता दोब्बर बनाए ।
सोलान्केले ५४औं मिनेटमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे । ६३औं मिनेटमा युनाइटेडका जिर्कजीले गोल गर्दा खेल ३-१ को स्थितिमा ल्याए ।
खेलको ७०औं मिनेटमा डायलोले गोल गर्दै युनाइटेडलाई खेलमा फर्काउने कोसिस गरे । निर्धारित समय सकिन दुई मिनेट बाँकी रहँदा कप्तान ह्युन मिनले गोल गरेपछि टोटनहमको अग्रता ४-२ मा पुग्यो । इन्जुरी समयमा इभन्सले गोल गर्दै युनाइटेडलाई खेलमा फर्काउन प्रयास गरे पनि त्यो सफल हुन सकेन ।
योसँगै सेमिफाइनल पुग्ने चारै टोलीको टुंगो लागेको छ । लिभरपुल, आर्सनल र न्युक्यासल युनाइटेडले यसअघि नै अन्तिम चारको यात्रा तय गरेका थिए ।
February 5, 2025
हिमाल खरेल, भद्रपुर दोस्रो भद्रपुर झापा गोल्डकप २०८१ र सौर्य एअरलाइन्स तथा भद्रपुरको ओम साई पाथिभरा हस्पिटलबीच मुख्य प्रायोजक (टाइटल स्पोन्सर) का रुपमा सम्झौता भएको छ । समझौतापछि अब ‘सौर्य एअरलाइन्स तथा ओम साई पाथिभरा हस्पिटल भद्रपुर झापा गोल्डकप’ को रुपमा प्रतियोगिता सञ्चालन हुनेछ । यो संस्करण गोल्डकप कार्यसमितिका पूर्वसदस्य तथा पूर्वराष्ट्रिय खेलाडी गम्भीर राईको […]
February 5, 2025
पोखरा (हाम्रो खेलकुद)- मछिन्द्र फुटबल क्लब पोखरामा जारी २४ औं आरा! रारा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ। पोखरा रंगशालामा बुधवार भएको दोस्रो प्रि क्वाटरफाइनलमा विभागीय टोली एपिएफ फुटबल क्लबलाई २-० गोल ले हराउँदै मछिन्द्र अन्तिम आठमा पुगेको हो। मच्छिन्द्रलाई जित दिलाउन आदित्य शाक्य र स्टेफेन कामाहाले गोल गरे। दोस्रो दिन अर्को पूर्व विजेता […]
February 5, 2025
पोखरा (हाम्रो खेलकुद)- आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिन आज पूर्व विजेता एपिएफ फुटबल क्लबले मच्छिन्द्र फुटबल क्लबको सामना गर्दैछ । पोखरा रंगशालामा खेल दिउँसो २:३० बजे सुरु हुनेछ।एपिएफ र मच्छिन्द्रबिच आहा रारामा दोस्रो पटक भेट हुन लागेको हो । यसअघि २०७८ मा पहिलो पटक भेट हुँदा एपिएफ विजयी भएको थियो। सेमिफाइनलमा भएको […]