3 months ago
December 19, 2024
हिमाल खरेल, बिर्तामोड
कप्तान अञ्जन विष्टको ह्याट्रिकको एनआरटी झापाको बिर्तामोडमा जारी झापा कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
एनआरटीले बिहीवार काठमाडौं जिल्ला लिग विजेता चित्लाङ एफसीलाई ५-१ ले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो ।
योसँगै जारी प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । खेलको १३ औं मिनेटमा एनआरटीले अग्रता लियो । कप्तान अञ्जनले विदेशी खेलाडी नेमारको क्रसमा सुरुवाती अग्रता दिलाए ।
३६ औं मिनेटमा अञ्जनले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई २–० को अवस्थामा पुर्याए । चित्लाङका डिफेन्डर गौरव श्रेष्ठले अञ्जनलाई फाउल गरेपछि पाएको पेनाल्टीलाई उनैले गोलमा परिणत गरे ।
खेलको ४२ औं मिनेटमा चित्लाङले गोल फर्कायो । चित्लाङका लागि विदेशी खेलाडी फाजिलको हेडरलाई जनक कोइरालाले गरेको भली प्रहार सुन्दर गोल भएको थियो ।
६५ औं मिनेटमा अञ्जनको पासमा मैदानको मध्यभागबाट सिंगल खेल्दै नेमारले एनआरटीका लागि अर्काे गोल थपे । ६८ औं मिनेटमा शिशिर लेखीले गोल थप्दै खेललाई ४-० को अवस्थामा पुर्याए । नेमारको पासमा डिबक्समा अनमार्क रहेका लेखीले गोल गर्न सफल भएका थिए ।
८८ औं मिनेटमा पेनाल्टीमार्फत एनआरटीले गोल थप्यो । गौरव श्रेष्ठले अञ्जनलाई फाउल गरेपछि पाएको पेनाल्टी सदुपयोग गर्दै अञ्जनले ह्याट्रिक पूरा गरेका थिए । जारी प्रतियोगितामा ह्याट्रिक गर्ने उनी एक्ला खेलाडी बनेका छन् ।
एनआरटीले विपक्षी पोस्टमा दर्जनौं आक्रमण गरेको थियो । खेलको २१ औं मिनेटमा अञ्जनले २५ यार्डबाट गरेको फ्रिकिक चित्लाङका गोलरक्षकले पञ्च गरेर जोगाए ।
एकपक्षीय खेलमा खेल अवधिभर एनआरटी हाबी भएको थियो । २८ औं मिनेटमा नेमारले गोल गर्न सकेनन् । २९ औं मिनेटमा अञ्जनको प्रहार पोलमा लागेर फर्कियो ।
एनआरटीले गत वर्ष यही ढोमालाल राजवंशी रंगशालामा भएको झापा गोल्डकपमा चर्च ब्वाइजसँग १-० को हार व्यहोरेको थियो । भर्खरै सम्पन्न इलाम गोल्डकपको एनआरटी च्याम्पियन हो ।
खेलको प्लेयर अफ द म्याच एनआरटीका अञ्जनले नगद १० हजार रुपैयाँ पुरस्कार पाए ।
शुक्रबारको पहिलो सेमिफाइनल खेल सिरहाको सलहेश फुटबल क्लब र चर्च ब्वाइज युनाइटेडबीच हुनेछ। एनआरटीले इटहरीको राष्ट्रिय जागृति क्लबसँगको भेट पक्का गरेको छ ।
प्रतियोगिताको विजेताले १० लाख तथा दोस्रो टोलीले ५ लाख पुरस्कार रुपैयाँ प्राप्त गर्नेछ।
March 11, 2025
दिपक बोहोरा, पाँचथर सप्तरीको नमो बुद्ध युथ क्लब फिदिममा जारी पाँचौं पाँचथर गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम क्वाटरफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ३-० ले हराउँदै नमोबुद्ध अन्तिम चारमा पुगेको हो। नमोबुद्धका लागि विदेशी खेलाडी एलेक्सले २ र अर्को गोल दिपेश चाम्लिङले गरे । सुरुवाती अग्रता दिलाउने क्रममा ३९औँ मिनेटमा […]
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल फेडरेसन (साफ) ले आयोजना गर्ने सातौं साफ यु-१९ च्याम्पियनसिपमा दाबेदार भारत र नेपाल एकै समूहमा परेका छन्। आज काठमाडौंमा भएको ड्रमा नेपाल ग्रुप ‘बी’ मा आयोजक तथा ३ पटकको विजेता भारत र श्रीलंकासँग रहेको छ। ग्रुप ‘ए’ मा माल्दिभ्स,भुटान र डिफेन्डिङ च्याम्पियन बङ्गलादेश रहेका छन्। च्याम्पियनसिप भारतको अरूणाचलमा वैशाख […]
March 11, 2025
हिमाल खरेल, बितामोड कचनकवलको बगान युथ क्लबले तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बिर्तामोड-६ स्थित हरियाली खेलमैदानमा आज भएको फाइनलमा आयोजक बुट्टाबारी युनाइटेड क्लबलाई २-१ ले हराउँदै बगान च्याम्पियन बनेको हो । बगानको जितका लागि पहिलो हाफको इन्ज्युरी समयमा फ्रेंक्लिन ताला र खेलको ६९ औँ मिनेटमा अभिषेक गुरुङले गोल गरे । […]