default_image

3 months ago

December 19, 2024

रियल म्याड्रिडले जित्यो इन्टरकन्टिनेन्टल कप

2107 views

0 Bookmark

एजेन्सी – रियल म्याड्रिडले फिफा इन्टरकन्टिनेन्टल कपको उपाधि जितेको छ। स्पेनिस टोलीले रियलले म्याक्सिन क्लब पचुकालाई ३-० ले हराउँदै उपाधि जितेको हो।

कतारको लुसिया रंगशालामा भएको खेलमा केलियन एम्बाप्पे, रोड्रिगो र भिनिसियस जुनियरले गोल गरेका थिए।

दुई वर्ष अघि विश्वकप फाइनलमा एमबाप्पेले ह्याट्रिक गरेकै मैदानमा रियलका लागि पहिलो गोल गरे। उनले ३७ औं‌ मिनेटमा पोस्टको नजिकबाट गोल गरेका हुन्।

रोड्रिगोले दोस्रो हाफको सातौं मिनेटमा दोस्रो गोल गरेका छन्। फिफा वेस्ट अवार्डमा वर्षका उत्कृष्ट खेलाडी बनेका जुनियरले ८४ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै टोलीको जित निश्चित गरे।

इन्टरकन्टिनेन्टल कपको यो पहिलो संस्करणमा हो । फिफा क्लब विश्व कपको सट्टामा इन्टरकन्टिनेन्टल कप आयोजना भएको हो।

५ महादेशको क्लब च्याम्पियनले इन्टरकन्टिनेन्टल कपमा नकआउटका आधारमा प्रतिस्पर्धा गर्नेछन्। त्यसको विजेताले युरोपियन च्याम्पियन क्लबसँग फाइनल खेल्ने छ ।

कन्काकाफ च्याम्पियनसिप कपको विजेता पाचुकाले काफ लिग विजेता इजिप्टको अल अहालीलाई हराउँदै इन्टरकन्टिनेन्टल कपको फाइनल पुगेको थियो। युरोपियन च्याम्पियन रियलले अघिल्लो राउन्ड नखेली सिधै फाइनल खेलेको हो।

March 11, 2025

नमोबुद्ध पाँचथर गोल्डकपको सेमिफाइनलमा

दिपक‌ बोहोरा, पाँचथर सप्तरीको नमो बुद्ध युथ क्लब फिदिममा जारी पाँचौं पाँचथर गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम क्वाटरफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई‌ ३-० ले हराउँदै नमोबुद्ध अन्तिम चारमा पुगेको हो। नमोबुद्धका लागि विदेशी खेलाडी एलेक्सले २ र अर्को गोल दिपेश चाम्लिङले गरे । सुरुवाती अग्रता दिलाउने क्रममा ३९औँ मिनेटमा […]

March 11, 2025

साफ यु १९ – नेपाल र भारत एउटै समूहमा

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल फेडरेसन (साफ) ले आयोजना गर्ने सातौं साफ यु-१९ च्याम्पियनसिपमा दाबेदार भारत र नेपाल एकै समूहमा परेका छन्। आज काठमाडौंमा भएको ड्रमा नेपाल ग्रुप ‘बी’ मा आयोजक तथा ३ पटकको विजेता भारत र श्रीलंकासँग रहेको छ। ग्रुप ‘ए’ मा माल्दिभ्स,भुटान र डिफेन्डिङ च्याम्पियन बङ्गलादेश रहेका छन्। च्याम्पियनसिप भारतको अरूणाचलमा वैशाख […]

March 11, 2025

बगान युथलाई बुट्टाबारी च्यालेन्ज कपको उपाधि

हिमाल खरेल, बितामोड कचनकवलको बगान युथ क्लबले तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बिर्तामोड-६ स्थित हरियाली खेलमैदानमा आज भएको फाइनलमा आयोजक बुट्टाबारी युनाइटेड क्लबलाई २-१ ले हराउँदै बगान च्याम्पियन बनेको हो । बगानको जितका लागि पहिलो हाफको इन्ज्युरी समयमा फ्रेंक्लिन ताला र खेलको ६९ औँ मिनेटमा अभिषेक गुरुङले गोल गरे । […]

Success

Thank you for your time.