4 months ago
December 18, 2024
एजेन्सी – फिफा द वेस्ट अवार्ड यो वर्ष भिनिसियस जुनियर र आइताना बोनमतीले जितेका छन् ।
विश्व फुटबल महासंघ (फिफा)ले प्रदान गर्ने अर्वाड कतारमा मंगलबार राति आयोजना भएको थियो।
ब्राजिल तथा स्पेनिस क्लब रियल म्याड्रिडका भिनिसियसलाई पुरुषतर्फ र स्पेन तथा बार्सिलोनाकी बोनमतीलाई महिलातर्फ उत्कृष्ट वर्ष फूटबलर २०२४ घोषित भएका हुन्।
मिडफिल्डर बोनमतीले लगातार दोस्रो वर्ष फिफा द बेस्ट महिला खेलाडीको अवार्ड जितेकी हुन् । २६ वर्षीया बोनमतीले सन् २०२४ मा क्लब र राष्ट्रका लागि उत्कृष्ट प्रदर्शन गरेकी छिन् । उनी सम्मिलित स्पेन टोलीले २०२३ मा महिला विश्वकपको उपाधि जितेको थियो ।
ब्राजिलका भिनिसियसले २०२३–२४ को सिजनमा ३९ खेल खेल्दै २४ गोल गरेका थिए । रियललाई च्याम्पियन्स लिगको १५ औं पटक उपाधि जिताउन उनको महत्वपूर्ण भूमिका रहेको थियो ।
रियलका कार्लो एन्सेलोटीले फिफा द बेस्ट पुरुष प्रशिक्षकको अवार्ड जिते । महिलातर्फ अमेरिकी महिला फुटबल टोलीकी प्रशिक्षक एम्मा हेजले अवार्ड जितिन् ।
वेस्ट गोलकिपरको अवार्ड पुरुषमा इंग्लिस क्लब एस्टन भिल्लाका अर्जेन्टिनी गोलकिपर एमिलियानो मार्टिनेज र महिलामा अमेरिकाकी एलिसा नेहरले जितिन्।
उत्कृष्ट गोल गर्नेलाई प्रदान गरिने पुस्कास अवार्ड महिलातर्फ अमेरिकी क्लब ओलरान्डो प्राइडकी ब्राजिलियन खेलाडी मार्टा र पुरुषतर्फ म्यानचेस्टर युनाइटेडका अर्जेन्टिनी खेलाडी अलेक्जान्ड्रो गोरान्चोले जिते ।
April 11, 2025
एजेन्सी- इन्डियन प्रिमियर लिग (आइपिएल) को २५ औं खेलमा आज चेन्नई सुपर किङ्स र कोलकाता नाइट राइडर्सबीच खेल हुँदैछ। एम.ए. चिदम्बरम स्टेडियममा नेपाली समयअनुसार खेल साँझ ७:४५ बजे सुरु हुनेछ। चेन्नईले यो सिजन पहिलो खेल जितेपछि लगातार ४ खेलमा हार बेहोरेको छ। त्यसैले उसलाई जित्नुपर्ने दबाब रहेको छ। मुम्बई इन्डियन्स विरुद्ध ४ विकेटको जितपछि चेन्नईले […]
April 11, 2025
एजेन्सी – इजिप्टका फरवार्ड मोहम्मद सलाहले लिभरपुलसँग नयाँ दुई वर्षको सम्झौता गरेका छन्।उनको अघिल्लो सम्झौता यो सिजनको अन्त्य सम्म थियो। ३२ वर्षीय सलाह सिजनको क्रममा दिएका बयान र साउदी अरेबियातर्फ जाने अड्कलबाजीका कारण उनी लिभरपुलमै रहने वा नरहनेमा शंका थियो। त्यो शंकाको अन्त्य भएको छ। सलाहले लिभरपुलका लागि ३ सय ९३ खेलमा २ सय ४३ […]
April 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- स्थापनाको ९ दशक पूरा गरिसकेको काठमाडौं खेल मण्डल (एनआरटी) को नयाँ कार्यसमितिको निर्वाचन शनिवार हुने भएको छ। ११ सदस्यीय कार्यसमितिको लागि अध्यक्ष पदमा वर्तमान अध्यक्ष सुन्दर नरसिंह जोशी र किशोर भट्टराई बिच प्रतिस्पर्धा हुने भएको छ। पछिल्लो दुई कार्यकालका एनआरटीको अध्यक्ष रहिसकेका जोशी दक्षिण एसियाली फुटबल महासंघका उपाध्यक्ष हुन् । एनआरटीका आजीवन […]