default_image

4 months ago

December 16, 2024

बार्सिलोना पराजित, एट्लेटिको दोस्रो स्थानमा

1780 views

0 Bookmark

एजेन्सी- स्पेनिस ला लिगामा शीर्षस्थानको बार्सिलोनाले अंक दूरी बढाउने मौका चुकाएको छ।

बार्सिलोना आइतबार घरेलु मैदानमा लेगानेससँग १-० ले पराजित भएको हो । चौथो मिनेट मै सर्जियो गोन्जालेजले गरेको गोल बार्सिलोनालाई हराउन पर्याप्त बन्यो ।

अर्को खेलमा एट्लेटिको मड्रिड विजयी हुँदै दोस्रो स्थानमा उक्लिएको छ । घरेलु मैदानमा गेटाफेलाई १-० ले हराउँदै एट्लेटिको रियल म्याड्रिडलाई‌ पछि पार्दै दोस्रो स्थानमा उक्लिएको हो ।

६९ औं मिनेटमा अलेक्सान्द्र सोरलोथले गरेको गोलमा एट्लेटिकोले जित निकालेको हो ।

१८ खेलमा ३८ अंकसहित बार्सिलोना शीर्ष स्थानमा छ। एक खेल कम खेलेको एट्लेटिकोको पनि ३८ ‌ र तेस्रो स्थानको रियलको ३७ अंक छ।

ला लिगामा‌ आइतवार अन्य खेलमा रियाल बेटिसले भियारियाललाई २-१ ले पराजित गर्यो । डेपोर्टिभो अलाभेस र एथ्लेटिक क्लबले १-१ तथा रियाल सोसिडाड र लस पल्मसले गोलरहित बराबरी खेले ।

April 11, 2025

आइपिएलमा चेन्नई र कोलकाता भिड्दै

एजेन्सी- इन्डियन प्रिमियर लिग (आइपिएल) को २५ औं खेलमा आज चेन्नई सुपर किङ्स र कोलकाता नाइट राइडर्सबीच खेल हुँदैछ‌‌। एम.ए. चिदम्बरम स्टेडियममा नेपाली समयअनुसार खेल साँझ ७:४५ बजे सुरु हुनेछ। चेन्नईले यो सिजन पहिलो खेल जितेपछि लगातार ४ खेलमा हार बेहोरेको छ। त्यसैले उसलाई जित्नुपर्ने दबाब रहेको छ। मुम्बई इन्डियन्स विरुद्ध ४ विकेटको जितपछि चेन्नईले […]

April 11, 2025

सहाल लिभरपुलमा थप २ वर्ष रहने

एजेन्सी – इजिप्टका फरवार्ड मोहम्मद सलाहले लिभरपुलसँग नयाँ दुई वर्षको सम्झौता गरेका छन्।उनको अघिल्लो सम्झौता यो सिजनको अन्त्य सम्म थियो। ३२ वर्षीय सलाह सिजनको क्रममा दिएका बयान र साउदी अरेबियातर्फ जाने अड्कलबाजीका कारण उनी लिभरपुलमै रहने वा नरहनेमा शंका थियो। त्यो शंकाको अन्त्य भएको छ। सलाहले लिभरपुलका लागि ३ सय ९३ खेलमा २ सय ४३ […]

April 11, 2025

एनआरटीको अध्यक्षमा जोशी र भट्टराईको उम्मेदवारी

काठमाडौं (हाम्रो खेलकुद)- स्थापनाको ९ दशक पूरा गरिसकेको काठमाडौं खेल मण्डल (एनआरटी) को नयाँ कार्यसमितिको निर्वाचन शनिवार हुने भएको छ। ११ सदस्यीय कार्यसमितिको लागि अध्यक्ष पदमा वर्तमान अध्यक्ष सुन्दर नरसिंह जोशी र किशोर भट्टराई बिच प्रतिस्पर्धा हुने भएको छ। पछिल्लो दुई कार्यकालका एनआरटीको अध्यक्ष रहिसकेका जोशी दक्षिण एसियाली फुटबल महासंघका उपाध्यक्ष हुन् । एनआरटीका आजीवन […]

Success

Thank you for your time.