default_image

4 months ago

December 15, 2024

बुन्डेसलिगामा बार्यनको‌ पहिलो हार

516 views

0 Bookmark

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बार्यन म्युनिखले शनिवार सिजनको पहिलो‌ हार बेहोरेको छ। भिन्सेन्ट कम्पोनीको टोली बार्यन माइन्जसँग २-१ ले पराजित भएको हो।

माइन्जका लागि दुवै गोल दक्षिण कोरियाली फरर्वाड लि जे सुङले गरे । बार्यनका लेरोय सानेले गोल गरे।

रक्षापंक्तिको कमजोरीको फाइदा उठाउँदै सुङले ४१ औं मिनेटमा पहिलो गोल गरे । ६० औं मिनेटमा उनले अर्को गोल थपे । खेल सकिन ३ मिनेट बाँकी सानेले गोल फर्काए। त्यसपछि बार्यन गोल गर्न सफल भएन।

बार्यनले चोटका कारण इङ्ग्ल्यान्ड स्ट्राइकर हेरी केनसहित अन्य खेलाडी शनिवारको खेल खेलेनन् ।

साविक विजेता वायर लेभरकुसेनले अग्सबर्गलाई २-० ले हराउँदै बार्यनसँगको अंक दूरी घटाएको छ। मार्टिन टेरिर र फ्लोरेन विर्टजले लेभरकुसेनका लागि गोल गरे।

१४ खेलपछि बार्यनको ३३ अंक‌ छ। दोस्रो स्थानको लेभरकुसेनको २९ अंक पुगेको छ। माइन्स २२ अंकसहित छैटौं स्थानमा छ। अग्सबर्ग १६ अंक लिएर १३ औं स्थानमा छ।

April 11, 2025

आइपिएलमा चेन्नई र कोलकाता भिड्दै

एजेन्सी- इन्डियन प्रिमियर लिग (आइपिएल) को २५ औं खेलमा आज चेन्नई सुपर किङ्स र कोलकाता नाइट राइडर्सबीच खेल हुँदैछ‌‌। एम.ए. चिदम्बरम स्टेडियममा नेपाली समयअनुसार खेल साँझ ७:४५ बजे सुरु हुनेछ। चेन्नईले यो सिजन पहिलो खेल जितेपछि लगातार ४ खेलमा हार बेहोरेको छ। त्यसैले उसलाई जित्नुपर्ने दबाब रहेको छ। मुम्बई इन्डियन्स विरुद्ध ४ विकेटको जितपछि चेन्नईले […]

April 11, 2025

सहाल लिभरपुलमा थप २ वर्ष रहने

एजेन्सी – इजिप्टका फरवार्ड मोहम्मद सलाहले लिभरपुलसँग नयाँ दुई वर्षको सम्झौता गरेका छन्।उनको अघिल्लो सम्झौता यो सिजनको अन्त्य सम्म थियो। ३२ वर्षीय सलाह सिजनको क्रममा दिएका बयान र साउदी अरेबियातर्फ जाने अड्कलबाजीका कारण उनी लिभरपुलमै रहने वा नरहनेमा शंका थियो। त्यो शंकाको अन्त्य भएको छ। सलाहले लिभरपुलका लागि ३ सय ९३ खेलमा २ सय ४३ […]

April 11, 2025

एनआरटीको अध्यक्षमा जोशी र भट्टराईको उम्मेदवारी

काठमाडौं (हाम्रो खेलकुद)- स्थापनाको ९ दशक पूरा गरिसकेको काठमाडौं खेल मण्डल (एनआरटी) को नयाँ कार्यसमितिको निर्वाचन शनिवार हुने भएको छ। ११ सदस्यीय कार्यसमितिको लागि अध्यक्ष पदमा वर्तमान अध्यक्ष सुन्दर नरसिंह जोशी र किशोर भट्टराई बिच प्रतिस्पर्धा हुने भएको छ। पछिल्लो दुई कार्यकालका एनआरटीको अध्यक्ष रहिसकेका जोशी दक्षिण एसियाली फुटबल महासंघका उपाध्यक्ष हुन् । एनआरटीका आजीवन […]

Success

Thank you for your time.