4 months ago
December 15, 2024
एजेन्सी – इंग्लिस प्रिमियर लिगमा शनिवार शीर्षस्थानको लिभरपुल र तेस्रो स्थानको आर्सनलले अलग अलग खेलमा बराबरी खेलका छन् ।
खेलको अन्त्य तिर गोल फर्काउँदै लिभरपुल फुलह्यामसँग हारबाट जोगिएको हो । आर्सनलले एभर्टनसँग गोलरहित बराबरी खेलेको छ।
१० खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको लिभरपुल दुई पटक खेलमा पछि परेर पनि बराबरी गर्न सफल रह्यो।
लिभरपुलका लागि ८६औं मिनेटमा डिओगो जोटाले बराबरी गोल गरेका थिए । त्यसअघि ११ औं मिनेटमा आन्द्रेज पियरेइरा गोल गर्दै फुलह्यामलाई अघि बढाए।
४७ औं मिनेटमा कोडी गाक्पोले गोल गर्दै लिभरपुललाई खेलमा फर्काए । एक गोल गरेका थिए । रोड्रिगो मुनिजले ७६ औं मिनेटमा गोल गर्दै फुलह्यामलाई दोस्रो पटक अग्रता दिलाए ।
तर टोली त्यो अग्रता पनि जोगाउन सफल भएन । १७ औं मिनेटमा आन्ड्रिउ रोबेर्टसनले रातो कार्ड पाएपछि लिभरपुल १० खेलाडीमा सिमित भएको थियो ।
शीर्षस्थानको लिभरपुलको १५ खेलमा ३६ अंक छ। दोस्रो स्थानको चेल्सीको ३१ र तेस्रो स्थानको आर्सनलको ३० अंक छ। २४ अंकसहित फुलह्याम नवौं स्थानमा छ।
प्रिमियर लिगमा शनिवार अन्य खेलमा न्युक्यासलले लेस्टरलाई ४-० ले, इप्स्विच टाउनले उल्भ्सलाई र नटिङघम फरेस्टले एस्टन भिल्लालाई समान २-१ ले हरायो।
April 11, 2025
एजेन्सी- इन्डियन प्रिमियर लिग (आइपिएल) को २५ औं खेलमा आज चेन्नई सुपर किङ्स र कोलकाता नाइट राइडर्सबीच खेल हुँदैछ। एम.ए. चिदम्बरम स्टेडियममा नेपाली समयअनुसार खेल साँझ ७:४५ बजे सुरु हुनेछ। चेन्नईले यो सिजन पहिलो खेल जितेपछि लगातार ४ खेलमा हार बेहोरेको छ। त्यसैले उसलाई जित्नुपर्ने दबाब रहेको छ। मुम्बई इन्डियन्स विरुद्ध ४ विकेटको जितपछि चेन्नईले […]
April 11, 2025
एजेन्सी – इजिप्टका फरवार्ड मोहम्मद सलाहले लिभरपुलसँग नयाँ दुई वर्षको सम्झौता गरेका छन्।उनको अघिल्लो सम्झौता यो सिजनको अन्त्य सम्म थियो। ३२ वर्षीय सलाह सिजनको क्रममा दिएका बयान र साउदी अरेबियातर्फ जाने अड्कलबाजीका कारण उनी लिभरपुलमै रहने वा नरहनेमा शंका थियो। त्यो शंकाको अन्त्य भएको छ। सलाहले लिभरपुलका लागि ३ सय ९३ खेलमा २ सय ४३ […]
April 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- स्थापनाको ९ दशक पूरा गरिसकेको काठमाडौं खेल मण्डल (एनआरटी) को नयाँ कार्यसमितिको निर्वाचन शनिवार हुने भएको छ। ११ सदस्यीय कार्यसमितिको लागि अध्यक्ष पदमा वर्तमान अध्यक्ष सुन्दर नरसिंह जोशी र किशोर भट्टराई बिच प्रतिस्पर्धा हुने भएको छ। पछिल्लो दुई कार्यकालका एनआरटीको अध्यक्ष रहिसकेका जोशी दक्षिण एसियाली फुटबल महासंघका उपाध्यक्ष हुन् । एनआरटीका आजीवन […]