3 months ago
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी संघको संयोजकमा नेपाली राष्ट्रिय महिला टोलीका स्ट्राइकर अमिशा कार्की र डिफेन्डर गीता राणालाई नगद सहित सम्मानित भएका छन्।
सेजल आईटी क्यालिफोर्निया युएसएले अमिशा र गीतालाई समान ७५ हजार रुपैयाँ प्रदान गरि सम्मान गरेको हो।
सेजल आइटी क्यालिफोर्निया युएसएका अध्यक्ष शंकर केसीले नगद सहित सम्मान गरे। सो अवसरमा प्रशिक्षकद्वय किशोर केसी र सुनिल श्रेष्ठले अमिशा र गितालाई ज्याकेट प्रदान गरे।
अमिशा र गीताले गत साफ महिला च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेका थिए। गत महिना भएको साफ च्याम्पियनसिपको फाइनलमा बंगलादेशसँग २-१ ले पराजित भएको थियो। फाइनलमा नेपालको लागि अमिशाले गोल गरेकी थिइन्।
अमिशाले यो सम्मान आफ्नो लागि अप्रत्याशित रहेको बताइन्। अप्रत्याशित सम्मानले खुशी भएको र यस्तो सम्मानले हौसला बढ्ने पनि बताइ्न। साथै यस किसिमको सम्मानले आगामी साफमा उपाधि विश्वास दिलाइन् ।
सेजल आइटी अध्यक्ष केसीले नेपाली समुदायबीच अमेरिकामा हुने फुटबल प्रतियोगितामा नेपाली केहि महिला फुटबल खेलाडीलाई बोलाउने सम्भावना रहेको बताए ।
खेलाडीलाई हौसला दिनुपर्छ भन्ने मान्यता अनुरुप सम्मान कार्यक्रम आयोजना गरेको नेपाल फुटबल खेलाडी संघका अध्यक्ष विक्रम लामाले बताए । उनले सहयोगका लागि सेजल आईटी क्यालिफोर्निया युएसएलाई धन्यवाद दिए।
February 27, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपालको ३ विभागीय टोलीसहित २ भारतीय र ३ मोफसलका क्लबसहित इलाममा महिला अन्तर्राष्ट्रिय गोल्डकपको दोस्रो संस्करण आयोजना हुने भएको छ । इलाम नगरपालिका-६ स्थित ठूलो टुडिखेलमा हुने प्रतियोगिता फागुन १७ देखि २४ गतेसम्म संचालन हुनेछ । प्रतियोगितामा महिला लिग विजेता एपिएफ फुटबल क्लबसँगै त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लबले […]
February 27, 2025
एजेन्सी – पेरिस सेन्ट जर्मन (पिएसजी) ले फ्रेन्च कपमा बुधवार स्टेड ब्रियोचिनविरुद्ध ७-० को सानदार जित हासिल गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । ब्रियोचिनको घरेलु मैदानमा भएको खेलमा पाहुना टोली पिएसजीलाई जित दिलाउन गोन्सालो रामोसको ह्याट्रिक पूरा गरे । जोआओ नेभेस, डिजायर डुए, सेनी मयुलु र ओस्माने डेम्बेलेको नाममा समान १ गोल रह्यो । खेलको […]
February 27, 2025
एजेन्सी – शीर्ष स्थानको लिभरपुलले इंग्लिस प्रिमियर लिगमा बुधवार न्युक्यासल युनाइटेडलाई २-० हराएको छ । घरेलु मैदान एनफिल्डमा लिभरपुललाई जित दिलाउन डोमोनिक स्जोबोस्जलाइ र एलेक्सिस म्याक एलिस्टरले गोल गरे । खेलको ११औं मिनेटमा स्जोबोस्जलाइको गोलमार्फत लिभरपुलले सुरुवाती अग्रता लिएको थियो । ६३औं मिनेटमा एलिस्टरले टोलीको अग्रता दोब्बर बनाए । लिभरपुल २८ खेलमा ६७ अंक पुगेको […]