default_image

3 months ago

December 12, 2024

म्यानचेस्टर सिटीको अर्को हार

1077 views

0 Bookmark

एजेन्सी – म्यानचेस्टर सिटीको खराब प्रदर्शन च्याम्पियन लिगमा‌ पनि‌ रोकिएको छैन।

पेप ग्वार्डिओलाको सिटी बुधवार युभेन्टस सँग २-० ले पराजित भएको छ। टुरिनको स्टाडियो डेल्ले अल्पिनमा भएको पहिलो हाफ गोलरहित बराबरी टुंगिएको थियो।

५३ औं मिनेटमा डुसान भ्लाहोभिकको गोलमा युभेन्ट्सले अग्रता लियो। वेस्टन म्याकिनीले ७५ औं मिनेटमा अर्को गोल गरेपछि युभेन्ट्सको जित निश्चित बन्यो ।

च्याम्पियन्स लिगमा ६ खेलमा युभेन्ट्सको‌ यो तेस्रो जित हो । टोलीले २ खेलमा बराबरी र अर्कोमा हार बेहोरेको थियो।

सिटीले च्याम्पियन्स लिगमा यो सिजन २ जित, २ बराबरी र २ खेलमा हार बेहोरेको छ। समग्रमा पछिल्ला १० खेलमा सिटीले १ खेल जितेको छ।

इटालियन सिरी एमा अंक तालिकाको छैटौं स्थानमा रहेको युभेन्ट्सले १५ खेलमा ९ खेलमा बराबरी खेलेको छ। टोली यो सिजन सिरिजमा अपराजित छ।

सन् २०२३ मा च्याम्पियन्सिप लिगसहित ५ वटा उपाधि जितेको सिटी प्रिमियर लिगमा अहिले चौथो स्थानमा‌ छ।
१५ खेलमा‌ टोलीले ८ खेल जित्दा ४ खेलमा हार बेहोरेको छ।

च्याम्पियन्स लिगमा ११ अंकसहित युभेन्ट्स १४ औं स्थान र ८ अंकका साथ सिटी २२ औं स्थानमा छ।

February 27, 2025

मेचीनगर गोल्डकप ८ टोलीको सहभागिता रहने

हिमाल खरेल, मेचीनगर पाँचौँ मेचीनगर गोल्डकपमा आठवटा सहभागी हुने भएका छन् । काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा फागुन २४ गतेदेखि हुने प्रतियोगितामा भारतका दुईसहित मोफसलका र ए डिभिजनका गरि ८ टोली सहभागिता रहनेछ । प्रतियोगिता मुल व्यवस्थापन समितिका सदस्य तथा झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामाका अनुुसार प्रतियोगितामा चर्च ब्वाइज युनाइटेड, मछिन्द्र एफसी, […]

February 27, 2025

इलाममा अन्तर्राष्ट्रिय महिला गोल्डकप हुँदै

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको ३ विभागीय टोलीसहित २ भारतीय र ३ मोफसलका क्लबसहित इलाममा महिला अन्तर्राष्ट्रिय गोल्डकपको दोस्रो संस्करण आयोजना हुने भएको छ । इलाम नगरपालिका-६ स्थित ठूलो टुडिखेलमा हुने प्रतियोगिता फागुन १७ देखि २४ गतेसम्म संचालन हुनेछ । प्रतियोगितामा महिला लिग विजेता एपिएफ फुटबल क्लबसँगै त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लबले […]

February 27, 2025

फराकिलो जितसँगै पिएसजी सेमिफाइनलमा

एजेन्सी – पेरिस सेन्ट जर्मन (पिएसजी) ले फ्रेन्च कपमा बुधवार स्टेड ब्रियोचिनविरुद्ध ७-० को सानदार जित हासिल गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । ब्रियोचिनको घरेलु मैदानमा भएको खेलमा पाहुना टोली पिएसजीलाई जित दिलाउन गोन्सालो रामोसको ह्याट्रिक पूरा गरे । जोआओ नेभेस, डिजायर डुए, सेनी मयुलु र ओस्माने डेम्बेलेको नाममा समान १ गोल रह्यो । खेलको […]

Success

Thank you for your time.