default_image

3 months ago

December 11, 2024

च्याम्पियनसिप लिगमा लिभरपुल र रियलको जित

839 views

0 Bookmark

एजेन्सी – साविक विजेता रियल म्याड्रिड, बार्यन म्युनिख, लिभरपुलले च्याम्पियन्सिप लिगमा मंगलवार जित निकालेका छन् ।

रियलले अटलान्टालाई ३-२ ले पराजित गर्यो । बार्यनले शख्तर डोनेस्कलाई ५-१ ले हरायो। शीर्ष स्थानको
लिभरपुलले जिरोनालाई १-० ले पराजित गर्यो।

१० औं मिनेटमा केलियन एम्बाप्पेको गोलबाट रियलले अग्रता लियो। च्याम्पियन्स लिगमा एमबाप्पेको त्यो ५० औं गोल हो। तर पहिलो हाफ इन्ज्युरी समयमा केटेलाराले गोल गर्दै एटलान्टालाई बराबरीमा ल्याए।

भिनिसियस जुनियर ५६ औं मिनेटमा गोल गर्दै रियललाई‌ पुनः अग्रता दिलाए। जुड बेलिङ्ङ्घमले ५९ औं मिनेटमा गोल गर्दै अग्रता फराकिलो पारे । एट्लान्टका लुकमनले ६५ औं मिनेटमा गोल फर्काए पनि टोलीको हार टरेन ।

मोहम्मद सालहले ६३ औं मिनेटमा गरेको पेनाल्टी गोलमा लिभरपुलले जितलाई निरन्तरता दियो ।

अन्य खेलमा एस्टन भिल्लाले आरबी लेइपजिङ्गलाई ३-२ ले, पेरिस सेन्ट जर्मेनले साल्स बर्गलाई ३-० ले, क्लब बर्गले स्पोर्टिङ सिपीलाई २-१ ले हराएको छ।

बार्यन लिभरकुसेनले इन्टर मिलानलाई र ब्रेस्टले पिएसभीलाई समान १-० ले हरायो । जेएनके डाइनोमो र सेल्टिकले गोलरहित बराबरी खेले।

February 27, 2025

मेचीनगर गोल्डकप ८ टोलीको सहभागिता रहने

हिमाल खरेल, मेचीनगर पाँचौँ मेचीनगर गोल्डकपमा आठवटा सहभागी हुने भएका छन् । काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा फागुन २४ गतेदेखि हुने प्रतियोगितामा भारतका दुईसहित मोफसलका र ए डिभिजनका गरि ८ टोली सहभागिता रहनेछ । प्रतियोगिता मुल व्यवस्थापन समितिका सदस्य तथा झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामाका अनुुसार प्रतियोगितामा चर्च ब्वाइज युनाइटेड, मछिन्द्र एफसी, […]

February 27, 2025

इलाममा अन्तर्राष्ट्रिय महिला गोल्डकप हुँदै

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको ३ विभागीय टोलीसहित २ भारतीय र ३ मोफसलका क्लबसहित इलाममा महिला अन्तर्राष्ट्रिय गोल्डकपको दोस्रो संस्करण आयोजना हुने भएको छ । इलाम नगरपालिका-६ स्थित ठूलो टुडिखेलमा हुने प्रतियोगिता फागुन १७ देखि २४ गतेसम्म संचालन हुनेछ । प्रतियोगितामा महिला लिग विजेता एपिएफ फुटबल क्लबसँगै त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लबले […]

February 27, 2025

फराकिलो जितसँगै पिएसजी सेमिफाइनलमा

एजेन्सी – पेरिस सेन्ट जर्मन (पिएसजी) ले फ्रेन्च कपमा बुधवार स्टेड ब्रियोचिनविरुद्ध ७-० को सानदार जित हासिल गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । ब्रियोचिनको घरेलु मैदानमा भएको खेलमा पाहुना टोली पिएसजीलाई जित दिलाउन गोन्सालो रामोसको ह्याट्रिक पूरा गरे । जोआओ नेभेस, डिजायर डुए, सेनी मयुलु र ओस्माने डेम्बेलेको नाममा समान १ गोल रह्यो । खेलको […]

Success

Thank you for your time.