default_image

3 months ago

December 9, 2024

एएफसी एसियन कप छनोट – नेपाल ग्रुप ‘एफ’ मा

1750 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल एएफसी एसियन कप फुटबल छनोटको समूह ‘एफ’ मा परेको छ।

मलेसियाको क्वालालम्पुरस्थित एएफसी हाउसमा आइतवार भएको ‘ड्र’मा नेपाल ग्रुप ‘एफ’ मा भियतनाम, मलेसिया र लाओससँग परेको छ ।

समूह चरणमा सबै टोलीले एकअर्कासँग दुई पटक ६ खेल्नेछन्। ड्र अनुसार नेपालले मार्च २५ मा मलेसियासँग पहिलो खेल खेल्नेछ। मलेसियासँगै दोस्रो खेल भने १८ नोभेम्बरमा खेल्नेछ।

त्यस्तै जुन १० र सन् २०२६ को मार्च ३१ मा लाओससँग नेपालले खेल्ने तालिका छ।‌ नेपालले अक्टोबर ९ र १४ मा भियतनामसँग खेल्नेछ।

यो छनोटमा कुल २४ राष्ट्रको सहभागिता रहनेछ। सहभागी टोलीलाई ६ समूहमा विभाजन गरिएको छ। समुहका विजेता सन् २०२७ मा साउदी अरेबियामा हुने एएफसी एसियन कपको लागि छनोट हुनेछन्।

नेपाली‌ फुटबल टोली मुख्य प्रशिक्षक विहिन छ। यसअघिको मैत्रीपूर्ण खेल नेपालले नवीन न्यौपानेको प्रशिक्षणमा खेलेको थियो। अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि राष्ट्रिय टोलीको प्रशिक्षकमा प्रो लाइसेन्स प्राप्त प्रशिक्षक हुनुपर्दछ।

February 27, 2025

मेचीनगर गोल्डकप ८ टोलीको सहभागिता रहने

हिमाल खरेल, मेचीनगर पाँचौँ मेचीनगर गोल्डकपमा आठवटा सहभागी हुने भएका छन् । काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा फागुन २४ गतेदेखि हुने प्रतियोगितामा भारतका दुईसहित मोफसलका र ए डिभिजनका गरि ८ टोली सहभागिता रहनेछ । प्रतियोगिता मुल व्यवस्थापन समितिका सदस्य तथा झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामाका अनुुसार प्रतियोगितामा चर्च ब्वाइज युनाइटेड, मछिन्द्र एफसी, […]

February 27, 2025

इलाममा अन्तर्राष्ट्रिय महिला गोल्डकप हुँदै

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको ३ विभागीय टोलीसहित २ भारतीय र ३ मोफसलका क्लबसहित इलाममा महिला अन्तर्राष्ट्रिय गोल्डकपको दोस्रो संस्करण आयोजना हुने भएको छ । इलाम नगरपालिका-६ स्थित ठूलो टुडिखेलमा हुने प्रतियोगिता फागुन १७ देखि २४ गतेसम्म संचालन हुनेछ । प्रतियोगितामा महिला लिग विजेता एपिएफ फुटबल क्लबसँगै त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लबले […]

February 27, 2025

फराकिलो जितसँगै पिएसजी सेमिफाइनलमा

एजेन्सी – पेरिस सेन्ट जर्मन (पिएसजी) ले फ्रेन्च कपमा बुधवार स्टेड ब्रियोचिनविरुद्ध ७-० को सानदार जित हासिल गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । ब्रियोचिनको घरेलु मैदानमा भएको खेलमा पाहुना टोली पिएसजीलाई जित दिलाउन गोन्सालो रामोसको ह्याट्रिक पूरा गरे । जोआओ नेभेस, डिजायर डुए, सेनी मयुलु र ओस्माने डेम्बेलेको नाममा समान १ गोल रह्यो । खेलको […]

Success

Thank you for your time.