3 months ago
December 8, 2024
एजेन्सी – इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडको खराब प्रदर्शन रोकिएको छैन । युनाइटेड शनिवार नटिङ्घम फरेस्टसँग ३-२ ले पराजित भएको छ।
दोस्रो मिनेटमा मिलेन्कोभिचले गोल गर्दै फरेस्टलाई अघि बढाए । युनाइटेडका होजलुन्डले १८ मिनेटमा बराबरी फर्काए।
खेलको ४७ औं मिनेटमा जिब्स ह्वाइट र ५४ औं मिनेटमा उडले गोल गरेपछि फरेस्ट ३-१ को मजबुत अबस्था पुग्यो ।
युनाइटेडका ब्रुनो फर्नान्डेजले खेलको ६१ औं मिनेटमा गोल टोलीलाई खेलमा फर्काउने संकेत गरे त्यसपछि गोल थप्न सकेन ।
१५ औं खेलमा युनाइटेडको छैंटौं हार हो। १९ अंकका साथ युनाइटेड तालिकाको १३ औं स्थानमा छ। पाँचौं स्थानको फरेस्टको २५ अंक छ।
म्यानचेस्टर सिटी हारबाट जोगियो
साविक विजेता म्यानचेस्टर सिटीको इंग्लिस प्रिमियर लिगमा बराबरी रोकिएको छ।
लगातार खराब प्रदर्शनबाट गुज्रिरहेको सिटीले शनिवार क्रिस्टल प्यालेससँग २-२ को बराबरी खेलेको छ। यो प्रर्दशनले सिटीको उपाधि रक्षा अभियानमा संकट बढ्दै गएको छ ।
खेलमा सिटी दुई पटक पछाडि परेको थियो।
चौथो मिनेटमा ड्यानियल मुनोजको गोलमा प्यालेसले अग्रता लियो। ३० औं मिनेटमा सिटी इर्लिङ हाल्यान्डले गोल गर्दै खेलका बराबरीमा ल्याए ।
५६ औं मिनेटमा प्यालेसले लारोक्सले गोल पुनः अग्रता बनायो। ६८ औं मिनेटमा लेविसले गोल गरेपछि सिटी सम्भावित हारबाट जोगायो ।
सिटी १५ खेलमा २७ अंक सहितचौथो स्थानमा छ । प्यालेस भने समान खेलबाट १३ अंक सहित १६ औं स्थानमा छ ।
February 27, 2025
हिमाल खरेल, मेचीनगर पाँचौँ मेचीनगर गोल्डकपमा आठवटा सहभागी हुने भएका छन् । काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा फागुन २४ गतेदेखि हुने प्रतियोगितामा भारतका दुईसहित मोफसलका र ए डिभिजनका गरि ८ टोली सहभागिता रहनेछ । प्रतियोगिता मुल व्यवस्थापन समितिका सदस्य तथा झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामाका अनुुसार प्रतियोगितामा चर्च ब्वाइज युनाइटेड, मछिन्द्र एफसी, […]
February 27, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपालको ३ विभागीय टोलीसहित २ भारतीय र ३ मोफसलका क्लबसहित इलाममा महिला अन्तर्राष्ट्रिय गोल्डकपको दोस्रो संस्करण आयोजना हुने भएको छ । इलाम नगरपालिका-६ स्थित ठूलो टुडिखेलमा हुने प्रतियोगिता फागुन १७ देखि २४ गतेसम्म संचालन हुनेछ । प्रतियोगितामा महिला लिग विजेता एपिएफ फुटबल क्लबसँगै त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लबले […]
February 27, 2025
एजेन्सी – पेरिस सेन्ट जर्मन (पिएसजी) ले फ्रेन्च कपमा बुधवार स्टेड ब्रियोचिनविरुद्ध ७-० को सानदार जित हासिल गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । ब्रियोचिनको घरेलु मैदानमा भएको खेलमा पाहुना टोली पिएसजीलाई जित दिलाउन गोन्सालो रामोसको ह्याट्रिक पूरा गरे । जोआओ नेभेस, डिजायर डुए, सेनी मयुलु र ओस्माने डेम्बेलेको नाममा समान १ गोल रह्यो । खेलको […]