3 months ago
December 8, 2024
एजेन्सी – इंग्लिस मिडफिल्डर जुड बेलिङहमको उच्च प्रदर्शनमा जिरोनामाथि सहज जित दर्ता गर्दै रियल म्याड्रिडले स्पेनिस ला लिगामा शीर्षस्थानको बार्सिलोनासँगको अंक दुरी छोट्याएको छ ।
रियलले घरेलु टोली जिरोनामाथि ३–० गोलको सहज जित निकाल्न सफल भयो । रियलको जितमा जुड बेलिङहम, आरदा गुलर र केलियन एमबाप्पेले गोल गरे । उनले एक असिस्ट पनि प्रदान गरे । पहिलो हाफको बेलिङहमको गोलबाट अग्रता लिएको रियलले दोस्रो हाफमा गुलर र एमबाप्पेको गोलबाट जित सुनिश्चित गर्यो ।
जिरोनामा शनिबार राति भएको खेलमा घरेलु टोलीविरुद्ध सुरुवातमा संघर्ष गर्नु परेपनि रियलले ३६औं मिनेटमा बेलिङहमको गोलबाट पहिलो हाफमा १–० को अग्रता लिन सफल भयो । ब्राहिम डियाजको कटब्याक पास ब्लक भएपनि डि बक्स भित्रै क्लियर हुन नसकेको बललाई बेलिङहमले जाली चुमाए ।
५५औं मिनेटमा टर्किस युवा प्रतिभा आरदा गुलरले गोल गर्दै रियलको अग्रता दोब्बर पारे । बेलिङहमको पासलाई उनले अफसाइड बिट ट्याप गर्दै गोल गर्न सफल भए । सुरुवाती दुई गोलमा संलग्न बेलिङहमले चोटका कारण ६१औं मिनेटमा मैदान छाड्न पर्यो ।
त्यसको एक मिनेटपछि नै एमबाप्पेले गोल गर्दै रियललाई ३–० को अग्रता दिलाए । यसै सिजन रियल आएका एमबाप्पेको यो रियलका लागि १०औं गोल हो । त्यसपछि थप गोल निस्कन नसक्दा रियलले महत्वपुर्ण ३ अंक बटटुल्न सफल भयो ।
जिरोनामाथिको सहज जितसँगै रियलले शीर्षस्थानको बार्सिलोनासँगको अंक दुरी २ मा छोट्याएको छ । रियलले अझै एक खेल कम खेलेको छ ।
दाेस्राे स्थानमा रहेकाे रियलको १६ खेलबाट ३६ अंक पुगेको छ । एक खेल बढी खेलेको बार्सिलोनाको ३८ अंक छ । रियलसँग पराजित जिरोना २२ अंक जोडेर आठौं स्थानमा छ ।
February 27, 2025
हिमाल खरेल, मेचीनगर पाँचौँ मेचीनगर गोल्डकपमा आठवटा सहभागी हुने भएका छन् । काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा फागुन २४ गतेदेखि हुने प्रतियोगितामा भारतका दुईसहित मोफसलका र ए डिभिजनका गरि ८ टोली सहभागिता रहनेछ । प्रतियोगिता मुल व्यवस्थापन समितिका सदस्य तथा झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामाका अनुुसार प्रतियोगितामा चर्च ब्वाइज युनाइटेड, मछिन्द्र एफसी, […]
February 27, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपालको ३ विभागीय टोलीसहित २ भारतीय र ३ मोफसलका क्लबसहित इलाममा महिला अन्तर्राष्ट्रिय गोल्डकपको दोस्रो संस्करण आयोजना हुने भएको छ । इलाम नगरपालिका-६ स्थित ठूलो टुडिखेलमा हुने प्रतियोगिता फागुन १७ देखि २४ गतेसम्म संचालन हुनेछ । प्रतियोगितामा महिला लिग विजेता एपिएफ फुटबल क्लबसँगै त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लबले […]
February 27, 2025
एजेन्सी – पेरिस सेन्ट जर्मन (पिएसजी) ले फ्रेन्च कपमा बुधवार स्टेड ब्रियोचिनविरुद्ध ७-० को सानदार जित हासिल गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । ब्रियोचिनको घरेलु मैदानमा भएको खेलमा पाहुना टोली पिएसजीलाई जित दिलाउन गोन्सालो रामोसको ह्याट्रिक पूरा गरे । जोआओ नेभेस, डिजायर डुए, सेनी मयुलु र ओस्माने डेम्बेलेको नाममा समान १ गोल रह्यो । खेलको […]