3 months ago
December 8, 2024
एजेन्सी – खेलमा दुईपटक अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा शीर्षस्थानमा रहेको क्याटलान क्लब बार्सिलोना स्पेनिस ला लिगामा बराबरीमा रोकिएको छ ।
बार्सिलोनाले घरेलु टोली रियल बेटिससँग २–२ को बराबरी खेल्दै अंक बाड्न बाध्य बनेको हो ।
स्टेडियो बेनिटो भिल्लामरिन सेभिल्लामा शनिबार राति भएको खेलमा बार्सिलोनाका रोबर्ट लेवान्डोस्की र फेरान टोरेसले गोल गर्दा रियल बेटिसका जियोभानी लो सेल्सो र एसानी डिआओले बराबरी गोल फर्काए ।
३९औं मिनेटमा जुल्स कुन्डेको पासमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई पहिलो हाफमा १–० को अग्रता दिलाए । ६६औं रेफ्रीको निर्णयमा असन्तुष्टि जनाएपछि बार्सिलोनाका प्रशिक्षक हान्सी डाएर फ्लिक रातो कार्ड खाँदै टच लाइन छाड्न बाध्य बने । त्यसपछि ६८औं मिनेटमा जियोभानी लो सेल्सोले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।
८२औं मिनेटमा परिवर्तित खेलाडी फेरान टोरेसले गोल गर्दै बार्सिलोनालाई खेलमा पुनः २–१ को अग्रता दिलाए । ६०औं मिनेटमा राफिन्हाको स्थानमा मैदान छिरेका टोरेसले लामिन यमलको चलाखीपूर्ण पासमा गोल गर्न सफल भएका थिए ।
रियल बेटिसले अफसाइडको अपिल गरेपनि रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्री (भिएआर) को सहायता लिदै गोललाई मान्यता दिएको थियो ।
रियल बेटिसले पनि परिवर्तित खेलाडीकै गोलको मद्दतमा खेललाई २–२ गोलको बराबरीमा ल्याए । बार्सिलोनाकै पूर्व खेलाडी भिक्टर रोकीको स्थानमा मैदान छिरेका एसानीले इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा एइटर रुइवलको क्रसलाई डि बक्स भित्रबाट वान टचमा सुन्दर फिनिस गर्दै बार्सिलोनाबाट अंक खोस्न सफल भए ।
यो बराबरीसँगै बार्सिलोनाले आफ्नो शीर्षतालाई थप मजबुत बनाउने मौका गुमाएको छ । शीर्षस्थानमा रहेको बार्सिलोनाको १७ खेलबाट १२ जित, २ बराबरी र ३ हारसहित ३८ अंक पुगेको छ बार्सिलोना एक खेल कम खेलेको रियल म्याड्रिडभन्दा २ अंकले अघि छ ।
अब रियलले आफ्नो अर्काे खेल जितेको खण्डमा बार्सिलोनाले शीर्षस्थान गुमाउनेछ । रियल बेटिस १६ खेलबाट २१ अंक जोडेर ११औं स्थानमा छ ।
February 27, 2025
हिमाल खरेल, मेचीनगर पाँचौँ मेचीनगर गोल्डकपमा आठवटा सहभागी हुने भएका छन् । काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा फागुन २४ गतेदेखि हुने प्रतियोगितामा भारतका दुईसहित मोफसलका र ए डिभिजनका गरि ८ टोली सहभागिता रहनेछ । प्रतियोगिता मुल व्यवस्थापन समितिका सदस्य तथा झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामाका अनुुसार प्रतियोगितामा चर्च ब्वाइज युनाइटेड, मछिन्द्र एफसी, […]
February 27, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपालको ३ विभागीय टोलीसहित २ भारतीय र ३ मोफसलका क्लबसहित इलाममा महिला अन्तर्राष्ट्रिय गोल्डकपको दोस्रो संस्करण आयोजना हुने भएको छ । इलाम नगरपालिका-६ स्थित ठूलो टुडिखेलमा हुने प्रतियोगिता फागुन १७ देखि २४ गतेसम्म संचालन हुनेछ । प्रतियोगितामा महिला लिग विजेता एपिएफ फुटबल क्लबसँगै त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लबले […]
February 27, 2025
एजेन्सी – पेरिस सेन्ट जर्मन (पिएसजी) ले फ्रेन्च कपमा बुधवार स्टेड ब्रियोचिनविरुद्ध ७-० को सानदार जित हासिल गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । ब्रियोचिनको घरेलु मैदानमा भएको खेलमा पाहुना टोली पिएसजीलाई जित दिलाउन गोन्सालो रामोसको ह्याट्रिक पूरा गरे । जोआओ नेभेस, डिजायर डुए, सेनी मयुलु र ओस्माने डेम्बेलेको नाममा समान १ गोल रह्यो । खेलको […]