3 months ago
December 7, 2024
ललितपुर (हाम्रो खेलकुद)- गोदावरी नगरपालिका अन्तर वडा मेयर कप फुटबल प्रतियोगिताको उपाधि वडा नं ३ ले जितेको छ ।
गोदावरी बहुउदेश्यीय रंगशालाको झ्यालुन्टार टाहाखेल मैदानमा शनिवार फाइनलमा वडा नम्बर ६ टीकाभैरबलाई २-० ले हराउँदै वडा नं ३ ले उपाधि जितेको हो । दुवै गोल टोलीका कप्तान पासाङ लामाले गरे।
वडा नं ३ ट्रफी १ लाख र वडा नं ६ ले ५० हजार रुपैयाँ प्राप्त गर्यो । वडा नं ६ ले २ लाई ३-१ ले र वडा नं ३ ले ११ लाई १-० ले हराउँदै फाइनल पुगेका थिए।गोदावरीले फाइनमा स्थान पक्का गरेको थियो ।
गोदावरी नगरका १४ मध्ये १३ वटा वडाको सहभागिता रहेको प्रतियोगिताको फेयर प्लेको उपाधिसहित वडा नं ले २५ हजार रुपैयाँ प्राप्त गर्यो ।
विजेता टोलीका पासाङ लामा सर्वोत्कृष्ट खेलाडी, सोही टोलीका विवेक सिल्वाल उत्कृष्ट गोलकिपर, वडा नं ६ का श्रीराम थापा उत्कृष्ट डिफेन्डर, विजेता टोलीका डम्बर बहादुर स्याङताङ उत्कृष्ट प्रशिक्षक घोषित भए ।
५ गोल गरेका विजेता टोलीका सायर तामाङ सर्वाधिक गोलकर्ता बने। भए । इमर्जिङ प्लेयरको उपाधि वडा नं ७ का मदन थिङले प्राप्त । उत्कृष्ट सबैले समान ५ हजार रुपैयाँ प्राप्त गरे।
बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण मर्हजन , बाग्मती प्रदेशसभा सदस्य मधुसुदन पौडेल र गोदावरी नगरपालिकाका मेयर गजेन्द्र मर्हजनले विजेता उपविजेता टोलीका खेलाडीलाई पुरस्कृत गरे ।
February 27, 2025
हिमाल खरेल, मेचीनगर पाँचौँ मेचीनगर गोल्डकपमा आठवटा सहभागी हुने भएका छन् । काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा फागुन २४ गतेदेखि हुने प्रतियोगितामा भारतका दुईसहित मोफसलका र ए डिभिजनका गरि ८ टोली सहभागिता रहनेछ । प्रतियोगिता मुल व्यवस्थापन समितिका सदस्य तथा झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामाका अनुुसार प्रतियोगितामा चर्च ब्वाइज युनाइटेड, मछिन्द्र एफसी, […]
February 27, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपालको ३ विभागीय टोलीसहित २ भारतीय र ३ मोफसलका क्लबसहित इलाममा महिला अन्तर्राष्ट्रिय गोल्डकपको दोस्रो संस्करण आयोजना हुने भएको छ । इलाम नगरपालिका-६ स्थित ठूलो टुडिखेलमा हुने प्रतियोगिता फागुन १७ देखि २४ गतेसम्म संचालन हुनेछ । प्रतियोगितामा महिला लिग विजेता एपिएफ फुटबल क्लबसँगै त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लबले […]
February 27, 2025
एजेन्सी – पेरिस सेन्ट जर्मन (पिएसजी) ले फ्रेन्च कपमा बुधवार स्टेड ब्रियोचिनविरुद्ध ७-० को सानदार जित हासिल गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । ब्रियोचिनको घरेलु मैदानमा भएको खेलमा पाहुना टोली पिएसजीलाई जित दिलाउन गोन्सालो रामोसको ह्याट्रिक पूरा गरे । जोआओ नेभेस, डिजायर डुए, सेनी मयुलु र ओस्माने डेम्बेलेको नाममा समान १ गोल रह्यो । खेलको […]