2 months ago
December 5, 2024
दिपक बोहोरा,पाँचथर
छ वर्ष पछि आयोजना हुन लागेको फाल्गुनन्द गोल्डकपमा १० टोलीको सहभागिता रहने निश्चित भएको छ। योसँगै आयोजक फिदिम स्पोर्टिङ क्लबले पुरस्कार राशी दोब्बर बृद्धि गरेका छन् ।
सदरमुकाम फिदिममा बिहीवार पत्रकार सम्मेलन मार्फत आयोजकले प्रतियोगिताको जानकारी दिएको छ।
फाल्गुनन्द गोल्डकपको ११ औं संस्करण पुस ६ गतेबाट १५ गते सम्म फिदिम माविको खेल मैदानमा आयोजना हुने छ । फाल्गुनन्द गोल्डकप पाँचथर जिल्लाकै सबै भन्दा ठूलो प्रतियोगिता बन्ने भएको छ ।
पाँचथरमा हुने गोल्डकप प्रतियोगिताहरु मध्ये फाल्गुनन्द गोल्डकप पुरस्कार राशिको हिसाबले सबैभन्दा ठूलो प्रतियोगिता बन्ने छ । पाँचथरमा आयोजना भएका बिभिन्न गोल्डकपहरुको पुरस्कार राशी ५ लाख रुपैयाँ भन्दा केहि धेरै मात्र हुने गरेको छ ।
यसपटकको विजेताले १० लाख र दोस्रो हुने टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ। अघिल्लो संस्करणको विजेतालाइ ४ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको थियो।
।
क्लबका अध्यक्ष दिपेन्द्र थापा मगरले प्रतियोगिताका लागि तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । मैदानको पूर्ननिर्माणको काम र आर्थिक संकलनसहितको काम सुरु भएको उनले जानकारी दिए ।
यसपटक प्रतियोगितामा ४ वटा ए डिभिजन क्लब, नेपाल सुपर लिग टोली ,आयोजकसहितको उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन्।
प्रतियोगिताको व्यतिगत पुरस्कार तर्फ पनि बृद्धि भएको छ । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले एकथान इभी स्कुटर प्राप्त गर्ने छन् । प्रत्येक खेलमा प्लेयर अफ दि म्याच हुने खेलाडीले १० हजार रुपैयाँ प्राप्त गर्ने छन् ।
सर्वाधिक गोलकर्ताले १५ , उत्कृष्ट रक्षक, प्रशिक्षक,फरर्वड,मिडफिल्डर, गोलरक्षक र उदयमान खेलाडीले समान १० हजार रुपैयाँ प्राप्त गर्ने छन् ।
प्रतियोगितामा ए डिभिजनका न्युरोड टिम (एनआरटी), मच्छिन्द्र, चर्च व्वाइज, त्रिभुवन आर्मी फुटबल छन् ।
एनएसएल टोली विराटनगर सिटी एफसी, चितलाङ फुटबल क्लब, आयोजक फिदिम स्पोर्टिङ क्लब सहित सिराहाको सलहेश फुटबल क्लब, न्युस्टार क्लब सुनसरी र झापा फुटबल क्लबले फाल्गुनन्द गोल्कपमा सहभागिता जनाउनेछन् ।
प्रतियोगितामा ९० लाख रुपैयाँ खर्च अनुमान गरिएको अध्यक्ष थापाले जानकारी दिए । दशौं संस्करणको उपाधि झापा ११ले जितेको थियो ।
२०६५ सालबाट १६ औं राष्ट्रिय विभुति फाल्गुनन्दको नाममा सुरु भएको प्रतियोगिताको दसौं संस्करण २०७५ सालमा आयोजना भएको थियो ।
February 5, 2025
पोखरा (हाम्रो खेलकुद)- आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिन आज पूर्व विजेता एपिएफ फुटबल क्लबले मच्छिन्द्र फुटबल क्लबको सामना गर्दैछ । पोखरा रंगशालामा खेल दिउँसो २:३० बजे सुरु हुनेछ।एपिएफ र मच्छिन्द्रबिच आहा रारामा दोस्रो पटक भेट हुन लागेको हो । यसअघि २०७८ मा पहिलो पटक भेट हुँदा एपिएफ विजयी भएको थियो। सेमिफाइनलमा भएको […]
February 5, 2025
एजेन्सी – फराकिलो अन्तरको जितेका साथ एट्लेटिको म्याड्रिड कोपा डेल रेको सेमिफाइनल पुगेको छ। सियोभानी सिम्योनी ले २ गोल गरेको खेलमा मंगलवार गेटाफेलाई ५-० ले हराउँदै एट्लेटिको अन्तिम चारमा पुगेको हो। सिम्योनीले आठौं मिनेट पहिलो र १७ औं मिनेटमा व्दोस्रो गोल गरे । ४२ औं मिनेटमा स्यामुएल लिनोले गोल गरेपछि एट्लेटिले पहिलो हाफमा नै ३-० […]
February 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो एनएपिएफएस अन्तर स्कुल आइजी रनिङ ट्रफी फुटबल प्रतियोगितामा मंगलवार लोक आर्दश एकेडेमी विजयी भएको छ। लोक आर्दशले चन्द्रागिरीको न्यु होराइजन एकेडेमी १०-१ ले हराएको थियो। लोक आदर्शका तर्फबाट शिव थापाले ६ आरध्य चौधरीले २, धन बहादुर साउद र रोसन खपाङगीले समान १ गोल गरे। ६ गोल गरेका शिव प्लेयर अफ दि […]