default_image

8 years ago

February 17, 2017

नाटकीय खेलमा पुलिसको जित , आयोजक सडेन डेथमा पराजित

82 views

0 Bookmark

धरान (हाम्रो खेलकुद) – आयोजक धरान पहेलोलाई नाटकिय रुपमा हराउदै नेपाल पुलिस क्लव धरानमा जारी १९औं अन्र्तराष्ट्रिय आमन्त्रण रेडबुल बुढासुब्बा गोल्डकप फुटवल प्रतियोगिताको क्वाटर फाइनल प्रबेश गरेको छ ।

ajit-nepal-police

शुक्रवार धरान १७ स्थित एन्फा टेक्निकल सेण्टरको खेल मैदानमा भएको खेलमा पुलिसले आयोजक ‘पहेलो’ लाई सडेन डेथमा १०–९ले हराएको हो । निर्धारित समयको खेलमा १–१ गोलको बराबरी भएपछी खेलको निर्णय टाइ ब्रेकरबाट भएको थियो ।  यो जित संगै पुलिसले क्वाटर फाईनलका लागि युनाईटेड सिक्किम फुटवल क्लवसंग भेट पक्का गरेको छ ।

पुलिस विरुद्ध खेलको सुरुवातदेखि नै आक्रमक रुपमा प्रस्तुत भएको धरानले खेलको १६ औं मिनेटमा फ्रिकिक मार्फत योगेश राईले गोल गरेका थिए । पुलिसका मानबहादुर परियारले धरानका तिर्थ बस्नेतलाई फल गरेपछी धरानले फ्रिकिक हान्ने अबसर पाएको थियो ।

पहिलो हाफमा १–० गोलले पछी परेको पुलिस दोस्रो हाफमा भने खेलमा फर्किएको थियो । खेलको इन्जुरी समयको ४० सकेण्ड बाकि रहदा पुलिसका विक्रम धिमालले धरान विरुद्ध गाल गर्दै खेललाई १–१ गोलको बराबरीमा पुर्याएका थिए ।

ट्राईबेकरमा समेत दुबै टोलीले ५–५ गोल गरेपछी टाइ ब्रेकर सडेन डेथमा धकेलिएको थियो ।  सडन डेथमा ५–४ गोलको नजिता निकालेको पुलिसले सेफिफाइनलमा स्थान पक्का गरेको हो ।

ट्रईबेकरमा पुलिसका अजित भण्डारी, तेज तामाङ, बुद्ध लामा, जुमानु राई, अभिशेक रिजाल, निरकुमार राई, भोला सिलवाल, हेम तामाङ, मान बहादुर परियार र विक्रम धिमालले पेनाल्टी सुटबाट गोल गरेका थिए ।

धरानका दोर्जे तामाङ, विनोद राई, रिवस मास्के, जोशन राई, योगेश राई, मनोज राई, रोमन लिम्बु, तिर्थ बस्नेत, हेम लिम्बुले मात्र गोल गरे भने विभेक राईको पेनाल्टी सुट पुलिसका गोल रक्षक रोशन खड्काले नियन्त्रणमा लिएका थिए ।

प्रतियोगिताको ‘म्यान अफदि म्याच’ धरान फुटवल क्लवका हेम लिम्बु घोषित भए । उनले नगद ५ हजार पुरस्कार प्राप्त गरेका छन् ।

धरानका प्रशिक्षक सुवास केसीले प्राप्त उपलब्धी सदुपयोग गर्न नस्क्नु र खेलको अन्तिम समयमा समालिन नसक्दा पराजित हुनु परेको बताए । पुलिसका प्रशिक्षक कुमार कट्वालले खेलाडिले राम्रोसंग खेल प्रस्तुत गर्न नसक्दा धरान विरुद्ध कठिन जित हासिल गरेको बताए ।

भोलीको खेल काकडभिट्टा टेर्निङ सेण्टर झापा र उदयपुर गोल्डकप विजेता रुपन्देही ११ विच हुने भएको छ ।

January 10, 2025

महिला लिगमा बागमतीको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद)- वालिङ नगरपालिकालाई ३-० ले हराउँदै बागमती युथ क्लबले एन्फा महिला लिगको अन्तिम चरणमा पहिलो जित निकालेको छ। चौथो खेलमा पुगेर बागमतीले अंकको खाता खोलेको छ। एन्फा कम्प्लेक्समा आज भएको खेलमा बागमतीलाई जित दिलाउन अस्मिता खवास र विष्णु माया बलले गोल गरे। बागमती र वालिङ दुवै अंकको खाता खोल्ने दाउमा थिए। यो खेल […]

January 10, 2025

बागमती र वालिङ भिड्दै

काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला लिगको अन्तिम चरणको आजको खेलमा आज वालिङ नगरपालिका र बागमती युथ क्लबले प्रतिस्पर्धा गर्देछन्। एन्फा कम्प्लेक्समा यी दुई टोलीले‌ एकअर्काको सामना गर्दा अंकको खाता खोल्ने दाउमा रहनेछन्। दुवैले यसअघि तीन खेल खेलिसकेका छन्। तीन खेलमा दुवै टोलीले तीन विभागीय टिमसँग हारेका थिए। बागमतीले नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबसँग […]

January 10, 2025

रियल स्पेनिस सुपर कपको फाइनलमा

एजेन्सी – रियल म्याड्रिड स्पेनिस सुपर कपको फाइनलमा पुगेको छ । साउदी अरबको जेद्दामा भएको दोस्रो सेमिफाइनलमा बिहीवार मलोर्कालाई ३-० ले हराउँदै रियल अन्तिम दुईमा पुगेको हो । रियलको जितमा जुड बेलिंघन र रोड्रिगोले गोल गरे । अर्को गोल आत्मघाती गोल भयो । बेलिघमले ६३ औं मिनेटमा गोल को खाता खोले । इन्ज्युरी समयको तेस्रो […]

Success

Thank you for your time.