2 months ago
December 4, 2024
एजेन्सी – बार्सिलोनाले स्पेनिस ला लिगामा मंगलवार सानदार जित निकालेको छ।
शीर्षस्थानको बार्सिलोनाले उसकै मैदानमा मालोर्कालाई ५-१ ले हराउँदै दोस्रो स्थानको रियल म्याड्रिडसँगको अंक दूरीलाई पुनः बढाएको छ।
बार्सिलोनालाई सहज जित दिलाउन राफिन्हाले २, फेरान टोरेस, फ्रेंक डि जोङ र पोउ भिक्टरले समान १ गोल गरे।मालोर्काका भेडाट मक्यूले १ गोल फर्काए ।
बार्सिलोनाले १२ औं मिनेटमा टोरेसको गोलमा अग्रता लियो। ४३ औं मिनेटमा भेडाटले गोल गरेपछि खेल पहिलो हाफमा १-१ को बराबरीमा टुंगियो ।
५६ औं मिनेटमा राफिन्हाले पेनाल्टीमा गोल गरेपछि बार्सिलोना पुनः अग्रता लियो। ७४ औं मिनेटमा लामिन यामलको पासमा राफिन्हाले अर्को गोल गरे।
७९ औं मिनेटमा डि जोङ र ८४ औं मिनेटमा भिक्टरले गोल गरेपछि बार्सिलोनाले सजिलै खेल जित्यो ।
बार्सिलोनाको १६ खेलबाट ३७ अंक भएको छ । २ खेल कम खेलेको रियलको ३३ अंक छ । १६ खेलमा २४ अंकसहित मालोर्का छैटौं स्थानमा छ ।
February 5, 2025
हिमाल खरेल, भद्रपुर दोस्रो भद्रपुर झापा गोल्डकप २०८१ र सौर्य एअरलाइन्स तथा भद्रपुरको ओम साई पाथिभरा हस्पिटलबीच मुख्य प्रायोजक (टाइटल स्पोन्सर) का रुपमा सम्झौता भएको छ । समझौतापछि अब ‘सौर्य एअरलाइन्स तथा ओम साई पाथिभरा हस्पिटल भद्रपुर झापा गोल्डकप’ को रुपमा प्रतियोगिता सञ्चालन हुनेछ । यो संस्करण गोल्डकप कार्यसमितिका पूर्वसदस्य तथा पूर्वराष्ट्रिय खेलाडी गम्भीर राईको […]
February 5, 2025
पोखरा (हाम्रो खेलकुद)- मछिन्द्र फुटबल क्लब पोखरामा जारी २४ औं आरा! रारा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ। पोखरा रंगशालामा बुधवार भएको दोस्रो प्रि क्वाटरफाइनलमा विभागीय टोली एपिएफ फुटबल क्लबलाई २-० गोल ले हराउँदै मछिन्द्र अन्तिम आठमा पुगेको हो। मच्छिन्द्रलाई जित दिलाउन आदित्य शाक्य र स्टेफेन कामाहाले गोल गरे। दोस्रो दिन अर्को पूर्व विजेता […]
February 5, 2025
पोखरा (हाम्रो खेलकुद)- आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिन आज पूर्व विजेता एपिएफ फुटबल क्लबले मच्छिन्द्र फुटबल क्लबको सामना गर्दैछ । पोखरा रंगशालामा खेल दिउँसो २:३० बजे सुरु हुनेछ।एपिएफ र मच्छिन्द्रबिच आहा रारामा दोस्रो पटक भेट हुन लागेको हो । यसअघि २०७८ मा पहिलो पटक भेट हुँदा एपिएफ विजयी भएको थियो। सेमिफाइनलमा भएको […]